पर्सा । राजन कुमार बानिया । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं १ फुलवरिया मुडली नहर बाटो बाट लागू अौषध चरेस समेत एक जना तस्कर लाई पक्राउ गरेको छ। पक्राउ परेका तस्कर कालिकामाई गाउँपालिका वडा नं १ बस्ने २१ वर्षिय अनिल पासवान रहेको छ।
पक्राउ परेका पासवानले फुलवरिया गाउँ बाट भारतिय नम्बर को बिअार २२ एट ८४९८ नम्बरको पलाटिना मोटरसाइकलमा मुडली गाउँ तर्फ जाँदै गरेको अवस्थामा गुप्त सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया र आसवारीको सयुक्त टोलीले प्रहरी निरिक्षक मोहन बिक्रम केसीको कमान्डमा रहेको प्रहरी टोलीले चेक जाँच गर्दा अवैध लागुऔषध चरेश अाधि अाधि किलो ग्राम का बीस वटा पैकेटमा रहेको चरेस १० किलो सहित तस्कर लाई प्रहरीले पक्राउ गरेको छ।
मोटरसाइकलमा चरेस सहित पक्राउ परेका तस्कर लाई ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको
उक्त सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एव डिएसपी दिपक गिरीले जनाएका छन।