• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    किरण आँखा अस्पतालको नाममा करिब ५ लाख रुपिया हिनामिना गर्दै ,पर्सागढी नगरपालिकाका अधिकृत र लेखा प्रमुख

  • वीरगंज संजाल
  • Aug 1, 2023, 5:09 pm
  • ८३७

    वीरगंज । पर्सागढी नगरपालिकाका तत्कालिन भ्रष्ट अधिकृत भरत प्रसाद यादव, हाल कार्यरत्त लेखा प्रमुख श्याम नारायण भगत माली र सहायक लेखा प्रमुख सन्तोष प्रसाद कुशवाहाले लाखौं/करोड भ्रष्टाचार गरि दिन दुगुना रात चौगुना मोटाउँदै आए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धिकरण विभाग लगायतका नियमकारी निकायले छानबिन गरि कारवाही प्रक्रिया अगाडी नबढाउँदा पर्सागढीबासीहरु आश्चर्यमा परेका छन्। पर्सा जिल्लाको वीरगंजबाट उत्तर पश्चिममा रहेको पर्सागढी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत यादव र हालसम्म कार्यरत्त रहेका लेखा प्रमुख माली र सहायक लेखा प्रमुख कुशवाहाको मिलोमतोमा भुक्तानी दिने सेवाग्रहीहरुको आवश्यक कागजपत्र नभए पनि कमिशनको सेटिङ्गमा आर्थिक वर्ष २०७८/०७९ मा ४ करोड ६२ लाख ३८ हजार ८१ रुपैया हिनामिना गर्न गराउदां मलेपको कार्यालयले बेरुजु रकम कायम गरेको छ । जसमध्ये सुरक्षित नागरिक आवासमा ९ लाख ८० हजार र आँखा शिविर सञ्चालनमा ४ लाख ९८ हजार ८ सय ५० रुपैया गरी १४ लाख ७८ हजार ८ सय ५० रुपैया हिनामिना गरेको पाईएको छ । मलेप प्रतिवेदनको क्रम सं. १३.२ मा सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ को दफा ६ मा किस्ता बमोजिम अनुदान उपलब्ध गराईएको ३ महिना भित्र कार्यप्रगति नभएमा लाभग्राहीबाट अनुदान रकम स्थानिय तहले असूल उपर गर्ने व्यवस्था छ । तर नगरपालिकाले प्रति लाभग्राही रु. २० हजारका दरले ४९ जनाको ९ लाख ८० हजार वितरण गरेकोमा लेखा परीक्षण अवधिसम्म कुनै पनि लाभग्राहीहरुको कार्यप्रगति नभएकोले अनुसुचिमा संलग्न विवरण अनुसार निर्माण भएको प्रमाण पेश गर्नु पर्नेमा सो नभएकोले सो बेरुजु रकम असुल गरी संघिय संचित कोषमा दाखिला गर्नु पर्ने प्रतिवेदनमा उल्लेख रहेको पाईएको छ ।

    त्यसैगरी क्रम सं. १६.६ मा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ मा बिल भर्पाई तथा खर्च पुष्टयाई हुने प्रमाण श्रेस्ता सहितको लेखा राख्नु पर्ने व्यवस्था भए पनि नगरपालिकाले २०७८ पौष २० देखि २२ गते सम्म आँखा शिविर सञ्चालन गरेको उल्लेख गरी किरण आँखा अस्पताल वीरगंजलाई ४ लाख ९८ हजार ८ सय ५० रुपैया भुक्तानी दिईएकोमा अस्पतालले सो शिविर सञ्चालनको प्रतिवेदन पेश नगरेको देखिन्छ । साथै बिरामीहरुको विवरण तथा चिकित्सकहरुको प्रेस्किप्सन समेत पेश नभएको पाईएको छ । सो शिविर सञ्चालनको प्रतिवेदन बिरामीहरुको विवरण तथा चिकित्सकहरुको प्रेस्किप्सन समेत पेश गर्नु पर्नेमा सो नभएकोले सो बेरुजु असुल गर्नु पर्ने प्रतिवेदनमा उल्लेख रहेको छ । तत्कालिन नगरप्रमुख लोकनारायण यादवको पालामा आवश्यक कागजातहरु नभए तापनि भ्रष्ट अधिकृत यादव, लेखा प्रमुख माली र सहायक लेखा प्रमुख कुशवाहाको कमिशनको सेटिङ्गमा भुक्तानी भएको स्थानियको आरोप रहेको छ । जुन आरोपलाई मलेपको प्रतिवेदनले पनि पुष्टि गरेको देखिन्छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४(२)(घ) मा बेरुजू फछर्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृत कै हुने व्यवस्था छ । ऐन अनुसार जिम्मेवार व्यक्तिको कारण हिनामिना वा हानि–नोक्सानी पारेको रकम किटान गरिएको व्यवहोरालाई असुल गर्नुपर्ने बेरुजूमा वर्गीकरण गरिन्छ । यसले समेत भ्रष्टाचार भएको घाम जतिकै छर्लङ्ग भएको अवस्था देखिन्छ ।

    तत्कालिन अधिकृत यादवले तत्कालिन जिल्ला विकास समिति बारामा कार्यरत्त रहदा भ्रष्टाचारकै मामिलामा निलम्बनमा परेका व्यक्ति हुन । बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती निवासी अधिकृत यादवले भ्रष्टाचारको कमाईबाट अकुत सम्पत्ति जोडन सफल भएको बताईन्छ । उनले कलैयाको मेनरोड मोतिबाग चौकमा आफ्नै भवनमा कलेज सञ्चालन गरेका छन् भने चन्द्रनिगाहपुरमा सुजुकीको सोरुम पनि सञ्चालनमा ल्याएका छन् । भ्रष्ट अधिकृत यादवले करिब तीन वर्ष अगाडि पिपरपाती गाउंमा करिब डेढ बिगहामा रहेको फुलबारी करिब ६५ लाखमा र पिपरपाती चौकमा करिब एक महिना अगाडि २ कठ्ठा जमिन २२ लाखमा किनेको स्रोतले जनाएको छ । उनले यतिमात्र कहां हो र ? काठमाडौंमा १ किता, हेटौडामा २ किता, सिमरामा २ किता र वीरगंजमा २ किता घडेरीहरु भ्रष्टाचारको रकमबाट किन्न सफल भएको बताईन्छ । उनको ३ वटा छोराहरु रहेका छन् भने एक जना अष्ट्रेलिया, एक जना भारतको पञ्जाब र एक जना काठमाडौंमा अध्ययन गरिरहेको स्रोतको कथन रहेको छ । हाल उनी कोल्हवी नगरपालिका बारामा कार्यरत्त रहेका छन् । अर्का भ्रष्ट लेखा प्रमुख मालीले आफ्नै नातामा पर्ने भान्जा सन्तोष प्रसाद कुशवाहालाई लेखा सहायकमा भर्ना गरी गराई मामा र भान्जा मिली सो नगरपालिकालाई हालसम्म दुहुनो गाई बनाएको आरोप स्थानियको रहेको छ । मालीले पनि वीरगंज र सिमरामा घडेरीहरु किनेको स्रोतको कथन रहेको छ । हाल उनी पर्सागढी नगरपालिका र कोष तथा लेखा नियन्त्रण कार्यालय पर्सा वीरगंजमा कार्यरत्त रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑