बिश्व प्रसिद्ध गढ़िमाई मेला प्रभावित गर्न सरकारी र गैर सरकारी गिरोह सक्रिय – अध्यक्ष पटेल
वीरगंज संजाल
१० आश्विन २०७६, शुक्रबार २०:४२
५९२१
बिरगंज । बिश्व प्रसिद्ध गढ़िमाई मेला प्रभावित गर्न सरकारी र गैर सरकारी गिरोह पुनःसक्रिय भएको हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले आरोप लगाएका छन ।
बिरगंजको माइस्थानमा पत्रकार भेटघाटको क्रममा पटेलले भने जब गढ़िमाई मेला आउछ तब यस्ता गुरूप बड़ी सक्रिय हुने गरेको पाइन्छ।विश्वमा सब भन्दा बड़ी बली चढ़ने र मित्र राष्ट्र भारतमा लाग्ने कुम्भ मेला पछि स-भन्दा बड़ी श्रद्धालुुहरु आउने गरेको पटेलले बताए।एस मेलाले बारा जिल्ला मात्र होईन नेपाल कै विश्वमा एक पहिचान स्थापित गराएको छ ।
मठ-मन्दिरमा बली हुनु हुदैन भन्ने सामाजिक अभियन्ता, धार्मिक अगुवाहरु, सरकारी र गैर सरकारी गिरोहको नजर काठमांडुमा दिनहु हुने हजारौ बलि किन रोक्दैन ।
आफ्नो घरमा किन माछा, मासु खानछन त ? देशको अन्य भागमा समेत पशुको दिनहु हत्या भइरहेको छ।मुस्लिम समाजमा समेत पशुको हत्या गर्दा किन बोल्दैनन ? खाली हिन्दू समाजको बिशेष पर्वको बेला की न मात्र यस्ता समूह जागछ त? आजकल त नेपालको बिभिन जिल्लामा हिन्दू धर्म माथि प्रहार भइरहेको छ यहाँ सम्म की हिन्दू समाजमा गौ लाई आमा सम्मान पूजा गरिछ तर गौ हत्या हुदा सरकार र सम्बन्धित निकाय किन चुप छन त ?
नेपालमा सनातन धर्म प्रभावित गर्न कम गर्न देश बिदेशी गुरूप सक्रिय रहेको पटेलले बताए। गढ़ीमाई मेला सभ्य र भब्य बनाउन हिन्दू परिषद नेपालले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने र मेला बिफल वा प्रभावित गर्ने गुरूप बिरुद कड़ा प्रतिकार गर्ने बताए ।
पटेलले भने धर्म परिवर्तन गराउने गिरोह अहिले नेपालमा सक्रिय भएका छन।यो नेपालको राष्ट्रीयता,एकता,अखण्डता माथि खतरा रहेको छ।धेरै मात्रामा धर्म परिवर्तन भए राष्ट्र बिखण्डन हुने खतरा रहेको पटेलले बताए।yatra daily