Krishna Shrivastav
नेपाली नम्बर प्लेट भएको चार चक्के गाडीलाई रक्सौल प्रवेशमा रोक
Krishna Shrivastav

वीरगंज । वीरगन्जकाे सिमावर्ती भारतीय बजार रक्साैलमा नेपाली चार पाङ्ग्रे (चक्के) सवारी साधनकाे प्रवेशमा भारतले राेक लगाएकाे छ । यसअघि रक्साैलमा निर्वाध रुपमा आउजाउ गर्दै आएका नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे सवारी साधनलाई मंगलबारदेखि भने प्रवेशमा राेक लगाइएकाे हाे । रक्सौलमा रहेकाे भारतीय कस्टमका सुरक्षा अधिकारीहरुका अनुसार , अब रक्साैल प्रवेशका लागि नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे सवारीसाधनले वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासबाट पास लिनु पर्नेछ । दुतावासकाे पास नलिएका नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे सवारीसाधनहरु भने रक्सौल प्रवेश गर्न नपाउने भारतीय कस्टमका सुरक्षा अधिकारीहरुले बताएका छन् । याे नियम मंगलबारदेखि लागु