• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    तराईका जिल्लामा पनि देखियो हेपाटाइटिसको समस्या

  • वीरगंज संजाल
  • Jul 29, 2023, 8:09 am
  • ११५३

    वीरगंज । नेपालमा हेपाटाइटिसको समस्या कति छ भनेर सरकारी तथ्यांक छैन । तर ३ लाखमा यो समस्या हुन सक्ने अनुमान छ । नेपालमा हेपाटाइटिसको समस्या हिमाली भेगमा बढि देखिने तथ्यांक भए पनि पछिल्लो समय यो रोग तराईका क्षेत्रमा समेत बढ्न थालेको छ । जसका निन्त्रणका लागि सरकारले उचित कदम चाल्न आवश्यक भएको जानकारहरु बताउँछन् । हेपाटाइटिस रोग कलेजोमा हुने सेलहरु हेपाटोसाइटमा हुने संक्रमण हो । यो संक्रमण मुख्यतः संक्रामक भारइरस तथा गैरसंक्रामक दुई कारणबाट लाग्ने गर्दछ । हेपाटाइटिसका प्रकार हेर्ने हो भने यो मुख्यतः पाँच प्रकारका छन् ।

    जसमा हेपाइटिस ए, बि, सी, डी र इ पर्दछ । हेपाटाइटिसका विभिन्न प्रकारहरु मध्ये बी र सीकोे सङ्क्रमण घातक हुने चिकित्सकहरु बताउँछन् । हेपाटाटिस बी, सी र डी रगत रगतजन्य पदार्थ, लागुपदार्थको सेवन तथा शारीरीक सम्र्पकबाट लाग्ने गर्दछ । हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । जसबाट लिबर सिरोसिस र लिबर क्यान्सर हुने जोखिम उच्च हुने गर्दछ । तर एयूक्ट हेपाटाटिस ए र इ आफै निको भएर जाने र यसले स्वास्थ्यमा जटिलता उत्पन्न नगर्ने चिकित्सकको भनाई छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्यांक अनुसार विश्वभर बी र सी हेपाटाइटिसबाट हरेक दिन झन्डै ८ हजार नयाँ संक्रमित थपिने गरेको तथ्यांक छ । साथै प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने अनुमान डब्लुएचओको छ । नेपालमा हेपाटाटिस रोगीको यकिन तथ्यांक छैन । तर ३ लाखमा यो रोग भएको अनुमान छ ।

    जसमा हेपमाटाइटिस सीको एक लाख विरामीको भएको तथ्यांक छ । साथै हेपाटाइटिस बीको संक्रमण हिमाली क्षेत्रमा बढि देखिन्छ । एक गैरसरकारी संस्थाको अध्ययन अनुसार हेपाटाइटिस बीको संक्रमण डोल्पामा २५ प्रतिशत मनाङमा ५% जिरीमा ३% हुम्लामा १३% देखिएको छ । हिमाली क्षेत्रमा यसको संक्रमण बढि देखिने गरे पनि तराई क्षेत्रमा पनि पछिल्लो समय संक्रमण बढ्न थालेको छ । यसको नियन्त्रणका लागि सरकारले उचित कार्ययोजना ल्याउन आवश्यक छ । हेपाटाइटिस रोग विरुद्धको खोपको कुरा गर्ने हो भने हेपाटाइटिस इ, सी र डीविरुद्धको खोप विश्व बजारमा नभएको दाबी गरिए पनि इ को खोप चीनमा मात्र उपलब्ध छ । नेपालमा हेपाटाइटिस बी र ए विरुद्धको खोप सरकारले प्रदान गर्दै आएको छ । तर हेपाटाइटिस बढि देखिएका स्थानमा उपलब्ध खोप मात्रा बढाउन आवश्यक भएको चिकित्सकहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑