वीरगंज । अवैध रूपमा बालुवा उत्खनन गर्ने चारवटा ट्र्याक्टर प्रहरीले बाराबाट बुधबार साँझ नियन्त्रणमा लिएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका-१४ स्थित दुधौरा खोलाबाट ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।
खोलामा बालुवा लोड गरिरहेको अवस्थामा ना.६.त.४७६६, ना.७.त.१७२३, ना ७ त ३९१८ र ना ४ त ५७५९ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
नियन्त्रणमा लिइएको ट्र्याक्टरलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय, निजगढमा राखिएको उनले बताए।