• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    तराई मधेशका जिल्लाहरूमा इस्लाम धर्मावलम्बीको (दाहा) मेलाको रौनक

  • वीरगंज संजाल
  • Jul 29, 2023, 8:16 am
  • १०३७

    वीरगंज । तराई मधेशका जिल्लाहरूमा इस्लाम धर्मावलम्बीले मोहरममा आयोजना गर्ने ताजिया (दाहा) मेलाको रौनक देखिएको छ । इस्लाम धर्मका लागि ज्यानको आहुति (बलिदानी) दिने हजरत इमामे हसन र हजरत इमामे हुसेनको सम्झानामा यहाँका मुस्लिम सामुदायहरू इस्लामिक महिना मोहरममा ताजिया (दाहा) मेलाको आयोजना गर्दै आएका छन् । दाहा मेला मुस्लिम समुदायले लगाए पनि त्यसमा हिन्दु समुदायका व्यक्तिहरू उल्लेखनीय संख्यामा सहभागी हुने गर्छन् ।

    जनकपुरधाम उपमहागरपालिका बन्धी, लक्ष्मीनिया गाउँपालिकाको सपही, महोत्तरीको जिलपुरालगायतका स्थानमा ठूला दहा (तजिया) मेलाको आयोजना गरिएको छ । ताजिया बनाउने चलन नेपाल, भारत, पाकिस्कतान, बगंलादेशसहितका मुलुकमा रहेको छ ।
    tajiya (3)1690556683.jpg

    दाहा मेलामा मुस्लिम समुदायका युवाहरूले विभिन्न प्रकारका कलात्मक खेलहरू प्रदर्शन गर्नेछन् भने महिलाहरूले इमामे हसन हुसेनको सम्झनामा गित गाउने गर्छन् । तर, पछिल्लो समय महिलाहरूले गति गाउने चलन हराउँदै गएको छ । मेलाको अन्तिम राम्रो खेल प्रर्दशन गर्ने खेलाडीहरूलाई तगमा (शिल्ड) वितरण गर्ने चलन रहेको छ । मोहरम महिनाको नवौँ दिन अर्थात् आज शुक्रबार पहिलो दिन मेलाको अन्य गाउँमा गएर खेलाडीहरूले खेल प्रर्दशन गर्छन् भने दोस्रो दिन आफ्नै गाउँकै मैदानमा गई खेलतमसा गर्छन् । सो स्थानलाई मुस्लिमहरूले करवला भन्ने गर्छन् । करवलामा दुई वा दुईभन्दा बढी ताजियाको मिलान अर्थात जोरा लगाइने चलन रहेको छ । इस्लामिक क्यालेन्डरअनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेडरअनुसार नयाँ वर्षको पहिलो महिना पनि हो ।यो महिनामा नै इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद पैगम्बर (स.) का नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको संरक्षणका लागि आफ्नो ज्यानका आहुती (बलिदानी) दिएका थिए । हजरत हसन र हुसैनले यहुदीहरूबाट धर्म संरक्षणको लडाइँमा शहीद भएका कारण उनीहरूकै सम्झनामा मुस्लिम समुदायले मोहरममा महिनामा तजिया बनाएर गम अर्थात् दुःख मनाउने गर्छन् ।

    तर, इस्लामिक धर्मगुरुले तजिया नमनाएर पनि उनीहरूलाइ सम्झिन सक्ने बताउँछन् । खेलतमसा वा दाहा नै बनाए हसन हुसेनलाई सम्झनु गलत रहेको भन्दै इस्लामिक धर्मगुरु अहमद हुसेनले भने, ‘खेलतमसा उचित होइन । इस्लामले मोहरमा खेलतमसाको अनुमति दिँदैन । बरु यो महिनामा बढी भन्दा बढी धार्मिक तथा पुण्यको काम जस्तै रोजा बस्ने, फातिहा गर्ने, मिलादसहितको आयोजना गर्दा झन् राम्रो मानिन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑