• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भारतमा सरसफाइको काम गर्ने ७ जना महिला बने करोडपति

  • वीरगंज संजाल
  • Aug 1, 2023, 4:41 pm
  • १०२९

    वीरगंज । ११ जुनमा सरसफाइसम्बन्धी काम गर्ने महिलाको समूहले चिठ्ठा खरिद गरेका थिए । गत साता उनीहरुको भाग्य खुल्यो । उनीहरु करोडपति बने । सात जना महिला मिलेर चिट्ठा खरिद गरेका थिए । भारतको केरला राज्यका ती महिलाहरुले १० करोड रुपैयाँ जितेका हुन् । चिठ्ठा जित्ने महिलाहरू हरेक घरबाट कुहिने फोहोर संकलन गर्ने काम गर्छन् । काम गरेबापत उनीहरुले प्रत्येक दिन २५० भारतीय रुपैयाँ कमाउँछन् । त्यो आर्जनले दैनिकी धान्नै धौधौ बनेको अवस्थामा त्यसकै आर्जनबाट खरिद गरेको चिठ्ठाले करोडपति बनेपछि उनीहरुले त्यस काम आफूहरूको लागि निकै भाग्यमानी साबित भएकाले कामलाई अझै निरन्तरता दिने बताएका छन् । न्युन आर्जनका कारण एकल रुपमा चिठ्ठाको टिकट खरिद गर्न नसक्ने भएपछि महिलाहरुले समूहमा मिलेर लगानी गर्थे । भारतको अन्य राज्यमा चिठ्ठा अवैध भए पनि केरलामा भने सरकारलेनै चिठ्ठा सञ्चालन गर्छ । निजी क्षेत्रलाई यो काम गर्न प्रतिबन्ध छ । सरकारी चिठ्ठामा ती महिलाहरुलाई यसअघि एक हजार रुपैयाँ परेको थियो । त्यो रकम उनीहरुले आपसमा बाँडेका थिए ।

    यो रकम पनि आपसमा उनीहरुले बाँडफाँट गर्ने बताएका छन् । टिकट खरिदका लागि ७ जनाले प्रतिव्यक्ति २५ रुपैयाँ लगानी गरेका थिए । चिठ्ठा परेको विषय आफूहरुले धेरैबेरसम्म पत्याउनै नसकेको ७२ वर्षीया कुट्टीमलुले बताइन् । जतिसुकै रकम जिते पनि बराबर बाँड्ने हाम्रो सहमति थियो । तर हामीले यो परिमाणको चिठ्ठा पर्ने अपेक्षै गरेका थिएनौं,’ उनले भनिन् । चिठ्ठा खरिद गरेको चौथो पटकमा आफूहरु करोडपति बनेको उनले सुनाइन् । ६२ वर्षीया बेबी आफू निकै अभागी भएको बताउँथिन् । आफ्नो भाग्यनै नभएको ठान्ने उनी यसपटक करोडपति बनिन् । यो खुशी साट्दै उनी भन्छिन्, ‘यो संसारकै अभागी व्यक्ति मै हुँ भन्ने लाग्थ्यो । घर बाढीले बगायो । ऋण धेरै नै लाग्यो । अहिले मेरो भाग्य खुलेझैं भयो । यो रकमले अब म घर जोड्छु ,ऋणपनि तिर्छु,’ उनले भनिन् । ५० वर्षीय के बिन्दुले मिर्गौला फेलका कारण आफ्नो पति गुमाएकी थिइन् । घर बनाउँदा बनाउँदै उनका पतिले संसार छोडेका थिए । उनका पतिले पनि डायलासिस गर्न राखेको रकमबाट चिठ्ठा किन्थे । पतिले संसार छोडेपछि बिन्दुले चिठ्ठा जितिन् । पतिले अपुरो छोडेको घरलाई पूरा गर्ने उनले योजना बनाइएकी छिन् । ‘मेरा पतिले घर बनाउँदा बनाउँदै संसार छोडे । उनी डायलासिस गर्न राखेको पैसाबाट चिठ्ठा किन्थे । यसपटक चिठ्ठा प¥यो अब म घर निर्माण पुरा गरेर छोरीको शिक्षामा लगानी गर्छु,’

    उनले आफ्नो योजना सुनाइन् । ४९ वर्षीय लक्ष्मीले गरिबीका कारण आफूहरु भविष्यप्रति निकैनै चिन्ता गर्दै बसेको सुनाइन् । भारी वर्षाका कारण काम नहुँदा मजदुर गर्ने उनको पतिको आम्दानी यसपटक भएन । यो रकमले आफूहरुलाई निकै राहत दिएको उनले बताइन् । अब यसलाई छोरीको शिक्षा र उनको अपरेशनका खर्च गर्ने उनको भनाइ छ । ‘अब मैले मेरो छोरीको उपचारका लागि कुनै चिन्ता गर्नुपरेन । हाम्रो भविष्य पनि राम्रै रुपमा अघि बढ्ने भयो,’ उनले भनिन् । कर कट्टी गरेर महिलाहरुले ६ करोड ३० लाख रूपैयाँ पाउनेछन् । उनीहरुले आपसमा त्यसलाइ बाँड्नेछन् । चिठ्ठा परेसँगै रकमको दाबीका लागि ७ महिला सरकारी कार्यालयमा पुगेका थिए । सधैंझैं उनीहरु कामदारकै पोशाकमा थिए । चिठ्ठाले करोडपति बनेपनि आफूहरुले काम नछोड्ने ती महिलाहरुले बताए । ‘हाम्रो सामूहिक समृद्धिको सारथी यही काम हो । हामी यो कामलाई निरन्तरता राख्नेछौं,’ लीलाले भनिन् ।केरलालाई सफा सहर बनाउनका लागि आफूहरूले योगदान गरिरहने उनीहरुको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
  • गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी
  • मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    News

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑