• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निषेधाज्ञा लगाएर आजदेखि कोसी प्रदेशको बजेट अधिवेशन

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०८०, आईतवार ०८:३१
  • १९३७

    विराटनगर । कोसी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार दिउँसो २ बजेलाई प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेशको नाम पहिचानको आधारमा पुनः हुनुपर्ने माग गर्दै आन्दोलनरत पहिचानवादीको संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पहिचानवादीको आन्दोलनका कारण सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गरी प्रशासनले विराटनगरका विभिन्न ठाउँमा निषधाज्ञा लगाएको छ ।

    प्रदेश राजधानी विराटनगरमा निधेषाज्ञा लगाएसँगै सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ । कोसी प्रदेशसभा आसपासको क्षेत्रमा शनिबार अपरान्हदेखि नै सुरक्षाकर्मीले सडकमा बेरियर राखेर आउजाउ गर्न रोक लगाएको छ । गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले कोसी नामकरण गरेपछि पहिचानवादी आन्दोलनमा छन् । प्रदेश नं १ पुनःनामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले आफूहरूको आन्दोलन जारी रहेको बताएका छन । उनले भने, “राज्यले दमनको नीति लिएपनि हामी संघर्ष छाड्दैनौँ ।”

    आन्दोलनरत पक्षले ‘पहिचानको लागि युवा’ समूह गठन गरी शुक्रबार मार्चपास समेत गरेको छ । समूहले गाउँदेखि सहरसम्म आन्दोलनको लागि प्रशिक्षण गराएको थेगिमले सुनाए । आइतबार हुने तेस्रो चरणको आन्दोलन फरक हुने पहिचानवादीले बताउँदै आएका छन् ।
    प्रशासनले प्रदेशसभा पूर्व देवकोटा चोकदेखि पश्चिम कोसी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरेको छ । आदेशको उल्लंघन गरिए कारबाही हुनेतर्फ पनि प्रशासनले सचेत गराएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले शान्ति सुरक्षा कायम गराउन आफूहरु सक्रिय रहेको बताए ।
    नामकरण विरुद्ध आन्दोलन चकिएसँगै विराटनगरमा सुरक्षाकर्मीसँग भएको झडपमा यसअघि एक आन्दोलनकारीको मृत्यु भएको थियो । पटक पटक भएका झडपमा दर्जनौ सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑