शिकारीबास स्कुलमा टेलीभिजन र ग्यास सेट आइपुग्यो, छात्रवृत्ति पनि वितरण
वीरगंज संजाल
१० आश्विन २०७६, शुक्रबार २०:४८
६२३१
ठोरी गाउँपालिका ३ शिकारीबासमा रहेको प्राथमिक बिद्यालयमा टेलीभिजन तथा खाजा बनाउनका लागि ग्यास सेट उपलब्ध भएको छ । ठोरी गाउँपालिकाले केही महिना अघि बिद्यालयलाई वितरण गरेको टेलिभिजन तथा दिवा खाजा कार्यक्रमको लागि खाजा बनाउने सामाग्री किन्न भनी दिएको रकमबाट ग्यास सेट खरीद गरिएको बिद्यालयका प्रधानाध्यापक रामनारायण यादवले बताएका छ्न ।
सामुदायिक रेडियो बिजयबस्तीले केही समय अघि उक्त बिद्यालयमा गाउँपालिका बाट प्राप्त सामाग्री उपलब्ध नभएको समाचार प्रशारण गरेको थियो । रेडियोबाट समाचार प्रशारण भएपछि आफ्नो गल्ती स्वीकार गर्दै प्रअ यादबले आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने समेत बताएका छ्न । टेलीभिजन देखाउनको लागि विद्युत उपलब्ध नभएको भन्दै प्रअ यादवले सोलारको ब्यबस्था मिलाइदिन सम्बन्धित निकायसग माग समेत गरेका छ्न ।
विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिमा अघिल्ला बर्ष हरुमा कमी कमजोरी भएपनी अब देखि त्यस्तो नहुने प्रअ यादबको भनाई छ । उक्त बिद्यालयमा यो बर्षको छात्रवृत्ति पनि वितरण गरि सकिएको छ । बिद्यालयका २१ जना विद्यार्थीहरुलाई यो बर्ष छात्रवृत्ति वितरण गरिएको सो बिद्यालयका शिक्षक नारायण श्रेष्ठले बताएका छ्न । ठोरी गाउँपालिका वडा नं ३ मा रहेको उक्त बिद्यालयमा शुद्ध खानेपानी, विद्युत, टेलीफोन सेवा जस्ता आधारभुत आवश्यकताहरुको अभाव रहदै आएको छ ।