• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मधेश प्रदेशभरि फैलियो भाइरसले आँखा पाक्ने रोग

  • वीरगंज संजाल
  • Aug 8, 2023, 1:59 pm
  • ६०९

    वीरगंज । मधेश प्रदेशका आँखा अस्पतालमा दैनिक तीन हजार भन्दा बढी आँखा पाक्ने रोगीहरुको चेक जाँच हुने गरेको छ । मधेश प्रदेशका तीन ठूला आँखा अस्पताल जानकी आँखा अस्पताल जनकपुरधाम, रामप्रसाद महावीरप्रसाद केडिया आँखा अस्पताल परवानीपुर र सगरमाथा चौधरी आँखा अस्पताल लहानमा दैनिक हजार भन्दा बढी आँखा पाक्ने रोगीहरु आउने गरेको सम्वन्धित अस्पतालले जनाएको छ । मनसुन बढेसँगै मौसमी आँखा पाक्ने रोग फैलिएको छ । मनसुनसँगै आँखा पकाउने भाइरस सक्रिय हुँदा आँखा पाक्ने संक्रमण फैलिएको आँखा विशेषज्ञहरुले बताएका छन् । जनकपुरधाममा जनघनत्व बढी भएकाले समुदायमा आँखा पाक्ने रोग छिटो फैलिरहेको चिकित्सकहरुले बताएका छन् । आँखा पाक्ने रोग मनसुन नसकिएसम्म जारी रहने पनि चिकित्सकले जनाएका छन् । रामप्रसाद महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरमा दैनिक आउने कुल बिरामीमध्ये ६० देखि ७० प्रतिशत आँखाको संक्रमण भएका बिरामी छन् । उक्त अस्पतालको आकश्मिक कक्षमा दैनिक एक हजार भन्दा बढी नेपाल र भारतका बिरामी आउँछन् ।

    अस्पतालको बहिरंग विभागमा आउने औसत एक हजार भन्दा बढी बिरामीमध्ये ७० प्रतिशत मौसमी आँखा पाक्ने रोगकै रहेका छन् । जानकी आँखा अस्पताल जनकपुरधाममा दैनिक औसत ७ सय आँखा पाकेका बिरामी पुगिरहेका अस्पतालले जनाएको छ । अस्पतालमा साउन महिनामा आँखा पाकेका बिरामी बढेका छन् । ‘कतिपय भाइरसले आँखाको समस्या जटिल बनेपछि बिरामी आउन थालेका छन्,’ अस्पतालका सूचना अधिकारी रुदलप्रसाद साहले भने । चिकित्सकका अनुसार ‘ एडिनो’ नामक भाइरस आँखामा प्रवेश गरेपछि आँखा पाक्छ । सो भाइरसको संक्रमण भएपछि आँखा रातो हुने, आँखाबाट रगत मिसिएको आँसु बग्ने, आँखा चिलाउने समस्या हुन्छ । साथै घाँटी दुख्ने, ज्वरो आउने, स्वर भासिने समस्या पनि हुन्छ । संक्रमित बिरामीमा यस्तो समस्या करीब दुई सातासम्म रहन्छ । ‘आँखा पाक्ने संक्रमण मौसमी भाइरसका कारणले देखिन्छ,’ सूचना अधिकारी साहले भने । उनले भने, ‘भाइरसले आँखा पाक्दा चिप्रा नआएको कारण बिरामीहरु झुक्किएका छन् ।’ चिकित्सकका अनुसार मनसुनमा यो भाइरस सक्रिय भएकाले एउटै व्यक्तिमा संक्रमण दोहोरिने पनि गरेको छ । विशेष गरी शरीरमा प्रतिरोधात्मक शक्ति कमजोर भएकालाई संक्रमण दोहोरिने गर्छ । एडिनो भाइरसको संक्रमणले दुई सातासम्म रहन्छ । संक्रमण अवधिमा आँखाका नानीमा स–सानो घाउ पनि बनाउँछ ।

    यो घाउ निको भए पनि दाग भने रहिरहन्छ । कतिपयलाई संक्रमणपछि आँखा निको नभएपछि घाममा आँखा हेर्न कठिन हुने समस्या भएका छन् तर यसले दृष्टिमा भने असर गर्दैन । संक्रमणका बेला आँखाको राम्रोसँग हेरचाह नगरे किटाणुको पनि संक्रमण थपिन सक्ने चिकित्सक बताउँछन् । ‘आँखाको संक्रमणको बेला आँखा सफा राख्नुपर्छ र आँखा मिच्नु हुँदैन,’ साहले बताए । रोगको लक्षण देखिएपछि जतिसक्दो छिटो उपचारमा जान चिकित्सकको सुझाव छ । भाइरसको कारण आँखा पाकेको हुनाले यो भाइरस मार्ने औषधि हुँदैन । दुई साता अवधि पुगेपछि आफैं मर्छ । तर सम्बन्धित अन्य संक्रमणबाट बच्ने औषधि भने प्रयोग गर्नुपर्छ । आँखामा घाउ बनेको छ भने चिकित्सकको सल्लाहमा औषधि हाल्नुपर्छ । लापरबाही गरेमा आँखामा जटिलता आएर ज्यानैसमेत जान सक्ने चिकित्सकहरु बताउँछन् । ‘बिरामी आफैंले औषधि किनेर प्रयोग गर्नु हुँदैन,’ सूचना अधिकारी साहले भने ‘संक्रमणको असर लामो समय पनि रहन सक्ने हुनाले एक पटकको उपचारपछि पनि पुर्नजाँचका लागि अस्पताल जानुपर्छ । संक्रमणबाट बच्नको संक्रमित व्यक्तिको नजिक नबस्ने, भीडभाडमा नजाने, संक्रमितसँग हात नमिलाउने तथा भिन्नै सामान प्रयोग गर्नुपर्छ । साथै, संक्रमितले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा बेड प्रयोग नगर्ने । औषधि प्रयोग गरेपछि हात धुने र आँखा नछुने तथा चश्माको प्रयोग गर्नुपर्छ । तीनवटै अस्पतालमा नेपाल र भारतका बिरामीहरुको संख्या बराबर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑