• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रक्सौल–काठमाडौं रेलमार्ग : लागत ३ खर्ब ८४ अर्ब, लगानी उठाउन २१ वर्ष लाग्ने

  • वीरगंज संजाल
  • Aug 1, 2023, 4:29 pm
  • ९७३

    वीरगंज । नेपाल–भारत (रक्सौल–काठमाडौं) अन्तरदेशीय विद्युतीय रेलमार्ग बनाउन तीन खर्ब ८४ अर्ब रुपैयाँ लगानी लाग्ने देखिएको छ । २०७६ मा गरिएकोे प्रारम्भिक अध्ययनले आयोजना बनाउन दुई खर्ब ६५ अर्बदेखि तीन खर्ब १७ अर्ब लगानी लाग्ने देखिएको थियो ।तर अहिले तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)ले भने तीन खर्ब ८४ अर्ब लगानी लाग्ने अनुमान गरेको हो ।नेपालमा निर्माणाधीन तथा निर्माण भइसकेका अन्य आयोजनाको तुलनामा यो सबैभन्दा धेरै हो ।

    सुझाव प्रयोजनका लागि भारतले गत असारमा उक्त आयोजनाको डिपिआर मस्यौदा नेपाललाई बुझाइसकेको छ । भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसन लिमिटेडले बुझाएको मस्यौदा रेल विभागले अध्ययन गरिरहेको छ ।उक्त प्रतिवेदनअनुसार उक्त लगानी मुआब्जाबाहेकको हो । मुआब्जामा कति खर्च हुन्छ भन्ने विषयमा यकिन भइनसकेको रेल विभागको भनाइ छ । अब एक महिनाभित्र मस्यौदामाथि अध्ययन गरेर भारतलाई सुझाव पठाइने रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले जानकारी दिए । नेपालले सुझाव बुझाएपछि भारतले अन्तिम डिपिआर पठाउनेछ । त्यसपछि नेपालले आयोजनाको निर्माणको थप प्रक्रिया अघि बढाउनेछ । डिपिआरको मस्यौदाअनुसार निर्माण सुरु गरेको पाँच वर्षमा आयोजना तयार हुनेछ ।

    सञ्चालनमा आएपछि आयोजनाबाट वार्षिक ४.८१ प्रतिशत लगानी प्रतिफल प्राप्त हुनेछ । आयोजना सञ्चालनमा आएको २१ वर्षमा लगानी (साँवा) उठ्ने डिपिआरको मस्यौदामा उल्लेख छ । यसले आयोजना आर्थिक रूपमा फिजिबल देखिएको महानिर्देशक बिसुरालले बताए । ‘यसअघि गरिएको प्रारम्भिक अध्ययनले पनि आयोजनालाई आर्थिक रूपमा फिजिबल देखाएको थियो । डिपिआरले त्यसलाई अझ स्पष्ट रूपमा पुष्टि गरेको छ,’ उनले भने, ‘यो सकारात्मक कुरा हो ।’ उनका अनुसार आयोजनाको इकोनोमिक रेट अफ रिटर्न भने १४.०६ प्रतिशत हुनेछ । त्यसअनुसार आयोजनाले विभिन्न माध्यमबाट अर्थतन्त्रमा वार्षिक ६८ अर्ब पाँच करोड रुपैयाँबराबरको योगदान दिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑