• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देउवाले बनाएको नेविसंघको तदर्थ समितिमा शेखर–गगन पक्षको असन्तुष्टि

  • वीरगंज संजाल
  • २३ श्रावण २०८०, मंगलवार १३:३७
  • २७२५

    वीरगंज । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सहमति विपरीतको संख्या आएको भन्दै संस्थापनइतर पक्षले असन्तुष्टि जनाएको छ । सोमबार राति ७१० जना सदस्य रहेको तदर्थ समिति सार्वजनिक गरिएको छ । ५५१ सदस्यीय तदर्थ समिति ल्याउने सहमतिलाई संस्थापनपक्षले लत्याएको अर्को पक्षले जनाएको छ । ५५१ जनामा ४० प्रतिशत हिस्सेदारी हुने गरि शेखर–गगन पक्षले नाम बुझाएको थियो । तर संख्या थपेर ७१० पु¥याउँदा समेत आफ्नो पक्षबाट दिएका कतिपय नाम हटाइएको संस्थापनइतर पक्षकी विद्यार्थी नेता प्रेमिका रानामगरले जानकारी दिइन् ।

    ‘५५१ जनाको समितिमा ल्याउने सहमति भएर नाम दिएका हौं । हामीले पठाएका १५ जना जतिको नामहरु काटिएको छ,’ रानामगरले भनिन् । तदर्थ समितिमा पर्ने गरि चर्चा पाएर पनि नाम काटिएकाहरुमा पवन थापा, दीपक ओझा, सुदीप अधिकारी, सुमित बोहोरा लगायत छन् । नेता कृष्णप्रसाद सिटौला पक्षले पठाएका कतिपय नाम काटिएको सिटौला निकट एक विद्यार्थी नेताले जानकारी दिए । तदर्थ समितिमा विदेशमा बस्नेलाई समेत राखिएको छ । किरण भण्डारी, डा. रितेश चिमोरिया, अमृत वस्ती, रविन ढुङ्गाना लगायतका केही विदेशमा छन् । तदर्थ समितिमा राखिएपछि ढुङ्गानाले आफू समितिमा बस्न असमर्थ रहेको सामाजिक सञ्जालमा लेखेका छन् । दुई वर्षअघि नै तदर्थ समितिका लागि नाम दिएको तर अहिले राखिएको उनले बताए ।

    मनोनित तदर्थ समितिमा बस्न रुचि नभए पनि नाम राखिएको भन्दै विवेक लामा घिसिङले केन्द्रीय सदस्यमा नबस्ने नबस्ने घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा दुजाङ शेर्पालाई संघको अध्यक्षमा मनोनित गरेका थिए । संघको कार्यसमितिलाई पटक पटक पूर्णता दिने पार्टीले निर्णय गरेपनि कार्यान्वयन गरेको थिएन । करिब १७ महिनापछि बनाइएको जम्बो टोलीमा समेत पार्टीका समूहले चित्त बुझाउन सकेका छैनन् । २ साउन देखि १० सम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले भदौ १५ सम्म सबै भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको थियो । कार्यसमितिले पूर्णता पाएपछि ६ महिनाभित्र निर्वाचन गर्न तदर्थ समितिले कार्यादेश पाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑