• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

  • वीरगंज संजाल
  • २२ असार २०८२, आईतवार ०९:२४
  • ६३७

    सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि पक्राउ पुर्जी जारी गरेपछि सर्लाहीको सदरमुकाम मलंगवामा तनाव बढेको छ। पक्राउ पुर्जीको विरोधमा जसपा सर्लाहीले शनिबार मलंगवामा विशाल प्रदर्शन गरेको हो।

    जसपा सर्लाहीका जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवको नेतृत्वमा भएको प्रदर्शनले अध्यक्ष अशोक यादवमाथि लगाइएको मुद्दा खारेज गर्न माग गरेको छ।

    प्रहरीले नेता यादवलाई पक्राउ गर्न करिब एक हजार सुरक्षाकर्मी परिचालन गरे पनि शनिबार साँझसम्म उनी पक्राउ परेका छैनन्।

    विवाद गत बिहीबार राति पूर्वाधार विकास कार्यालय, मलंगवाबाट सुरु भएको थियो। रातिको समयमा चेक काटिएको विषयमा जसपा नेता यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबीच चर्को विवाद भएको थियो।

    नेता यादवले एसपी खड्कामाथि पूर्वाधार कार्यालयका प्रमुख विजय यादवसँग मिलेर कमिसन लिएको र राति सुरक्षा दिएर चेक काट्न सहयोग गरेको आरोप लगाएका थिए।

    आर्थिक वर्षको अन्त्यमा कामको चापले गर्दा राति पनि काम गर्नुपरेको कार्यालय प्रमुख यादवको भनाइ छ। तर, जसपा नेता यादवले भने दिउँसो कार्यालय बन्द गर्ने र राति कमिसन दिनेलाई मात्र चेक काट्ने गरेको दाबी गरेका छन्।

    एसपी खड्का र नेता यादवबीचको विवाद गालीगलौजमा परिणत भएपछि प्रहरी टोली यादवलाई पक्राउ गर्न उनको सलेमपुरस्थित निवासमा पुगेको थियो। प्रहरी पुगेपछि स्थानीयले विरोध गर्दै प्रहरीको गाडीमा तोडफोड गरेका थिए।

    त्यसलगत्तै, जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादवमाथि सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको र सरकारी कामकाजमा बाधा पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी जारी गराएको हो।

    यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादव विभिन्न आपराधिक गतिविधिमा पहिलेदेखि नै संलग्न रहेको दाबी गरेको छ। प्रहरीका अनुसार यादवमाथि २०५७ सालदेखि हालसम्म ज्यान मार्ने उद्योग, चोरी, अभद्र व्यवहार र दुर्व्यवहार जस्ता आधा दर्जनभन्दा बढी मुद्दाहरू चलेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑