Krishna Shrivastav
दिल्लीको एम्स अस्पतालमा आगलागी, हेर्नुहोस् भिडियो
Krishna Shrivastav

वीरगंज । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा आगलागी भएको छ ।समाचार एजेन्सी एएनआईका अनुसार एम्सको एन्डोस्कोपी कोठामा आगलागी भएको हो । दिल्ली फायर सर्भिसका अनुसार आगो निभाउनका लागि छवटा दमकल (फायर इन्जिन) घटनास्थलमा पुगेका थिए।घटनास्थलका तस्विर र भिडियोमा एम्स भवनबाट धुवाँ निस्किरहेको देखिन्छ । आगलागीको कारणबारे जानकारी आउन सकेको छैन । आगलागीबाट कुनै क्षति भए नभएको जानकारी आएको छैन ।
निर्वाचन खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराउने उम्मेदवारलाई जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
Krishna Shrivastav

वीरगंज । उच्च अदालत पाटनले निर्वाचन आयोगलाई निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराउने उम्मेदवारलाई जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले यसअघि साउन १५ को अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । निर्वाचन आयोगले यही साउन ९ गते निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध सांसद सोविता गौतमसहितले रिट दायर गरेका थिए । अदालतले मुद्दाको अन्तिम टुंगो