• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

  • वीरगंज संजाल
  • Jul 22, 2026, 1:56 pm
  • ०

    वीरगंज | इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च भइसकेको अमेरिकी प्रशासनको दाबीबीच तेहरान र अन्य क्षेत्रमा बुधबार पुनः अमेरिकी हवाई आक्रमण भएको छ। यससँगै इरानले हवाई सुरक्षा प्रणाली सक्रिय पारेको छ भने दुवै पक्षबीचको तनाव अझ चर्किएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अझै समाप्त नभएको र अहिले नै सैन्य कारबाही रोक्ने अवस्था नरहेको बताएका छन्। उता, अमेरिकी रक्षा मन्त्रालयका प्रमुख पीट हेग्सेथले युद्ध सञ्चालनमा हालसम्म ३७ अर्ब ५० करोड डलर खर्च भइसकेको जानकारी दिँदै सेनाका लागि थप अर्बौं डलर बजेट आवश्यक रहेको बताएका छन्।

    अमेरिकी सेनाले लगातार एघारौं रात इरानमाथि आक्रमण गरेको पुष्टि गर्दै हर्मुज जलघाँटी हुँदै सञ्चालन हुने व्यापारिक जहाजलाई जोखिममा पार्ने इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले सैन्य रसद संरचनालाई निशाना बनाइएको जनाएको छ।

    इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आणविक ऊर्जा केन्द्र रहेको बुसेहरसहित विभिन्न क्षेत्रमा आक्रमण भएको छ भने तेहरानको पश्चिम, पूर्व र उत्तरपूर्वी क्षेत्रमा हवाई सुरक्षा प्रणाली सक्रिय भएको आवाज सुनिएको थियो।

    हर्मुज जलघाँटीमा सुरु भएको द्वन्द्व विस्तार हुँदै मध्यपूर्वका अन्य रणनीतिक समुद्री मार्गसम्म पुगेको छ। यसले विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको विश्लेषण गरिएको छ।

    ट्रम्पले अर्को सम्भावित अमेरिकी लक्ष्य नतान्ज नजिक रहेको ‘पिक्याक्स माउन्टेन’ नामक भूमिगत आणविक परिसर हुन सक्ने संकेत गरेका छन्। पश्चिमी गुप्तचर निकायहरूले उक्त क्षेत्रमा इरानले अघोषित युरेनियम संवर्धन केन्द्र निर्माण गरिरहेको आशंका व्यक्त गर्दै आएका छन्।

    यसको प्रतिक्रिया स्वरूप इरानले अमेरिकी तथा उसका सहयोगी मुलुकका हितमाथि थप आक्रमण गर्ने चेतावनी दिएको छ। खताम अल-अन्बिया सैन्य कमान्डले सम्भावित नयाँ अमेरिकी आक्रमणलाई क्षेत्रीय युद्ध विस्तारका रूपमा लिइने र त्यसको जवाफ अमेरिका, उसका सहयोगी तथा समर्थकका सम्पत्तिमाथि आक्रमणमार्फत दिइने जनाएको छ।

    यता, कुवेतले बुधबार इरानबाट आएको भनिएको ड्रोन आक्रमणलाई आफ्नो हवाई सुरक्षा प्रणालीले निष्क्रिय पारेको जनाएको छ। बहराइनले पनि इरानी आक्रमणहरू रोकिएको दाबी गरेको छ भने कुवेत र जोर्डनले ड्रोन तथा मिसाइल आक्रमण विफल बनाएको बताएका छन्।

    इरानी सेनाले कुवेत र बहराइनमा रहेका अमेरिकी हवाई सुरक्षा प्रणाली, राडार तथा प्रशासनिक संरचनालाई निशाना बनाएको जनाएको छ।

    इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका बन्दरगाह अवरुद्ध गर्ने चेतावनी दिएपछि तनाव थप बढेको छ। राष्ट्रपति ट्रम्पले यस्तो प्रयास भए त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन्। साउदी अरेबियाले पनि हुथीहरूको धम्कीको कडा निन्दा गरेको छ।

    समुद्री सुरक्षा कम्पनी भ्यानगार्ड टेकका अनुसार साउदी अरेबियाको यानबु बन्दरगाहबाट कच्चा तेल बोकेर निस्किएका दुई ट्यांकरले लाल सागरमा मार्ग परिवर्तन गरेका छन्। विश्लेषकहरूका अनुसार हुथीहरूले साउदी तेल निर्यात मार्गमा अवरोध पुर्‍याउन सफल भए विश्व ऊर्जा बजारमा गम्भीर असर पर्न सक्छ।

    यसैबीच, इरानी रिभोलुसनरी गार्ड्सले हर्मुज जलघाँटी पार गर्ने प्रयास गरिरहेका दुई ट्यांकर विस्फोटमा परेर ठप्प भएको दाबी गरेको छ। बेलायतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) ले पनि ओमानको तट नजिक एउटा ट्यांकरमा अज्ञात प्रक्षेप्य ठोक्किएको जनाएको छ।

    युद्ध चर्किए पनि कूटनीतिक सम्पर्क भने पूर्ण रूपमा रोकिएको छैन। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्तामार्फत अमेरिकासँग संवाद जारी रहेको जानकारी दिनुभएको छ।

    यसैक्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले इरानका गृहमन्त्री एस्कन्दर मोमेनीसँग भेट गर्दै सबै पक्षलाई संयम अपनाउन र मध्यपूर्वलाई थप अस्थिर बनाउने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑