• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगञ्जको गौतम माविमा संघीय संसदको नमूना निर्वाचन अभ्यास सम्पन्न

  • वीरगंज संजाल
  • Jul 28, 2023, 6:37 pm
  • ६३३

    वीरगंज । शैक्षिक संस्थामा राजनीतिलाई प्रवेश गर्न दिनुहुन्न भन्ने मान्यतामा अधिकांश सहमत हुन सक्लान् । तर, सम्पूर्ण नीतिहरुलाई नेतृत्व गर्ने मूल नीति नै राजनीति भएकोले यसलाई विद्यालय तहबाटै व्यावहारिक अभ्यास र सिकाई गर्दै जानुपर्छ भन्ने मान्यताले वीरगञ्ज स्थित गौतम माध्यमिक विद्यालयमा संसदीय निर्वाचनको नमूना अभ्यास गरिएको छ । सामाजिक विषयको पाठ्यक्रममा नै समावेश गरिएको निर्वाचनको व्यवहारिक रुपमा अभ्यास गराएर विद्यार्थीहरुमा राजनीतिक संस्कारको विकास गर्ने र निर्वाचन प्रणालीको बारेमा व्यावहारिक ज्ञान प्राप्त होस भन्ने उद्देश्यले विद्यालयमा नमूना निर्वाचन अभ्यास गराईएको गौतम माध्यमिक विद्यालयका निर्देशक सोनाम लामाले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्यबाट ६५७ जना मतदाताको सहभागितामा शुरुवाती चरणदेखिको मनोनयन गरि निर्वाचन प्रकृया मार्फत नमूना अभ्यास गरिएको हो । नेपालमा विद्यमान निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रलाई २० प्रतिशतको अनुपातमा गौतम माविले ३३ वटा निर्वाचन क्षेत्र कायम गरी निर्वाचन सम्पन्न गराएको छ । त्यस्तै १ सय १० वटा समानुपातिक सिटको २० प्रतिशत अनुपात अनुरुप २२ वटा सिटका लागि समानुपातिकतर्फको मतदान भएको गौतम माविका सामाजिक विषयका विभागीय प्रमुख दिनेश क्षेत्रीले जानकारी दिनुभयो ।

    कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई विभिन्न ५ वटा राजनीतिक दलमा विभाजन गरी प्रत्यक्ष र समानुपातिक निर्वाचन गराइएको हो । इन्डिपेन्डेण्ट डेमोक्रेटिक युनियन, नेपाल समावेशी पार्टी, विद्यार्थी समावेशी पार्टी, नेपाल विद्यार्थी समूह र प्रथा युनियन गरी ५ वटा राजनीतिक दलका ५५ जना उम्मेदवारहरुले ३३ वटा निर्वाचन क्षेत्रबाट सांसद पदमा उम्मेदवार बनेका निर्वाचन आयुक्तको भूमिकामा रहेका अरुनव रिजालले बताउनुभयो । कक्षा १० का छात्र अरुनभ रिजालका अनुसार ३३ वटै निर्वाचन क्षेत्रबाट जम्मा ६ सय ५० मत खसेको छ । समावेशी सिद्धान्त अनुरुप ३३ प्रतिशत अनिवार्य रुपमा महिला उम्मेदवार बनाइएको रिजालले बताउनुभयो । आइतवारसम्म निर्वाचनको मतगणना सकेर संसद र सरकार गठनको प्रक्रिया थालिने र लगत्तै मन्त्रीमण्डल गठनपछि नीति तथा कार्यक्रम बनाई पारित गर्ने योजना रहेको सामाजिक शिक्षक सोनीले बताउनुभयो । निर्वाचन प्रणाली र प्रकृयामा विद्यार्थी आफै सहभागी हुन पाएकोले व्यवहारिक रुपमै अभ्यास गर्दा निर्वाचनको प्रक्रियाका बारेमा परीक्षामा आउँदा सहज रुपमा लेख्न सक्ने गौतम माविका प्रबन्ध निर्देशक सोनाम लामाले बताउनुभयो ।

    युवा पुस्तामा राजनीतिप्रति बढ्दै गएको वितृष्णा र पुस्तान्तरणसँगै राजनीतिमा नयाँ संस्कारको विकास गर्नमा पनि यो नमूना अभ्यास उपयोगी हुन सक्ने विद्यालयका प्रवन्ध निर्देशक लामाको भनाई छ । विद्यालयमा लोकतन्त्रको बारेमा जान्ने र लोकन्त्रको बारेमा खुलेर बोल्न सक्ने अवसरको रुपमा नमूना निर्वाचनलाई आफूले लिएको नेपाल समावेशी पार्टीबाट उम्मेदवार समेत बनेका विद्यार्थी स्याञ्जो यादवले बताए । कक्षा ६ बाट कक्षा उत्तीर्ण गरी आएका विद्यार्थीहरुलाई विद्यालयमा कसरी आफ्नो कुराहरु निर्धक्कसँग राख्न सकिन्छ ? आफ्नो कर्तव्य र अधिकार के हो भन्ने बारेमा आफूहरुले सिकाउने मुख्य एजेण्डा सहित उम्मेदवार बनेको विद्यार्थी समावेशी पार्टीका उम्मेदवार नमन श्रेष्ठले बताउनुभयो । विद्यालय र समाजमा एकता र सदभाव कायम राख्ने एजेण्डा सहित आफूहरु चुनावी प्रतिस्पर्धामा उत्रिएको र आफूहरुलाई निर्वाचनमा पनि जिताउने पूर्ण विश्वास रहेको प्रथा युनियनका अध्यक्ष नारायण माझीले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑