कमसल पिच बनाएको भेटिएपछि सांसद यादवले लिए चासो,स्थानीयले ठेकेदारमाथि पोखे आक्रोश

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ स्थित मिलन चोकदेखि लालपर्सासम्म कालोपत्रे (पिच) सडकको निर्माण कार्य कमसल भएको भेटिएपछि सांसद प्रदीप यादवले त्यसबारे चासो लिएका छन् ।सांसद यादवले कमसल सामग्री प्रयोग गरि निर्माण गरिएको सडकबारे चासो लिदैं त्यसलाई तत्काल मापदण्ड अनुसार पुर्ननिर्माण गर्न ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियरलाई निर्देशनपनि दिएका छन् । मिलन चोकदेखि लालपर्सा सम्मको साढे ७ किलोमिटर सडक स्तरोन्नत्ती एवं कालोपत्रे गर्न शारदा अमित जेभी कन्ट्रक्सन कम्पनीले २ करोड ९८ लाख रुपैयाँमा ठेक्का सकारेर सडक कालोपत्रे गरेको थियो । तर काम सकिएको केहि दिनमै कालोपपत्रे

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बिन्दवासिनीमा आयोजित पालिका सम्मेलनमा नेताहरुले भने : गुट छाडेर कांग्रेसलाई बलियो बनाऔं

 Krishna Shrivastav

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिकामा नेपाली कांग्रेसको गाउँपालिका सम्मेलन सम्पन्न गरेको छ ।बहुअर्वाभाठास्थित राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार आयोजित सम्मेलनको उद्घाटन संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बिरुवा रोपेर गरेका थिए । सम्मेलनमा बोल्ने कांग्रेसका नेताहरुले पार्टी भित्र रहेको गुटउपगुट र मनमुटावलाई अन्त्य गरि सबै नेता कार्यकर्ताहरु एकजुट भइ संगठनलाई अझ बलियो बनाउनका लागि लाग्नुपर्नेमा जोड दिए ।विगतमा भएका मतभेद र विवादलाई बिर्सिएर कांग्रेसीजन एकजृुट भइ ईमानदारीपूर्वक लागे आउँदो निर्वाचनमा कांग्रेसको जित सुनिश्चित रहेकोपनि उनिहरुले बताए ।कांग्रेसका गाउँ कार्य समितिका सभापति बिवेक कुमार चौरसियाको अध्यक्षतामा भएको गाउँपालिका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उद्योग मन्त्री रिजाल सहभागी वृक्षारोपण कार्यक्रममा रोपियो ६ हजार बिरुवा

 Krishna Shrivastav

वीरगंज । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुर सोहरीमा शनिबार विभिन्न प्रजातिका ६ हजार वटा बिरुवा रोपिएको छ ।संघीय सरकारका उद्योग वाणिाज्य तथा आपुर्ति मन्त्री रमेश रिजालकाको प्रमुख आथ्यितामा आयोजित वृक्षारोपण कार्यक्रममा सगुवान,शिरीष, सपेता, कदम, निम,बेल,पिपल, बर आँप,जामुन,अमला, जडीबुटी लागायतका प्रजातिका ६ हजार बिरुवा रोपिएको हो । जगारनाथपुर गाउँपालिकाको वन तथा वातावरण शाखाको सहयोगमा गठित सुहपुर सोहरी हरियाली वन व्यवस्थापन समुहले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा ती विरुवाहरु रोपिएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए । सुहपुर सोहरी हरियाली वन व्यवस्थापन समुहका अध्यक्ष ब्रजेश प्रसाद यादवको अध्यक्षतामा भएको

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको नारायणी रंगशाला पुनःनिर्माणका लागि बजेट व्यवस्था गरिदिन खेलकुद मन्त्रीसँग मेयर सिंहको आग्रह

 Krishna Shrivastav

वीरगंज । लामो समयदेखि जीर्ण रहेको वीरगन्जको नारायणी रंगशाला पुनःनिर्माणका लागि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पहल थालेका छन् ।मेयर सिंहले शनिबार आफ्नै कार्यकक्षमा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई स्वागत गर्दै रंगशाला पुनःनिर्माण गर्न अतिआवश्यक रहेकाले बजेटको व्यवस्था मिलाइदिन आग्रह गरे । मन्त्री लिम्बुसंग मेयर सिंहले भने ,‘यो रंगशाला पुनःनिर्माणले यस क्षेत्रका युवा तथा खेलप्रेमीका लागि उत्साह थप्नुका साथै खेलकुद गतिविधिमा पनि बृद्धि हुने निश्चित छ, त्यसैले रंगशाला पुनस्निर्माणका लागि यहाँको सहयोग चाहियो ।’स्थानीय सरकार एक्लैले चाहेर मात्रै सम्भव नरहेकाले त्यसका लागि संघ सरकारको सहयोग आवश्यक रहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बङ्गलादेशमा व्यापक विरोध प्रदर्शन

 Krishna Shrivastav

वीरगंज । बङ्गलादेशको राजधानी ढाकामा विशाल विरोधप्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । राजधानीका मुख्य सडकमा उत्रेका प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग्दै यातायात सेवा ठप्प पारेका छन् भने प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । प्रहरीले आफूहरूमाथि ढुङ्गामुढा भएपछि भीडलाई तितरबितर गर्न रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ । विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र उसका सहयोगीहरूले गत वर्षदेखि शेख हसिनाको राजीनामा र आगामी जनवरीमा हुने निर्वाचनसम्म कामचलाउ सरकार गठन हुनुपर्ने माग गर्दै शृङ्खलाबद्ध विरोध प्रदर्शन गरेका छन् । शहरका प्रमुख नाकाहरूमा सवारी

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज महानगरको नयाँ निर्णय : मापदण्ड पालना गरेर डिप बोरिङ जडान गर्न सकिन्छ

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिका कार्यालयले केहि शर्त पालना गरेर डिप बोरिङ जडान गर्न सकिने बताएको छ । यसअघि साउन ५ गते वीरगन्ज महानगरपालिकाले अनाधिकृत रुपमा ४ इन्चको डिप बोरिङ जडान नगर्न आग्रह गर्दै एक सार्वजनिक सुचना जारी गरेको थियो । वीरगन्जमा चापकलहरु सुकेर पानीको हाहाकार भएपछि ठाँउ ठाँउमा अनाधिकृत रुपमा डिप बोरिङ जडान गर्ने क्रम बढेपछि त्यसले जमिन मुनि पानीको सतह झन तल झर्ने र थप समस्या निम्तिने विज्ञहरूको सल्लाह अनुसार महानगरपालिकाले अनाधिकृत रुपमा डिप बोरिङ जडानमा रोक लगाइएको सुचना जारी गरेको थियो ।उक्त सुचनाको अटेर गरि वीरगन्ज १६ मा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जमा गर्ने तयारी भइरहेको छ : मन्त्री लिम्बु

 Krishna Shrivastav

वीरगंज । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जसहित मधेस प्रदेशमा गर्ने तयारी भइरहेको बताएका छन् ।शनिबार वीरगन्जमा वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले यस्तो जानकारी गराएका हुन् ।राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जसहित मधेस प्रदेशमा आयोजना गर्दा यहाँ देशैभरिबाट खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरु आउने र त्यसले यहाँको आर्थिक गतिविधी बढ्नुका साथै व्यपार व्यवसायपनि चलायमान हुने मन्त्री लिम्बुले बताए ।वीरगन्जसहित समग्र मधेसको समृद्धीका लागि खेल क्षेत्रको प्रवद्र्धन गरेर पर्यटन व्यवसायलाई बढावा दिनुपर्नेमा उनले जोड दिए । वीरगन्जको नारायणी रंगशालाको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा वीरगंजमा प्रदर्शन

 Krishna Shrivastav

वीरगंज । पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुले वीरगन्जमा प्रदर्शन गरेका छन् । नेपाल सरकारको प्रथम श्रेणी सरह पारिश्रमिक वृद्धि गर्न माग गर्दै मजदुर संगघसंगठनहरुले शनिबार वीरगन्जमा दबाबमुलुक ¥याली निकालेर प्रदर्शन गरेका हुन् । प्रत्येक २÷२ बर्षमा पारिश्रमिक वृद्धि गर्नुपर्ने कानूनी व्यावस्था भएपनि उद्योग सञ्चालकहरुले अहिलेसम्म पारिश्रमिक वृद्धि नगरेको भन्दै मजदुर संघसंगठनहरुले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । वीरगन्जको घण्टाघर चोकबाट निकालिएको दबाबमुलक ¥याली माईस्थान, आदर्शनगर, , घडिअर्वा हुदै पुनः घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई सम्बोधन गर्दै मजदुर संगठनका नेताहरुले नेपाल सरकारको प्रथम श्रेणी सरह

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ठोरीको ठुटे खोलामा तटबन्ध बनाउन भारतीय एसएसबीकाे अवरोध

 Krishna Shrivastav

वीरगंज । पर्साको ठोरी बजार कटान रोक्नका लागि ठुटे खोलामा नेपाली पक्षले अस्थायी तटबन्ध (कच्ची कुलो) बनाउन खोज्दा भारतीय पक्षले अवरोध गरेको छ ।ठुटे खोलामा आएको बाढीले नेपालतर्फको ठोरी बजारमा क्षति पुर्याएपछि ठाेरी गाउँपालिकाको अगुवाइमा ठुटे खोलाभन्दा दक्षिण पट्टी नेपाल तर्फको भूभागमा डोजर चलाएर कच्ची कुलो बनाउने क्रममा भारतीय पक्षले अवरोध गरेको हो । नेपाली पक्षले बाढीबाट पुग्ने क्षति न्यूनीकरणका लागि अस्थायी तटबन्धको रूपमा कुलो बनाउने काममा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेपछि विवाद भएको स्थानीय चिरञ्जीवी सापकोटाले जानकारी दिए । विवाद समाधानका लागि दुवै पक्षका सीमा सुरक्षा अधिकारीहरू

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेशमा आज भारी वर्षा

 Krishna Shrivastav

वीरगंज । मधेश, कोशी,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भूभागका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तराई मधेशका जिल्लाहरूमा इस्लाम धर्मावलम्बीको (दाहा) मेलाको रौनक

 Krishna Shrivastav

वीरगंज । तराई मधेशका जिल्लाहरूमा इस्लाम धर्मावलम्बीले मोहरममा आयोजना गर्ने ताजिया (दाहा) मेलाको रौनक देखिएको छ । इस्लाम धर्मका लागि ज्यानको आहुति (बलिदानी) दिने हजरत इमामे हसन र हजरत इमामे हुसेनको सम्झानामा यहाँका मुस्लिम सामुदायहरू इस्लामिक महिना मोहरममा ताजिया (दाहा) मेलाको आयोजना गर्दै आएका छन् । दाहा मेला मुस्लिम समुदायले लगाए पनि त्यसमा हिन्दु समुदायका व्यक्तिहरू उल्लेखनीय संख्यामा सहभागी हुने गर्छन् । जनकपुरधाम उपमहागरपालिका बन्धी, लक्ष्मीनिया गाउँपालिकाको सपही, महोत्तरीको जिलपुरालगायतका स्थानमा ठूला दहा (तजिया) मेलाको आयोजना गरिएको छ । ताजिया बनाउने चलन नेपाल, भारत, पाकिस्कतान, बगंलादेशसहितका मुलुकमा रहेको छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपितको घरमा लगाइयो आगो

 Krishna Shrivastav

वीरगंज । भारतको बेगुसरायमा छिमेकीको बेसमेन्टबाट १० वर्षीया बालिकाको शव फेला परेको छ। शवलाई १० फिट खाल्डो खनेर गाडिएको थियो। बालिकालाई सामूहिक बलात्कार गरेको परिवारको आरोप छ। यसपछि उनको हत्या भयो। यस घटनामा ६ अभियुक्त पक्राउ परेका छन्। पोस्टमार्टमपछि मात्रै बलात्कारको पुष्टि हुने प्रहरीले जनाएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार यही जुलाई २४ तारिख बालिका छिमेकी गुड्डु सिंह (४७) को घरमा मेहन्दी टिप्न गएकी थिइन्। त्यसयता उनी बेपत्ता भएकी थिइन्। जुलाई २७ साँझ प्रहरीले अभियुक्तको घरमा शव फेला पारेको थियो। घटना बछवारा प्रहरी चौकी क्षेत्रको हो। घटनाबाट आक्रोशित स्थानीयले. अभियुक्तको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पहिरो खसेपछि मुग्लिन नारायणगढ सडकखण्ड पुन: अवरुद्ध

 Krishna Shrivastav

वीरगंज । चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पहिरो खसेपछि पुन: अवरुद्ध भएको छ । बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको जानकारी दिए । बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुन: अवरुद्ध भएको छ ।


तराईका जिल्लामा पनि देखियो हेपाटाइटिसको समस्या

 Krishna Shrivastav

वीरगंज । नेपालमा हेपाटाइटिसको समस्या कति छ भनेर सरकारी तथ्यांक छैन । तर ३ लाखमा यो समस्या हुन सक्ने अनुमान छ । नेपालमा हेपाटाइटिसको समस्या हिमाली भेगमा बढि देखिने तथ्यांक भए पनि पछिल्लो समय यो रोग तराईका क्षेत्रमा समेत बढ्न थालेको छ । जसका निन्त्रणका लागि सरकारले उचित कदम चाल्न आवश्यक भएको जानकारहरु बताउँछन् । हेपाटाइटिस रोग कलेजोमा हुने सेलहरु हेपाटोसाइटमा हुने संक्रमण हो । यो संक्रमण मुख्यतः संक्रामक भारइरस तथा गैरसंक्रामक दुई कारणबाट लाग्ने गर्दछ । हेपाटाइटिसका प्रकार हेर्ने हो भने यो मुख्यतः पाँच प्रकारका छन् । जसमा हेपाइटिस

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा दुबिधा उत्पन्न हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी देखिन्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । अधुरो काम पूरा हुन पनि सक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले माफी मागे

 Krishna Shrivastav

वीरगंज । रेडियोहरुसँग रहेको रोयल्टी विवाद चर्किएपछि संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले माफी मागेका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै क्षमायाचना गरेका हुन् । ‘गत श्रावण १ गते मेरो फेसबुक वालमा पोष्ट गरेको सङ्गीत रोयल्टीको विषयमा गलत धारणा बनाइरहेका केहि रेडियो सम्बद्ध सघसंस्थाका नेतृत्वसँग विमति राख्ने क्रममा उल्लेख भएका आम आलोचनात्मक शब्दहरु र आवेगवश प्रस्तुत खरो भाषा मैले कोही कसैको व्यक्तिगत प्रतिष्ठामा आँच पुर्‍याउने वा कुनै व्यक्ती प्रति समाजमा घृणा र द्वेष फैलाउने उद्देश्यले व्यक्त गरेका धारणा हैनन् । कोही कसै व्यक्ति वा संस्थालाई तोकेर आरोप

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भ्रष्टाचारको विरूद्ध अनेरास्ववियु (क्रान्तिकारी) को हस्ताक्षर संकलन

 Krishna Shrivastav

वीरगंज । भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा अनेरास्ववियु क्रान्तिकारीले पर्सामा हस्ताक्षर संकलन गरेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई पठाएको छ । अखिल क्रान्तिकारी पर्सा र वीरगंज महानगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्साको प्रवेशद्वारमा भ्रष्टाचार विरुद्धको नागरिक हस्ताक्षर संकलन गरेको हो । अखिल क्रान्किारी पर्सा जिल्ला अध्यक्ष कबिराज पटेलको अध्यक्षता तथा केन्द्रिय सचिव प्रभाकर गुप्ताको प्रमुख आतिथ्यतामा हस्ताक्षर संकलन गरिएको थियो । कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल लगायतले पनि भ्रष्टाचारको विरुद्धमा हस्ताक्षर गर्नुभएको छ । अभियानमा अखिल क्रान्किारीका विदेश विभाग उपप्रमुख तथा पर्सा जिल्ला इञ्चार्ज

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जको गौतम माविमा संघीय संसदको नमूना निर्वाचन अभ्यास सम्पन्न

 Krishna Shrivastav

वीरगंज । शैक्षिक संस्थामा राजनीतिलाई प्रवेश गर्न दिनुहुन्न भन्ने मान्यतामा अधिकांश सहमत हुन सक्लान् । तर, सम्पूर्ण नीतिहरुलाई नेतृत्व गर्ने मूल नीति नै राजनीति भएकोले यसलाई विद्यालय तहबाटै व्यावहारिक अभ्यास र सिकाई गर्दै जानुपर्छ भन्ने मान्यताले वीरगञ्ज स्थित गौतम माध्यमिक विद्यालयमा संसदीय निर्वाचनको नमूना अभ्यास गरिएको छ । सामाजिक विषयको पाठ्यक्रममा नै समावेश गरिएको निर्वाचनको व्यवहारिक रुपमा अभ्यास गराएर विद्यार्थीहरुमा राजनीतिक संस्कारको विकास गर्ने र निर्वाचन प्रणालीको बारेमा व्यावहारिक ज्ञान प्राप्त होस भन्ने उद्देश्यले विद्यालयमा नमूना निर्वाचन अभ्यास गराईएको गौतम माध्यमिक विद्यालयका निर्देशक सोनाम लामाले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

News

राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

News

नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

News

इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

News

सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ