विमस्टेक सम्मेलनमा भाग लिन उद्योगमन्त्री रिजाल भारत जाने

 Krishna Shrivastav

वीरगन्ज । भारतमा यहि जेष्ठ ३० देखि ३२ गतेसम्म हुने विमस्टेक व्यापार सम्मेलनमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल सहभागी हुने भएका छन् । मन्त्रिपरिषद् बैठकले विमस्टेक सम्मेलनका लागि मन्त्री रिजालको भारत भ्रमण स्वीकृत गरेको हो ।मन्त्रिपरिषदको बैठकले जेठ ३० देखि ३२ भारतको कोलकत्तामा आयोजना हुने विमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन मन्त्री रमेश रिजालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै मन्त्रिपरिषद बैठकले तनहुँ जलविद्युत आयोजना ऊर्जा प्रणाली विस्तार आयोजना, ग्रिड विकास र नेपाल वितरण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्जमा ट्रेड युनियन कांग्रेसको मधेस प्रदेश अधिवेशन सम्पन्न

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्जमा सम्पन्न नेपाल ट्रेड युनियन कांग्रेसको मधेस प्रदेशको दोश्रो अधिवेशनले विजयकुमार यादवको अध्यक्षतामा ३२ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । वीरगन्जको राणीसती अतिथी सदनमा जेष्ठ १२ र १३ गते सम्पन्न अधिवेशनबाट यादवको अध्यक्षतामा सर्वसम्मत मधेस प्रदेश कार्यसमिति चयन गरिएको हो । जसअनुसार उपाध्यक्षमा मनोज कुमार यादव , भरत प्रसाद यादव , प्रदीप जयसवाल , बैद्यनाथ प्रसाद यादव , शिवबालक यादव र राधा हमाल चयन भएका छन् । यस्तै सचिवमा मोहन झा , सहसचिवमा अशोक कुमार साह , प्रतिमा गिरी , सुशिल कुमार यादव , लक्ष्मीनारायण ठाकुर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नदि फोहोर गर्ने उद्योग विरुद्ध सरकारले एक्सन लिनैपर्छ-प्रदीप यादव

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्जको सिर्सिया नदीको प्रदुषण र अतिक्रमण नियन्त्रणको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका अभियन्ताहरुलार्ई भेटेर पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले उनिहरुको माग प्रति ऐक्यबद्धता जनाएका छन् । आइतबार अपरान्ह ४ बजेतिर धर्नास्थलमै पुगेर जसपाका प्रमुख सचेतक समेत रहेका यादवले धर्नामा बसेकाहरुसंग भेटेर उनिहरुको मागप्रति आफनो समर्थन र ऐक्यबद्धता जनाएका हुन् । त्यसक्रममा धर्नामा बसेका चुरे तथा वनजंगल संरक्षण अभियानका संरक्षक सरोज राय , संयोजक सुनिल यादवसहितका अभियन्ताहरुले यादवलाई आफुहरुको मागसहितको ज्ञापनपत्रपनि बुझाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सांसद यादवले लेखेका छन् ,‘ वीरगन्जको

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्ज–पथलैया ब्यापारिक मार्गमा २४ सै घण्टा सवारी पार्किङ

 Krishna Shrivastav

वीरगञ्ज | वीरगञ्ज पथलैया ब्यापारिक मार्गमा २४ सै घण्टा सवारी साधन पर्किङ हुँदै आएको छ। ब्यापारिक मार्गको वीरगञ्ज बजार भन्दा उतरपटि्ट पर्ने उद्याेग क्षेत्रहरुमा मुख्य सडकमै सवारी साधनहरु घण्टौसम्म पार्किङ हुने गरेको छ। यस मार्गमा जताततै ठुल्ठूला सवारी साधन घण्टौसम्म दिनरात पार्क गर्ने गरिएको छ। वीरगञ्ज पथलैया औधोगिक कोरिडोर अन्र्तगत पर्ने उद्येगमा कच्चा पदार्थ लिएर आएका ट्रक कन्टेनर लोड गरेका गाडी घण्टौँसम्म पार्क हुने गरेको छ। औद्याेगिक कोरिडोरमा सवारी साधन पार्क गरेर राख्न नपाइने भए पनि यहाँका उद्याेगमा कच्चा पदार्थ बोकेर आएका ट्रक तीन चार दिनसम्म सडकमै पार्क गरेर राख्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौँः रवि लामिछाने

 Krishna Shrivastav

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन्। सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताएका हुन्। शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्धको पार्टीको अभियान नरोकिने बताए। नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे। उनले भने, ‘कुनै पनि भ्रष्टहरुको विषयमा हामी निर्मम भएर अगाडि

Breaking News, देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

ठगी आरोपमा हुलाक कार्यालय बाराका निमित्त प्रमुख कुर्मी पक्राउ

 Krishna Shrivastav

बारा। बचतकर्ताको झण्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ । हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो । पर्सा बहादुरमाई गाँउपालिका – २ का कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिए । पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी पाण्डेले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जितपुरसिमरामा आज शोक विदा

 Krishna Shrivastav

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको शुक्रवार निधन भएको शोकमा उपमहानगरपालिकाले आज आइतबार शोक विदा दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले सूचना जारी गर्दै नगर प्रमुख र उपप्रमुखको निर्देशन बमोजिम उपमहानगरपालिका र मातहतका कार्यालयमा आइतबार शोक विदा दिइएको जनाएका छन् । सडक ढलान योजना शिलान्यास कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा अस्वस्थ भएकी चौधरीको निधन भएको थियो । पेटमा समस्या देखिएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा चौधरीको निधन भएको बुझिएको छ । चौधरीको निधनप्रति उपमहानगरपालिकाको कार्यालयले शोक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको ग्रामिण पत्रकारका लागि तालिमको आयोजना हुने

 Krishna Shrivastav

वीरगञ्ज । पर्सा ग्रामिण पत्रकार समाजले जिल्लाको ग्रामीण भेगका सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गर्ने निर्णय गरेको छ । पटेर्वासुगौली गाउँपालिका – २ स्थित पर्यटकीयस्थल भुमरीमाई मन्दिरमा शनिबार बसेको समाजको बैठकले तालिमको आयोजना गर्ने निन्रय गरेको उपाध्यक्ष प्रमोद यादवले जानकारी दिए । बैठकले संस्थालाई वैधानिक रुपमा सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने प्रकृया अगाडि बढाउने र त्यसकालागि समन्वय गर्ने जिम्मा उपाध्यक्ष यादव र सदस्य रामजी यादवलाई दिने निर्णयपनि गरेको छ । बैठकले ग्रामीण भेगका पालिका र प्रहरी कार्यालयबाट सूचना सहज रुपमा पाउने अवस्था नभएकाले त्यसकालागि ज्ञापनपत्र बुझाउने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हुन्डी रोक्न सरकारले रणनीति बनाउनुपर्छ

 Krishna Shrivastav

वीरगंज | मलेसिया नेपाली कामदारका लागि कत्तिको सम्भावित मुलुक हो ? मलेसियामा विश्वका १५ वटा मुलुकबाट कामदार आउँछन् । यो मुलुकको श्रम नीति नराम्रो हुन्थ्यो भने अन्य मुलुकका आउँदैनथे । तुलनात्मक रूपमा नीति राम्रो छ । मलेसियामा बहुराष्ट्रिय कम्पनी क्रियाशील छन् । अन्तर्राष्ट्रिय श्रम नीति अनिवार्य पालना गर्नुपर्ने हुन्छ । अन्य मुलुकको तुलनामा मलेसियाको श्रम बजार सुरक्षित मानिन्छ । त्यसो भन्दैमा सबै श्रमिक सुरक्षित छन् भनेर भन्न सक्ने अवस्था भने छैन । यो मुलुकको नीतिगत व्यवस्था राम्रो भए पनि कार्यान्वयनको अक्षरशः पालना नभएको हुन सक्छ । जस्तै, एउटा कम्पनीभित्र विभिन्न तह हुन्छन् । तीन तहमा विभिन्न मुलुकका फरक–फरक वर्गमा

अन्तर्वार्ता, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

श्रीच्छाले जितिन् मिस नेपाल वर्ल्ड २०२३ को उपाधि

 Krishna Shrivastav

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् । प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि जितिन् । प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि हासिल गरिन् । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी

 Krishna Shrivastav

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले यहाँको रत्नपार्क र महाराजगन्ज–लाजिम्पाट क्षेत्रमा घरघरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको छ । महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी संग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेको छ । भूमिगत लाइनबाटै घरघरमा बिजुली पुर्‍याउन प्राधिकरणले पूर्वाधार बनाउँदै गरेको र

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

इरान–अफगान सीमा क्षेत्रमा गोली चल्दा तीनजनाको मृत्यु

 Krishna Shrivastav

काठमाडौं । इरान–अफगान सीमा क्षेत्रमा गोली चल्दा कम्तीमा तीनजनाको मृत्यु भएको छ । दुई इरानी सीमा गार्ड र एक तालिबानी लडाकु इरान र अफगानिस्तानको सीमावर्ती चौकी नजिकै गोली चलाउँदा मारिएका छन् । पानीको अधिकारको विवादको बीचमा दुई देशहरूबीच तनाव बढ्दै गएको छ । अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरले एक विज्ञप्तिमा भने, “आज, निमरोज प्रान्तमा इरानी सीमा सेनाले अफगानिस्तानतर्फ गोली हानेको थियो, जसको जवाफी प्रतिक्रिया थियो ।” “अहिले अवस्था नियन्त्रणमा छ । इस्लामिक इमिरेट्स अफगानिस्ताने आफ्ना छिमेकीहरूसँग लड्न चाहँदैनन्,” प्रवक्ताले पीडितहरूको पहिचान नगरी भने । उनले दुवै पक्षबाट एकजनाको

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

निषेधाज्ञा लगाएर आजदेखि कोसी प्रदेशको बजेट अधिवेशन

 Krishna Shrivastav

विराटनगर । कोसी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार दिउँसो २ बजेलाई प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेशको नाम पहिचानको आधारमा पुनः हुनुपर्ने माग गर्दै आन्दोलनरत पहिचानवादीको संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पहिचानवादीको आन्दोलनका कारण सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गरी प्रशासनले विराटनगरका विभिन्न ठाउँमा निषधाज्ञा लगाएको छ । प्रदेश राजधानी विराटनगरमा निधेषाज्ञा लगाएसँगै सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ । कोसी प्रदेशसभा आसपासको क्षेत्रमा शनिबार अपरान्हदेखि नै सुरक्षाकर्मीले सडकमा बेरियर राखेर

Breaking News, देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

 Krishna Shrivastav

वीरगंज । आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा भने हावाहुरी चल्ने अनुमान छ । मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसोपछि काठमाण्डौसहित पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसोपछि हावाहुरी चल्ने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु तथा भारतमा बनेको न्यून चापीय क्षेत्र र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव परेको छ । यसकै प्रभावका कारण अहिले कोशी प्रदेशका धेरैजसो ठाउँको मौसम बदली भएको छ भने

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारत भ्रमणमा नयाँ ‘एअर रुट’ र मल कारखाना स्थापनाबारे छलफल हुन्छ : प्रधानमन्त्री

 Krishna Shrivastav

काठमाण्डाै | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा नयाँ ‘ए‍अर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको हिजाेको बैठकमा आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’ बारे छलफल हुने बताउनु भएकाे हाे । उहाँले भ्रमणमा भारतसँग सन् १९५० को सन्धि र नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे छलफल हुने जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको बताउनुभएको छ । ‘नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा होल्डमा बसेको थियो, खारेज र एकपटकभन्दा बढी

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

रक्तदान कार्यक्रम नियमित नहुँदा रगतको अभाव, रगत दान गर्न आग्रह

 Krishna Shrivastav

काठमाण्डाै | रक्तदानका कार्यक्रम नियमित नहुँदा रगतको अभाव हुन थालेको छ । काठमाण्डौ, चितवन, नेपालगञ्ज लगायत जनघनत्व र अस्पताल धेरै भएका क्षेत्रमा रगत अभाव हुन थालेको हो । नेपाल रेडक्रस, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार दुई हप्तादेखि नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन । यही कारण रगतको अभाव देखिएको केन्द्रका उपनिर्देशक डाक्टर प्रकाशकुमार यादवले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा अहिले दैनिक ६ सयदेखि ८ सय पिन्ट रगतको माग छ । केन्द्रले साढे दुई सयदेखि तीन सय पिन्ट रगत वितरण गर्दै आएको छ । अन्य रगत भने विभिन्न अस्पतालमा

Breaking News, देश, मधेश, मुख्य समाचार, विचित्र संसार, समाचार  संग सबंधीत छ |

आज आइतवार १४ जेठ २०८० को राशिफल

 Krishna Shrivastav

आज – १४ जेठ २०८० आइतवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न पनि सकिँदैन । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

१० केजि लागु औषध चरेस सहित एक जना पक्राउ

 Krishna Shrivastav

पर्सा । राजन कुमार बानिया । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं १ फुलवरिया मुडली नहर बाटो बाट लागू अौषध चरेस समेत एक जना तस्कर लाई पक्राउ गरेको छ। पक्राउ परेका तस्कर कालिकामाई गाउँपालिका वडा नं १ बस्ने २१ वर्षिय अनिल पासवान रहेको छ। पक्राउ परेका पासवानले फुलवरिया गाउँ बाट भारतिय नम्बर को बिअार २२ एट ८४९८ नम्बरको पलाटिना मोटरसाइकलमा मुडली गाउँ तर्फ जाँदै गरेको अवस्थामा गुप्त सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया र आसवारीको सयुक्त टोलीले प्रहरी निरिक्षक मोहन बिक्रम केसीको कमान्डमा रहेको प्रहरी टोलीले चेक जाँच गर्दा अवैध लागुऔषध

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

News

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ