वीरगन्ज । आज मंगलवार बेलुकी करिब ४ बजेको समयमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका अन्तर्गत वडा न ५ मसियानिमा एकजना महिलालाई घरमै काटेको अवस्थामा भेटिएका छन ।
जगरनाथपुर गाउँपालिका अन्तर्गत वडा न ५ मसियानिमा बस्ने करिब ४० वर्षीय कान्ति देबी मुखियाबिन आफ्नो घरमै मृत अवस्थामा भेटेकि छिन ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरियाका टोलि पुगि छानबिन गरिरहेको हाम्रो सहकर्मी राजु यादवले जनाउनु भएको छ । बिस्तृत जानकारी आउन बाकि रहेको छ ।