वीरगंज । नेपालमा हेपाटाइटिसको समस्या कति छ भनेर सरकारी तथ्यांक छैन । तर ३ लाखमा यो समस्या हुन सक्ने अनुमान छ । नेपालमा हेपाटाइटिसको समस्या हिमाली भेगमा बढि देखिने तथ्यांक भए पनि पछिल्लो समय यो रोग तराईका क्षेत्रमा समेत बढ्न थालेको छ । जसका निन्त्रणका लागि सरकारले उचित कदम चाल्न आवश्यक भएको जानकारहरु बताउँछन् । हेपाटाइटिस रोग कलेजोमा हुने सेलहरु हेपाटोसाइटमा हुने संक्रमण हो । यो संक्रमण मुख्यतः संक्रामक भारइरस तथा गैरसंक्रामक दुई कारणबाट लाग्ने गर्दछ । हेपाटाइटिसका प्रकार हेर्ने हो भने यो मुख्यतः पाँच प्रकारका छन् ।
जसमा हेपाइटिस ए, बि, सी, डी र इ पर्दछ । हेपाटाइटिसका विभिन्न प्रकारहरु मध्ये बी र सीकोे सङ्क्रमण घातक हुने चिकित्सकहरु बताउँछन् । हेपाटाटिस बी, सी र डी रगत रगतजन्य पदार्थ, लागुपदार्थको सेवन तथा शारीरीक सम्र्पकबाट लाग्ने गर्दछ । हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । जसबाट लिबर सिरोसिस र लिबर क्यान्सर हुने जोखिम उच्च हुने गर्दछ । तर एयूक्ट हेपाटाटिस ए र इ आफै निको भएर जाने र यसले स्वास्थ्यमा जटिलता उत्पन्न नगर्ने चिकित्सकको भनाई छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्यांक अनुसार विश्वभर बी र सी हेपाटाइटिसबाट हरेक दिन झन्डै ८ हजार नयाँ संक्रमित थपिने गरेको तथ्यांक छ । साथै प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने अनुमान डब्लुएचओको छ । नेपालमा हेपाटाटिस रोगीको यकिन तथ्यांक छैन । तर ३ लाखमा यो रोग भएको अनुमान छ ।
जसमा हेपमाटाइटिस सीको एक लाख विरामीको भएको तथ्यांक छ । साथै हेपाटाइटिस बीको संक्रमण हिमाली क्षेत्रमा बढि देखिन्छ । एक गैरसरकारी संस्थाको अध्ययन अनुसार हेपाटाइटिस बीको संक्रमण डोल्पामा २५ प्रतिशत मनाङमा ५% जिरीमा ३% हुम्लामा १३% देखिएको छ । हिमाली क्षेत्रमा यसको संक्रमण बढि देखिने गरे पनि तराई क्षेत्रमा पनि पछिल्लो समय संक्रमण बढ्न थालेको छ । यसको नियन्त्रणका लागि सरकारले उचित कार्ययोजना ल्याउन आवश्यक छ । हेपाटाइटिस रोग विरुद्धको खोपको कुरा गर्ने हो भने हेपाटाइटिस इ, सी र डीविरुद्धको खोप विश्व बजारमा नभएको दाबी गरिए पनि इ को खोप चीनमा मात्र उपलब्ध छ । नेपालमा हेपाटाइटिस बी र ए विरुद्धको खोप सरकारले प्रदान गर्दै आएको छ । तर हेपाटाइटिस बढि देखिएका स्थानमा उपलब्ध खोप मात्रा बढाउन आवश्यक भएको चिकित्सकहरु बताउँछन् ।