वीरगंज। बुधबार नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक काठमाडौंमा आन्दोलनरत छन्। संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई लिएर देशभरका शिक्षक आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरु राजधानी काठमाडौंमा बुधबार माइतीघरदेखि बानेश्वरसम्म नारा जुलुससहित प्रर्दशनमा उत्रिए का थिए । पर्सा जिल्लामा अवस्थित बिद्यालय का शिक्षकहरुपनि आन्दोलित भएका छन् । आजको आन्दोलन माध्यमिक शिक्षक युनियन नेपाल (HISTUN) पर्साको सचिव सन्नी दुबेको नेतृत्वमा गरिएको थियो।
माध्यमिक शिक्षक युनियन नेपाल (HISTUN) पर्साको सचिव सन्नी दुबेले प्रस्तावित विद्यालय शिक्षा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्। जुलुसमा बोल्दै शिक्षकहरूका असन्तुष्टि र जायज मागलाई सरकार र राजनीतिक दलहरूले सकारात्मक रूपमा लिएर सम्बोधन गर्नुपर्ने बताएका हुन्। लोकतन्त्रमा राज्यले सबैको आवाज सुन्नुपर्ने उनको भनाइ छ । ‘हामी उन्नत लोकतान्त्रिक व्यवस्थामा छौँ। लोकतन्त्रमा सबैका आवाजले ठाउँ पाउनुपर्छ,’ दुबेले भने , ‘शिक्षकजस्तो समाजको बौद्धिक जगतले उठाएका मागलाई राज्यले बेवास्ता गर्न मिल्दैन र हुँदैन पनि।’
‘विधेयकका कतिपय प्रावधाहरू संशोधनको माध्यमबाट परिवर्तन गर्ने ठाउँ छ । सरकारका तर्फबाट शिक्षकका जायज माग सम्बोधन गर्न प्रयास गरियोस्,’ दुबेले भने । माग सम्बोधन नभएसम्म विद्यालयको पठनपाठन ठप्प पार्ने चेतावनी साथ महासंघको नेतृत्वमा हजारौँ शिक्षकले बुधवार माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए। दुबेले न्दोलनमा पर्सेली शिक्षकको एक्बधत्ता जानेको बताए।