• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गण्डक नहरको ‘जल’ मा भारतको ‘छल’

  • वीरगंज संजाल
  • Aug 8, 2023, 11:16 am
  • ६१७

    वीरगंज । तराईको उरखमाउलो गर्मीमा पिपलको रुखमुनीको छहारीमा बसेर सुस्ताउँदै गरेको अवस्थामा भेटिए ७४ वर्षिय मंगल साह ।छेउमै रहेको गण्डक नहर तर्फ देखाँउदै मंगलले भने,‘ पानीको यस्तो अकाल त आफनो जिवनमा केहिलेपनि देखेको थिइन् , न चापकलमा पानी छ न नहरमा । पानी पटाउन नसक्दा धान खेतमा दरार परिसक्यो । यो सालको खेती त भगवानै भरोसा छ । काशे पानीको भरमा धानखेती गर्दै आएका यहाँका किसान लामो समयदेखिको खडेरीले पिडामा छन् । त्यसैमा गण्डक नहरमापनि पर्याप्त पानी नआउँदा किसानको गर्जो टर्न सकिरहेको छैन । मंगलकै छिमेकी बाराको महागढीमाई नगरपालिका ७ तेलकुवाँका किसान बिगु यादव भन्छन्,‘ खडेरी र सुख्खाले खेतमा भएको बोरिङ पनि सुकिसकेको छ । पम्पीसेटले पानी पटाउँ भने नहरमा पनि पानी प्रयाप्त छैन ।’

    तेलकुवाँकै अर्का किसान हृदय यादव भन्छन्,‘ यसपालि त वर्षापनि त्यति भएन । खेत छेउमै गण्डक नहर त छ तर नामको मात्रै ।नहरमा यति थोरै पानी आइरहेको छ कि पम्पीसेटले तान्नपनि पुग्दैन । यो गण्डक नहर त हाम्रा लागि आकाशको फल जस्तै भएको छ । भारतीय पक्षले विगत एक दशक यतादेखि गण्डक नहरमा दुई देशबिचको सम्झौता अनुसारको पानी नदिदाँ नहरमा आश्रित पर्सा , बारा र रौतहट गरि तीन जिल्लाका किसानहरु वर्षेनी समस्यामा पर्ने गरेका छन् । त्यसैमा यसवर्ष तराई मधेसमा लामो समयदेखिको खडेरी परेका कारणलेपनि अहिले धान खेतीको सिजनमा किसानहरुमाथि पिडा झन् थपिएको छ । नेपाल–भारत बिचको गण्डक सम्झौता अनुसार नेपाल तर्फको नहरमा भारतले ८ सय ५० क्युसेक प्रतिसेकेण्ड पानी दिनुपर्ने उल्लेख छ । तर आर्थिक वर्ष २०७०/७१ यतादेखि भने भारतले नेपाल तर्फको नहरमा सम्झौतामा उल्लेख गरिएको भन्दा झण्डै आधा परिमाणमा मात्र पानी दिने गरेको नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत एंव इन्जिनियर सुरेश साह बताउछन् । उनका अनुसार , यसपाली धानबालीको सिजनका लागि भारतीय पक्षले दुइमहिना ढिला गरि असार १५ गतेदेखि मात्रै पानी दिन सुरु गरेको थियो । त्योपनि सुरुमा २ सय क्युसेक मात्र पानी नेपाल तर्फको नहरमा भारतले छोडेका थियो । त्यसपछि पटक पटकको आग्रह र दबाब दिएपछि विस्तारै बढाउदै लगेर भारतले आइतबार ५ सय क्युसेक पानी दिएको साह बताउछन् । साह भन्छन्,‘ आव २०६९/७० सम्म सम्झौता अनुसारकै पानी नहरमा भारतबाट आउँथ्यो ,तर त्यसपछि एक दशक भइसक्यो आधा मात्रै पानी नहरमा भारतले दिइरहेको छ ।हामी भारतको रामनगरस्थित गण्डक नहरको दोन कार्यालयमा पटक पटक गएर भेट्छौ। सम्झौताको कुरा गर्छौ तर सुनुवाइ भने आजसम्म हुन सकेको छैन । जति कराएपनि उसले सम्झौताको आधामात्रै पानी दिइरहेको छ ।

    भारतले सम्झौताको आधामा मात्र पानी नहरमा दिइरहेका कारण अहिले पर्सा र बारामा ३/३ दिनको आलोपालो गरेर पानी वितरण गरिरहेको बताउदै साह भन्छन्,‘ बारामा पनि १२ नम्बर ब्लक सम्ममात्र पानी पुग्न सकेको छ । रौहतट जिल्लाको त कुरैै नगरे हुन्छ , रौतहटको नहरमा त नहर बनेको समयदेखि नै पानी पुरयाउनै सकिएको छैन । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरि तीन जिल्लाका ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य हो । तर भारतले सम्झौताको आधा मात्रै पानी दिदै आएका कारण रौतहटमा अहिलेसम्म पानी पुरयाउनै नसकिएको साह बताउछन् । साह भन्छन्,‘ आकाशे पानी परेको छैन , नहरमा पानी आधामात्रै आइरहेको छ ,त्यसका कारण पर्सा र बाराको नहरमा ३/३ दिनको आलोपालो गरि पानी दिइरहेका छौ । खडेरीले छट्पटिएका किसानहरु नहरको पानीका लागि मारामार गरिरहेका छन् । हामीलाई थेग्नै गाह्रो भइरहेको छ । उनि थप्छन्, किसानकाे खेतमा पानी पुर्याउन रातभर गाडीमा कुद्नु परिरहेकाे छ, कति रात त सुत्नपनि पाएका छैनाै । भारतीय पक्षले आफनो तर्फको नहरमा पर्याप्त पानी छाड्ने गरेको तर नेपाल तर्फको नहरमा सम्झौताको आधा मात्रै पानी दिएर विभेद गरिरहेकोपनि साह बताउछन् । गण्डक नहरको त्रिवेणीस्थित मुहानबाट भारतीय पक्षले गण्डक नहरतर्फ १ हजार ५ सय क्युसेक पानी छोडेको छ । तर भारतीय भूमि हुँदै नेपालसम्म आउँदा नेपाल तर्फको गण्डक नहरमा ५ सय क्युसेक भन्दा कमै पानी आईरहेको साह बताउछन् । सबारेमा भारतीय पक्षलाई पटक पटक भेटेर गुनासो गर्दा उनिहरुले नहरको संरचना पुरनो भइ कमजोर भएका कारण नहरमा कम पानी छाड्ने गरेको बहाना बनाउदै आएको साह बताउछन् ।

    साह भन्छन्,‘ तर हाम्रो नेप्त पानीपाल तर्फको नहरको संरचना भारतको भन्दा ठिक छ । किनकि हामीले समय समयमा नहरको सफाई र संरचनाको मर्मत सम्भार गर्दै आएका छौ । त्यसका कारण भारतीय पक्षले सम्झौता अनुसारको ८५० क्युसेक नै पानी दियो भनेपनि त्यसलाई हाम्रो नहरले थेग्छ , नहरमा कुनै नोक्सानी पुग्दैन । समस्या त भारत तर्फको नहरको संरचनामा छ , त्यो उनिहरुको आन्तरिक समस्या हो । हामीलाई हाम्रो नहरमा सम्झौता अनुसारको पानी दिनुपर्छ । इन्जिनियर साहका अनुसार, गण्डक नहरको संरचना निर्माण भइ सञ्चालनमा आएको झण्डै ५० वर्ष पुरा भइसकेकाले फेरि गण्डक सम्झौताको पुर्नावलोकन गरि नहरको संरचना पुर्ननिर्माण गर्नुपर्ने आवश्यकता छ । साह भन्छन्‘ गण्डक नहरको संरचनाको आयु ५० वर्षको थियो , ५० वर्ष बितिसकेकोले धेरै संरचनाहरु जीर्ण भइसकेका छन् । त्यस कारण दुवै देशले गण्डक सम्झौताको पुर्नावलोकन गर्नै जरुरी भइसकेको छ । साहका अनुसार , गण्डक नहर सम्झौतामा भारतीय पक्षले वर्षमा दुई पटक (धान र गँहु बालीका लागि ) नेपाल तर्फको नहरमा पानी दिनुपर्ने उल्लेख छ । धान बालीका लागि बैशाख १५ देखि असोज १५ सम्म र गहँु बालीका लागि पुष १५ देखि फागुन १५ गते सम्म नेपाल तर्फको नहरमा पानी दिनुपर्ने सम्झौतामा उल्लेख रहेको बताउछन् । भारत सरकारले नेपालका तीन जिल्ला (पर्सा, बारा र रौतहट) का गरि ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित हुने गरि सन् १९७५ र ७६ मा दुई चरणमा ८१ किलोमिटर गण्डक नहर निर्माण गरि नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी यात्रा गरेर गण्डक नहर नेपालमा भने पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट प्रवेश गर्छ । नेपाल तर्फको गण्डक नहरलाई १५ वटा ब्लकमा विभाजित गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑