शिक्षकको आन्दोलनले आजदेखि देशभरका ७० लाख विद्यार्थीको पढाइ बन्द हुने

 Krishna Shrivastav

वीरगंज । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित हुने भएको छ । सरकारले सदनमा लैजान तयारी गरेको विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू काठमाडौं पुगेर बुधबारदेखि आन्दोलन थालेका छन् । विधेयकमा १८ बुँदे संशोधनको मागसहित आन्दोलनमा उत्रेका शिक्षक विद्यालय नफर्किने अडानमा छन् । जसले ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्। नेपाल

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज पनि काठमाडौंमा शिक्षक आनदोलनको प्रदर्शन, यातायात आवागमन अस्तव्यस्त

 Krishna Shrivastav

वीरगंज । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले (नयाँबानेश्वर माइतीघरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ। यसका कारण हरेकजसो चोकमा लामो र ठुलो जाम लागेको छ । पुलहरुमा पनि ठुलो मात्रामा जाम बढेको छ। नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ। जामले सार्वजनिक सवारी र निजी सवारीमा यात्रारतहरु हैरान छन्।


काठमाडौं आउँदै गरेको सुमो सिमरामा पल्टिँदा ८ जना घाइते

 Krishna Shrivastav

वीरगंज । निजगढबाट काठमाडौं आउँदै गरेको ना १ ज ३८४७ नम्बरको टाटा सुमो बुधबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंजमा दुर्घटनामा परेको हो। चालकले ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको बताएका प्रहरीले जनाएको छ। गाडी चालक निजगढ नगरपालिका-९ बस्ने ३७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले पक्राउ परेको छ। घाइतेहरु सबै खतरा मुक्त छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


मधेश प्रदेशः हतियारधारी समूहद्वारा घरधनीमाथि आक्रमण गरि लुटपाट

 Krishna Shrivastav

वीरगंज । हतियारधारी समूहले सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा एक घरमा लुटपाट गरेको छ । बिहीबार बिहान २ बजेतिर लालबन्दी ५ को वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा लुटपाट भएको हो । मुखमा रुमाल बाँधेर आएका ५÷६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिले ठाकुरको घरबाट नगद र केही सर सामग्री लुटेर लगेका प्रहरीले जनाएको छ । लुटेरा समूहलाई प्रतिकार गर्दा ४५ वर्षीय ठाकुर घाइते भएका हुन् । उनको टाउकोमा चक्कु प्रहार भएको छ । घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जिल्ला प्रहरी कार्यालय बारा द्वारा चारवटा सवारीसाधन नियन्त्रण

 Krishna Shrivastav

वीरगंज । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले बिल भर्पाई नभएको ७७ लाख २७ हजार मूल्य बराबरको विभिन्न सामग्री र पाँचवटा गाईसहित चारवटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । आज बिहान ४ः४० बजे बारा जितपुरसिमरा उ.म.न.पा. वडा न.२१ बाट इलाका प्रहरी कार्यालय अमलेखगंजले वीरगंजबाट काठमाण्डौ जाँदै गरेका तीनवटा ट्रकलाई चेकजाँच गर्दा बिल भरपाई नभएको विभिन्न सामानहरुसहित ट्रकलाई नियन्त्रणमा लिइ कारबाइ गरेको छ । ना.६.ख.००८० न.को ट्रकमा रहेको २३ लाख १ हजार ८२६ मूल्य बराबरको विभिन्न खुद्रा सामान, , ना.३.ख. ७३११ न.को ट्रकमा रहेको २३ लाख २७ हजार १६० मूल्य बराबरको विभिन्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा पिकअप भ्यान र मोटरसाइकलसहित ६ जना तस्कर पक्राउ

 Krishna Shrivastav

वीरगंज । रौतहट स्थित २५ लाख भन्दा बढीको विभिन्न प्रकारको अवैध सामान, एकथान पिकअप भ्यान र  मोटरसाइकलसहित ६ जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ। दीपावली तथा छठलाई लक्षित गरेर तस्करहरूले ठुलो परिमाणमा किराना सामान भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याइरहेका सूचनाको आधारमा उक्त सामान सहित ६ जना पक्राउ परेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए। सीमावर्ती भारतीय बजार बरगिनिया , घोदासहन लगायत बजारबाट तस्करहरुले भन्सार छलेर माछा, आलु, प्याज, सुजी, चिनी, विभिन्न ब्राण्डका मदिरा, लगायत २५ लाख दुई हजार रुपैयाँको  सामानसहित छुट्टाछुट्टै नाकाबाट प्रहरीले उक्त सवारी साधन तथा तस्करलाई नियन्त्रणमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराबाट अवैध रूपमा बालुवा उत्खनन गर्ने चारवटा ट्र्याक्टर नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । अवैध रूपमा बालुवा उत्खनन गर्ने चारवटा ट्र्याक्टर प्रहरीले बाराबाट बुधबार साँझ नियन्त्रणमा लिएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका-१४ स्थित दुधौरा खोलाबाट ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। खोलामा बालुवा लोड गरिरहेको अवस्थामा ना.६.त.४७६६, ना.७.त.१७२३, ना ७ त ३९१८ र ना ४ त ५७५९ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। नियन्त्रणमा लिइएको ट्र्याक्टरलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय, निजगढमा राखिएको उनले बताए।


वीरगंजमा शिक्षा एनको बिरुद्धमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन

 Krishna Shrivastav

पर्सा । शिक्ष एन २०८० को बिरुद्धमा वीरगंजमा विद्यार्थीहरुले बिरोध प्रदशन गरेका छन । वीरगंजको त्रिजुद्ध मा.वि मा शिक्षा संकाय पढिरहेका विद्यार्थीले घण्टाघर चोकमा जम्मा भई एनको बिरोद्ध गरेको हो । कृष पटेलको नेतृत्वमा त्रिजुद्ध मा.वि मा शिक्षा संकायमा अध्यनरत विद्यार्थीहरुले शिक्षा एनको बिरुद्ध नाराबाजी लगाउदै बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले शिक्षा मन्त्रि राजीनाम देउ , शिक्षा निजीकरण र व्यापारीकरण गर्न पाईदैन , शिक्षक अधिकार खोज्न पाईदैन लगायत लेखिएको प्लेकार्ड बोकी बिरोध प्रदर्शन गरेक हुन् । यतिखेर शिक्षकहरु काठमान्डौ केन्द्रित आन्दोन गर्दै छन र ठाउँ ठाउँबाट उनीहरुलाई समर्थन मिलिरहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

आन्दोलनमा पर्सेली शिक्षकको एक्बधत्ता

 Krishna Shrivastav

वीरगंज। बुधबार नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक काठमाडौंमा आन्दोलनरत छन्। संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई लिएर देशभरका शिक्षक आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरु राजधानी काठमाडौंमा बुधबार माइतीघरदेखि बानेश्वरसम्म नारा जुलुससहित प्रर्दशनमा उत्रिए का थिए । पर्सा जिल्लामा अवस्थित बिद्यालय का शिक्षकहरुपनि आन्दोलित भएका छन् । आजको आन्दोलन माध्यमिक शिक्षक युनियन नेपाल (HISTUN) पर्साको सचिव सन्नी दुबेको नेतृत्वमा गरिएको थियो। माध्यमिक शिक्षक युनियन नेपाल (HISTUN) पर्साको सचिव सन्नी दुबेले प्रस्तावित विद्यालय शिक्षा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेशमा लोसपाले मनायाे ‘कालो दिन’

 Krishna Shrivastav

महोत्तरी | देशभर संविधान दिवस मनाइरहेका बेला मधेसका जिल्लामा भने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले विरोध प्रदर्शन गरेको छ। सप्तरीसहित सिरहा, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा लोसपाले संविधानको विरोधमा प्रदर्शन गरेको हो। विरोध कार्यक्रममा सहभागी भएका लोसपा नेता दिपेन्द्र चौधरीले संविधानमा रहेका त्रुटिपूर्ण प्रावधानहरु संशोधन नगरेसम्म संविधानलाई नस्वीकार्ने तथा असोज ३ गतेलाई कालो दिनको रुपमा मनाइरहने बताए। उनले संविधान संशोधन गर्नुपर्ने, झुठा मुद्दाहरु खारेज गर्नुपर्ने, मधेसीलाई प्रताडित गर्ने काम बन्द गर्नुपर्ने लगायतका माग आफूहरुको रहेको बताउँदै यी मागहरु पूरा नभएसम्म असोज ३ लाई कालो दिनकै रुपमा प्रत्येक वर्ष मनाउँदै रहने समेत बताए।‘मधेस

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्जमा दुई पुरुषको शव फेला

 Krishna Shrivastav

वीरगन्ज | वीरगन्जमा आज दुई पुरुषको शव फेला परेको छ। वीरगन्ज महानगरपालिका-९ पानगल्लीमा राति साढे ७ सर्लाही घर भई वीरगन्जमा ठेला चलाउने ५० वर्षीय भुब्रो महतोको शव फेला परेको हो। आफूले चलाउने ठेलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। यसैगरी वीरगन्ज-३ छपकैयामा करिब ३५ वर्षीय अपरिचित पुरुषको शव फेला परेको छ। जिन्स पाइन्ट र स्पोर्टस जुत्ता लगाएको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले दुवै शवको मुचुल्का उठाएर छानबिन सुरु गरेको छ।


वीरगन्ज-रक्सौलबीचको दशगजा मितेरीपुलमा एसएसबीको चेकिङ

 Krishna Shrivastav

वीरगन्ज | नेपाल–भारत सीमानाकाको दशगजा मितेरी पुलमा भारतीय सशस्त्र सुरक्षा बलले अस्थायी सुरक्षा चौकी (टेन्ट) लगाएर चेकजाँच गर्न थालेको छ। बुधबार बिहानदेखि वीरगन्ज–रक्सौलबीचको दशगजा मितेरीपुलमै भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) ले टेन्ट लगाएर चेकजाँच गर्न थालेको हो। तेस्रो मुलुकबाट गलत प्रवृत्तिका व्यक्ति नेपाल हुँदै भित्रिँदा भारत जोखिम भएकाले चेकजाँचमा कडाइ गर्न थालिएको भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) प्रहरी निरीक्षक मनोज शर्माले जानकारी दिए। पछिल्लो समय गोप्य सूचनाका अनुसार गलत प्रवृत्तिका व्यक्ति यहीँ नाका भएर भारत प्रवेश गर्ने गरेकाले चेकजाँचमा कडाइ गर्न थालिएको उनले बताए। नेपालसँग परापूर्वकालदेखि बेटीरोटीका सम्बन्ध रहेकाले चेकजाँचले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मैले र सरावगीले गरेका कामका फाइल अख्तियारले छानबिन गरेर दाेषीलाई कारबाही गराेस् :मेयर सिंह

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले माटो पेलेर तेल ननिस्कने बताउदै नियम कानुन भित्र रहेर बैभव वीरगन्ज बनाउने अभियानमा आफू जुटेको बताएका छन् । रेडियो वीररगन्जज तथा टिभी वीरगन्जको जनता जानेके चाहता कार्यक्रममा मंगलबार अन्तर्वार्ता दिदैं मेयर सिंहले अबको ३ बर्ष ९ महिना भित्रै नमुना वीरगन्जज होईन, बैभव वीरगन्ज बन्ने दाबी गरे । उनले भने,जाे गाउँ आजसम्मपनि पसेकै छैन उसले गाउँको विकास भएन भनेर सामाजिक सञ्जाल लगायतका भित्ताहरु रंग्याउने काम गरिरहेकाे छ, म त्यस्ता व्यक्तिलाई वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ देखि ३२ सम्म गएर विकास कस्ताे हुन्छ भनेर हेर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महाराजगन्जको व्यस्त चोकमा शंकास्पद वस्तु फेला

 Krishna Shrivastav

वीरगंज । राजधानीको महाराजगन्जस्थित व्यस्त सडक चोकमा शंकास्पद वस्तु फेला परेको छ । महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको हो । बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । सवारीको चापका बीच शंकास्पद वस्तु भएतर्फको साइडको सडक खाली अहिले गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा अहिले सवारीको चाम चर्को रहेको छ । शंकास्पद वस्तु बम हो वा होइन भन्नेबारे डिस्पोजल टोलीले यकिन गरेपनि थाहा हुने उनले बताए ।


सरकारले ल्याएकाे शिक्षा विद्येयक संघियता विराेधी : जनमत पार्टी पर्सा

 Krishna Shrivastav

वीरगंज । जनमत पार्टी पर्साले नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षासम्बन्धी विधेयकविरुद्ध सुरु गरेको आन्दोलन प्रति समर्थन र ऐक्यबद्धता जनाएको छ । जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सर्राफ र जिल्ला इन्चार्ज माधव सिंहले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै देशभर जारी शिक्षकहरूको आन्दोलनमा जनमत पार्टीको समर्थन र ऐक्यबद्धता रहेकाे बताएका छन् । सरकारले ल्याएकाे शिक्षा विधेयकले शिक्षालाई निजीकरण र व्यापारीकरण गर्ने जनमत पार्टीको निष्कर्ष छ । त्यस्तै पार्टीले विधेयकलाई प्रतिगामी र शिक्षकहरूको हकहित विपरीत भएकोले पनि बताएको छ । ‘शिक्षालाई व्यापारीकरण तथा निजीकरण गर्ने उद्देश्यले नेपाल सरकारले ल्याएको शिक्षा विधेयक शिक्षकहरूको

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गणेशमान सिंहको स्मृति दिवसमा कांग्रेसद्वारा वीरगन्जमा “प्रवचन” कार्यक्रम

 Krishna Shrivastav

वीरगंज । जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको २६ औँ स्मृति दिवसमा नेपाली कांग्रेस पर्साले मंगलबार प्रवचन कार्यक्रम गरेकाे छ । वीरगन्जस्थित कांग्रेस पार्टी कार्यलयमा आयाेजित “प्रबचन” कार्यक्रममा कांग्रेस पर्साका सभापति एंव प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले नेपालकाे प्रजातान्त्रिक आन्दाेलनमा स्व. गणेशमान सिंहकाे याेगदान अतुलनीय रहेकाे बताए । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा सिंहले वीरगन्जमा समेत आएर संघर्ष गरेकाे उनले बताए । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहेकाे उनले बताए ।

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे कालिकामाई गाँउपालिका फेरि विवादमा

 Krishna Shrivastav

वीरगंज पर्साकाे कालिकामाई गाँउपालिकामा अनियमितता भएकाे भन्दै पालिका उपाध्यक्षसहित राजनीतिक दलका नेताहरुले ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । पालिका उपाध्यक्ष राजमति बरइनीकाे नेतृत्वमा कांग्रेस , एमाले, माओवादी केन्द्र, जनमत पार्टी सम्मिलित सर्वदलीय संघर्ष समितिले मंगलबार ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हाे ।संघर्ष समितिले प्रमुख प्रशासकीय अधिकृत नमाेनाथ यादवलाई ७ दिनकाे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउदै मागहरु सम्बाेधन नगरिए गाँउपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएकाे छ । ज्ञापनपत्रमा स्वास्थ्य संयाेजकका बारेमा सर्वाेच्च अदालतले गरेकाे फैसला कार्यान्वयन गर्नुपर्ने, नियम विपरीत हटाइएका कर्मचारी बहाल गर्नुपर्ने , गत जेष्ठ र असारमा नियमविपरीत भर्ति गरिएका कर्मचारीलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको मसियानिमा एक महिला मृत अवस्थामा भेटिए

 Krishna Shrivastav

वीरगन्ज । आज मंगलवार बेलुकी करिब ४ बजेको समयमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका अन्तर्गत वडा न ५ मसियानिमा एकजना महिलालाई घरमै काटेको अवस्थामा भेटिएका छन । जगरनाथपुर गाउँपालिका अन्तर्गत वडा न ५ मसियानिमा बस्ने करिब ४० वर्षीय कान्ति देबी मुखियाबिन आफ्नो घरमै मृत अवस्थामा भेटेकि छिन । घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरियाका टोलि पुगि छानबिन गरिरहेको हाम्रो सहकर्मी राजु यादवले जनाउनु भएको छ । बिस्तृत जानकारी आउन बाकि रहेको छ ।


समाचार
News

बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

News

जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा