• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारले ल्याएकाे शिक्षा विद्येयक संघियता विराेधी : जनमत पार्टी पर्सा

  • वीरगंज संजाल
  • २ आश्विन २०८०, मंगलवार १७:२९
  • १८०९

    वीरगंज । जनमत पार्टी पर्साले नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षासम्बन्धी विधेयकविरुद्ध सुरु गरेको आन्दोलन प्रति समर्थन र ऐक्यबद्धता जनाएको छ । जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सर्राफ र जिल्ला इन्चार्ज माधव सिंहले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै देशभर जारी शिक्षकहरूको आन्दोलनमा जनमत पार्टीको समर्थन र ऐक्यबद्धता रहेकाे बताएका छन् । सरकारले ल्याएकाे शिक्षा विधेयकले शिक्षालाई निजीकरण र व्यापारीकरण गर्ने जनमत पार्टीको निष्कर्ष छ । त्यस्तै पार्टीले विधेयकलाई प्रतिगामी र शिक्षकहरूको हकहित विपरीत भएकोले पनि बताएको छ ।

    ‘शिक्षालाई व्यापारीकरण तथा निजीकरण गर्ने उद्देश्यले नेपाल सरकारले ल्याएको शिक्षा विधेयक शिक्षकहरूको हक हित विरोधी रहेको छ । ५२ वर्ष अघि जारी भएको शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक भन्दा २०८० मा अहिले ल्याउन लागिएको विधेयक प्रतिगामी छ,’ विज्ञप्तिमा लेखिएको छ । विधेयकले शिक्षकहरूलाई निजामती कर्मचारीहरू सरह सेवा सुविधा दिनुपर्नेमा झन् उनीहरूको अधिकारलाई कटौती गरेको विज्ञप्तिमा भनिएको छ ।

    जनमत पार्टीले विधेयकलाई संघीयता विरोध भएको बताउँदै खारेजीको माग पनि गरेको छ । ‘संघीयतालाई कमजोर गर्ने, र प्रदेश सरकारलाई अधिकार बाट वञ्चित गर्ने गरी ल्याइएको विधेयक हामीलाई स्वीकार्य छैन । त्यस कारणले उक्त विधेयक खारेजको जोरदार मागसहित राहत शिक्षकहरूलाई व्यवस्थित र विना सर्त स्थायी गर्न माग गर्दछौँ ।’ सरकारले गत बुधवार संसदमा दर्ता गराएको ‘शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरोधमा देशभरका शिक्षक अहिले आन्दोलित छन् । सरकारले शिक्षक महासङ्घसँग छलफल समेत नगरी एकलौटी दङ्गले विद्यालय शिक्षा विधेयक अघि बढाएको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑