• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    गोदाममा राहत, पीडितलाई आहत

  • वीरगंज संजाल
  • १ भाद्र २०७६, आईतवार ०४:०३
  • ३११७

    मलंगवा : महिना दिनअघि गाउँमा बाढी पसेपछि बाँधमा आ श्रय लिएका सर्लाही धनकौल-३ ढावटोलका जदु महतो राहतको पर्खाइमा छन् । बाढीले घर, अन्न, लत्ताकपडा सबै नष्ट गरेपछि राहत कहिले आउला र बालबच्चालाई पेटभर खुवाउने कल्पना गर्दै बसेका छन् उनी । मनुष्मारा खोलाको पानी गाउँमा पसेपछि ७६ घरपरिवार बाँधमा बस्न बाध्य भए । १५ दिनसम्म बाँधमा बसेका बाढीपीडितले अहिलेसम्म राहत नपाउँदा निराश बनेका छन् ।

    बाढीले घर नस्ट गरेपछि ६ जनाको परिवारसहित बाँधमा गुजारा गर्नु परेको स्थानीय राजेन्द्र पासवानले दुखेसो छ । ‘लगाउने र खाने केही छैन् । ६ जनाको परिवार बाँधमा बनाएको सानो झुपडीमा बस्दै आएका छौं’, पासवानले भने, ‘घरमा बस्ने अवस्था छैन् ।’ बाढी आएकै दिन छोरी जन्मेको राजेन्द्रले नवजात शिशुलाई लिएर १५ दिनसम्म बाँधमै गुजारा गर्नु परेको तितो अनुभव सँगाले । माटो र फुसबाट बनाएको घर बाढीले नष्ट बनाएपछि अब कहाँ बस्ने त्यो चिन्ता थपिएको पासवानले बताए ।

    रेडक्रसलगायत विभिन्न संघसंस्था र सरकारी निकायमार्फत जम्मा भएका राहत सामग्री सदरमुकाम मलंगवामै थन्किएको छ । तर एकद्वार प्रणाली अपनाएर गैरसरकारी निकायले राहत वितरण गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् । सरकारी राहतको हकमा तथ्यांक समयमा नआउँदा वितरणमा ढिलाई भएको प्रजिअ जिसीले बताए । ‘केही स्थानीय तहको तथ्यांक आएको छ । केहीको आउन बाँकी छ’, उनले भने, ‘तथ्यांक संकलन गर्न समिति बनाइएको छ । समितिले काम गरिरहेको छ । कतिपय तथ्यांक अपुरो भएकाले पनि राहत वितरणमा समस्या भएको हो ।’

    समयमा राहत वितरण नहुँदा बाढी तथा डुबानपीडित खुल्ला आकाशमुनी जीवन बिताउन बाध्य भएको नागरिक अधिकारकर्मी रजनीकान्त झाले बताए । ‘पीडितले तत्कालै राहत पाउनु पथ्र्यो । स्थानीय तहले समयमा निर्णय नगर्दा ढिलाई भएको देखिन्छ’, उनले भने, ‘आहतको समयमा राहत दिने हो । आहतको आभास सकिएपछि राहतले कुनै अर्थ राख्दैन् । अहिलेको राहत लगनपछिको पोते सरह भएको छ ।’

    बाढीपीडितलाई राहतभन्दा कसरी घर दिने, सुरक्षित बसोबासको व्यावस्था गर्ने तर्फ ध्यान दिनुपर्ने बेला भएको उनको भनाइ छ । ‘तर पहिले चरणमा दिनुपर्ने राहत अझै दिएको छैन । घर बनाउने कुरा त परकै भो’, उनले भने । तथ्यांक संकलनमा ढिलाई भएकाले राहत वितरण समयमा हुन नसकेको रेडक्रस सोसाइटी मलंगवा शाखाले जनाएको छ । १५ दिने पहिले १५ सय परिवारको लागि आएको राहत अझै गोदाममा थन्किएको सोसाइटीले जनाएको छ । ५ सय परिवारको लागि राहत सामग्री प्याक भइसकेको छ । एकातिर राहत राख्ने ठाउँ छैन भने पीडित केही नपाएर छटपटाइरहेका छन् ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)
  • बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !
  • यातयात क्षेत्रमा समस्यै समस्या
  • प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      यातयात क्षेत्रमा समस्यै समस्या

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

      आज दिउसाे ४ बजे बजेट प्रस्तुत हुने

      निजगढ विमानस्थल बनाउन रोक लगाएकोमा वातावरण प्रेमीहरूद्वारा खुसीयाली

      किन सुनिन्छ खुट्टा ?

      यी हुन् आँप खानुका आठ फाइदा

      आज आइतवार – १५ जेठ २०७९ को राशिफल

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      यातयात क्षेत्रमा समस्यै समस्या

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      News

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      News

      यातयात क्षेत्रमा समस्यै समस्या

      News

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      News

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑