
वीरगन्ज । लण्डनस्थित ख्यातिप्राप्त प्रविधि ब्रान्ड Nothing ले आज नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन Nothing Phone (4b) आधिकारिक रूपमा सार्वजनिक गरेको छ। (b) सिरिजअन्तर्गतको पहिलो स्मार्टफोनको रूपमा आएको यस फोनले सफल Phone (4a) सिरिजको निरन्तरता कायम गर्दै आकर्षक डिजाइन, शक्तिशाली दैनिक कार्यक्षमता, स्मार्ट सफ्टवेयर तथा दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने कम्पनीले जनाएको छ।
नेपाली बजारमा यसको ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको बजार मूल्य नेपाली रु. ५९,९९९ निर्धारण गरिएको छ। फोन सार्वजनिक भएको अवसरमा कम्पनीले प्रारम्भिक ग्राहकहरूका लागि विशेष उपहारको व्यवस्था समेत गरेको छ, जसअनुसार ग्राहकहरूले रु. ५,९९९ मूल्य बराबरको CMF Buds (2a) नि:शुल्क प्राप्त गर्नेछन्।
Phone (4b) मा Phone (4a) को नयाँ Glyph Bar र Phone (4a) Pro को लोकप्रिय Unibody Design लाई संयोजन गरी परिस्कृत रूप दिइएको छ। २० भन्दा बढी डिजाइन अवधारणाबाट छनोट गरिएको यो फोनमा पारदर्शी क्यामेरा मोड्युल, 3D Curved Edge, Eco-Polycarbonate Unibody र तीन तहको सुरक्षात्मक कोटिङ प्रयोग गरिएको छ। फोनमा IP64 लेभलको धूलो तथा पानी प्रतिरोधी सुरक्षा छ भने ६०० न्युटनसम्मको दबाब सहने क्षमता रहेको छ। यो स्मार्टफोन Black, White, र Blue गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ।
Nothing को मुख्य पहिचान मानिने Glyph Bar यस फोनमा ४५ वटा Mini LED सहित अझ परिस्कृत रूपमा समावेश गरिएको छ। यसले १,५०० nits सम्मको ब्राइटनेस प्रदान गर्दै सूचना (Notifications), चार्जिङ स्थिति, रेकर्डिङ तथा व्यक्तिगत अलर्टहरू सहजै देखाउँछ, जसले गर्दा प्रयोगकर्ताले पटक-पटक स्क्रिन हेर्नुपर्ने बाध्यता हट्नेछ।
फोनमा Qualcomm Snapdragon 6 Gen 4 (4nm) प्रोसेसर प्रयोग गरिएको छ, जसले AnTuTu बेन्चमार्क टेस्टमा १० लाखभन्दा बढी स्कोर हासिल गरेको छ। यसमा रहेको Qualcomm 6th Generation AI Engine ले फोटोग्राफी, आवाज पहिचान (Voice Recognition) र Essential AI सुविधाहरूलाई अझ छिटो र प्रभावकारी बनाउँछ।
Phone (4b) मा ६,००० mAh को ब्याट्री राखिएको छ, जुन Nothing स्मार्टफोन इतिहासकै सबैभन्दा ठूलो ब्याट्री हो। यसले करीब १८ घण्टा मिश्रित प्रयोग (Mixed Usage), २२ घण्टासम्म लगातार YouTube भिडियो, र २६ घण्टासम्म Instagram प्रयोग गर्ने क्षमता प्रदान गर्छ। फोनले ३३W Fast Charging सपोर्ट गर्छ, जसबाट करीब ३० मिनेटमा ५०% र एक घण्टाभन्दा केही बढी समयमा फोन पूर्ण चार्ज हुन्छ।
यसबाहेक, फोनमा १२०Hz Refresh Rate सहितको Super AMOLED डिस्प्ले, ५० मेगापिक्सेल OIS (Optical Image Stabilization) मुख्य क्यामेरा, र Nothing OS को साथमा Essential AI सुविधा उपलब्ध गराइएको छ, जसले उपभोक्तालाई उत्कृष्ट भिजुअल र फोटोग्राफी अनुभव प्रदान गर्छ।
