Krishna Shrivastav
महिलाको हत्या अभियोगमा पर्साबाट तीन जना पक्राउ
Krishna Shrivastav

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी ५६ वर्षीया कान्तिदेवी विनको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गत असोज १ गते रातको पौने १२ बजेतिर कान्तिको घरमै घाँटी रेटी रड प्रहार गरेर हत्या गरेको अवस्थामा विनको शव फेला परेको थियो। उनको हत्या अभियोगमा स्थानीय तीनजनालाई प्रहरीले पक्राउ गरेको हो। असोज २ गते जगरनाथपुर गाउँपालिका – ५ मसिहानी निवासी ५६ वर्षीय कान्तिदेवी बिनको हत्याको आरोपमा उनकै सहोदर जेठाजु द्वय ५९ वर्षीय चन्द्रिका राउत, ५७ वर्ष अमिरिका राउत बिन बिन र स्थानीय ३६ वर्षीय लालबाबु राउत बिन पक्राउ परेका हुन् ।