नितेश कर्ण । बारागढी गाउँपालिकाले विना दाइजो विवाह गर्ने जोडीलाई ५० हजार दिने भएको छ । दाइजो प्रथालाई न्युनिकरण गर्ने उद्देश्यले उसले यस्तो निर्णय गरेको हो ।
बारागढी गाउँपालिकाको शुक्रवार सम्पन्न चौथो गाउँ सभाले यस्तो निर्णय गरेको हो । गाउसभाले ३५ करोड ९२ लाख ९५ हजार पाँच सय रुपैयाँको बजेट पारित गरेको छ ।
जसमा संघीय सरकारबाट वित्तीय समानिकरण अनुदानतर्पm १० करोड १३ लाख, सशर्त अनुदान नौ करोड ३८ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रममा १३ लाख ३४ हजार, सामाजिक सुरक्षा भत्तातर्पm तीन करोड ८४ लाख, राजश्व बाँडफाँडबाट छ करोड ८२ लाख, खानेपानी तथा सरसफाईकोलागी १७ लाख, सुरक्षित आप्रावासनमा १७ लाख आय हुने प्रक्षेपण गरिएको हो ।