• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

  • वीरगंज संजाल
  • Jul 22, 2026, 2:12 pm
  • ०

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असारकै बिजुलीको बिलमा भ्याट लगाइदिएको छ । आर्थिक ऐन, २०८३ अनुसार साउनबाट विद्युत खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने उल्लेख छ । तर, प्राधिकरणले भने असारमा खपत भएको बिजुलीमै भ्याट जोडेर बिल काटेको हो ।

    प्राधिकरणले साउन १ देखि ४ गतेसम्म सम्पूर्ण बिलिङ काउन्टर बन्द गरेर भ्याट सहित प्रणाली विकास गरेको छ । जसअनुसार मंगलबार (साउन ५ गते) देखि भ्याट सहितको बिलिङ प्रणाली तयार भएको हो । भ्याटको व्यवस्था कार्यान्वयनका लागि बिलिङको सफ्टवेयर प्रणाली अपग्रेड गरेसँगै साउन ५ गतेदेखि काटिएको बिलमा भ्याट जोडिएको हो।

    प्राधिकरणका कार्यकारी निर्देशकले २०८३ असार ३२ गते निर्णय गरी मातहतका प्रदेश तथा डिभिजन कार्यालयहरूलाई परिपत्र जारी गरेका थिए ।

    नयाँ आर्थिक वर्षको सुरुआतसँगै काट्न थालेको बिलमा ५ प्रतिशत भ्याट प्रणाली अध्यावधिक गरी लागु भइसकेको प्रवक्तासमेत रहेका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक राजन ढकाल बताउँछन् । नयाँ कर नीति अनुसार प्राधिकरणले बिलिङ प्रणाली परिमार्जन गरिसकेकाले साउन महिनामै जारी हुने महसुल बिलमा पनि ५ प्रतिशत भ्याट रकम समावेश भइसकेको उनले बताए ।

    ‘साउनमा जारी हुने बिल अघिल्लो महिना अर्थात् असारको विद्युत् खपतको हो । तर, बिल जारी हुने मिति साउनमै पर्ने भएकाले नियमानुसार साउनकै बिलबाट भ्याट असुल गरिएको हो,’ ढकालले क्लिकमान्डुसँग भने ।

    आर्थिक वर्षको सुरुआतमै प्रणाली अपडेट भइसकेकाले कर नीतिको पालनाका लागि साउनको बिलमै भ्याट समावेश गर्नु परेको उनले स्पष्ट पारे । आर्थिक वर्षको अन्त्यमा कुल १२ महिनाको हिसाब गर्दा यो प्रणालीगत अन्तर स्वतः समायोजन हुने भएकाले यसबाट ग्राहक वा आन्तरिक राजस्व कार्यालय कसैलाई पनि दीर्घकालीन रूपमा कुनै असर नपर्ने उनको भनाइ छ ।

    तर, यो विषयका जानकारहरू भने असारमा प्रयोग गरेको बिजुलीमा भ्याट लाग्नु नहुने बताउँछन् । उनीहरूका अनुसार साउनदेखिको खपतमा भ्याट लाग्ने भनेर सरकाले घोषणा गरेकामा प्राधिकरणले असारकै खपतमा भ्याट जोडेर पठाउँछ भने त्यो सरासर अपराध हो ।

    करको भूतप्रभावी प्रयोग नहुने सिद्धान्त अनुसार भ्याट वा कुनै पनि नयाँ कर जुन मितिबाट लागू हुन्छ, त्योभन्दा अगाडि नै उपभोग भइसकेको सेवामा लागू गर्न पाइँदैन । असार मसान्तसम्म विद्युत् महसुलमा भ्याट थिएन । ग्राहकले असारमा बत्ती बाल्दा भ्याट लाग्ने कानूनी व्यवस्था नै थिएन ।

    उपभोग सिद्धान्त अनुसार राजस्व र करको सामान्य सिद्धान्त अनुसार जुन अवधिमा सेवा उपभोग गरियो, करको दर पनि सोही अवधिको लागू हुनुपर्छ । असारको खपतमा साउनको नियम लगाउनु भनेको उपभोग भइसकेको सेवामा पछाडि फर्केर कर बढाउनु सरह हो ।

    कर विशेषज्ञ दीर्घराज मैनाली उपभोग गरिएको सेवामा साउनदेखि लागू भएको कर असुल गर्नु ‘कानूनविपरीत’ र ‘अन्यायपूर्ण’ हुने बताउँछन् । मैनालीले साउन १ गतेपछिको आर्थिक कारोबार र खपतमा मात्रै भ्याट लाग्नुपर्ने स्पष्ट पारे । ‘साउन १ गतेपछि हुने कारोबार र खपतमा मात्रै कर लाग्ने सिद्धान्त हो । असारको बिजुली खपतमा साउनको बिल देखाएर भ्याट जोड्न मिल्दैन । कानूनविपरीत कर उठाउन पाइँदैन, यदि नियमविपरीत उठाइएको छ भने त्यो गलत हो,’ मैनालीले बताए । मैनालीका अनुसार यस्तो काम कानुन विपरित त हो नै, कसैले कर उठायो भने पनि उसलाई उल्टै जरिवाना हुनुपर्छ ।

    यस्तै, पूर्व महालेखापरीक्षक टंकमणि शर्मा पनि साउनको खपत भएको बिजुलीको बिल भदौमा आउँदा मात्र भ्याट जोडिनु पर्ने बताउँछन् । विजुली र राइडसेयरिङमा लगाएको भ्याट खारेज गर्नुपर्नेमा असारको नै बिलमा भ्याट लगाउन नमिल्ने उनको तर्क छ । आर्थिक ऐनले नै साउनदेखि उठाउने भनेको भ्याट साउनबाट मात्रै लागु हुनुपर्ने उनले बताए ।

    आन्तरिक राजस्व विभाग पनि साउनको बिलमा मात्र भ्याट लाग्ने बताउँछन् । साउनको बिल भदौमा आउँदा मात्र भ्याट लाग्नुपर्ने आन्तरिक राजस्व विभागका सूचना अधिकारी केशव रघुवंशी बताउँछन् ।

    ‘ तपाईंको खपत नै असारको भएपछि भ्याट नलिनुपर्ने हो । प्राधिकरणले आफ्नो प्रणाली बनाएपछि ५ प्रतिशत साउनबाट नै काटिने व्यवस्था गरेको होला । यसमा धेरैको उजुरी पर्न सक्छ,’ रघुवंशीले क्लिकमान्डुसँग भने ।

    आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत ५० युनिट माथि विद्युत प्रयोग गर्ने गार्हस्थ्य वर्गलाई ५ र अन्यलाई १३ प्रतिशत मुल्यवृद्धि कर (भ्याट) को व्यवस्था गरको छ । पहिलो पटक सरकारले विद्युत महशुलमा करको व्यवस्था गरेको हो ।

    सरकारले चालू आर्थिक वर्षको आर्थिक विधेयकमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) ऐनको अनुसूची–१ मा संशोधन गर्दै विद्युत महसुलमा भ्याट छुट पाउने सीमा र क्षेत्र स्पष्ट पारेको छ । नयाँ कानुनी व्यवस्था अनुसार घरायसी प्रयोजनका लागि उपभोग हुने प्रतिग्राहक मासिक ५० युनिटसम्मको विद्युत बेच्ने र किन्ने (जस्तैः निजी उत्पादकबाट प्राधिकरणलाई हुने बिक्री) बिजुलीमा मात्र भ्याट छुट दिइएको छ । छुटमा नपरेका सबैलाई प्रचलित १३ प्रतिशत भ्याट लाग्ने छ ।

    साउन १ गतेबाट प्राधिकरणको औद्योगिक, व्यापारिक तथा गैर–गार्हस्थ्य वर्गीकरणमा पर्ने अन्य सबै ग्राहकहरूले विद्युत महशुलमा १३ प्रतिशत भ्याट तिर्नुपर्ने छ । प्राधिकरणको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार ग्राहकहरूको संख्या ५७ लाख १० हजार (५.७१ मिलियन) पुगेको छ । यो संख्या आर्थिक वर्ष २०८०/८१ को तुलनामा ४.६ प्रतिशतको वृद्धि हो । यस तथ्याङ्कमा सामुदायिक ग्रामीण विद्युतीकरणमार्फत सेवा पाइरहेका करिब ३ लाख ३० हजार (०.३३ मिलियन) उपभोक्ताहरूलाई भने समावेश गरिएको छैन ।

    प्राधिकरणको कुल ग्राहक हिस्सामा सबैभन्दा ठूलो संख्या गार्हस्थ्य (घरेलु) उपभोक्ताको रहेको छ, जसले कुल ग्राहकको ९१.०८ प्रतिशत (५२ लाख जना) हिस्सा ओगटेका छन् । यसैगरी औद्योगिक ग्राहकहरूको संख्या १.२३ प्रतिशत (७० हजार जना) रहेको छ भने व्यापारिक, गैर–गार्हस्थ्य लगायत अन्य श्रेणीका ग्राहकहरूको प्रतिनिधित्व ७.६९ प्रतिशत (४ लाख ३९ हजार जना) रहेको प्राधिकरणले जनाएको छ । गार्हस्थ्यमा पनि ५१ युनिटभन्दा माथि विद्युत खपत गर्ने हिस्सा बढी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑