• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्साको पर्सागढीको बढनिहारस्थित जनता माविमा सञ्चालित इभेन्ट परियोजनामा व्यापक भ्रष्टाचार

  • वीरगंज संजाल
  • Oct 2, 2023, 3:51 pm
  • २५३

    वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहारस्थित जनता माध्यमिक विद्यालय प्राविधिक शिक्षालयमा सञ्चालित व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट परियोजना) दोस्रोमा व्यापक आर्थिक अनियमितता भएको आरोप लागेको छ । सीपयुक्त र रोजगारका लागि उपयुक्त जनशक्तिको आपूर्ति बढाउने उद्देश्यका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको इभेन्ट परियोजनामा जनता माध्यमिक प्राविधिक शिक्षालयमा व्यापक आर्थिक अनियमितता भएको आरोप लागेको हो । इभेन्ट परियोजना मार्फत जनता माध्यमिक प्राविधिक शिक्षालयले विभिन्न चरणमा झन्डै एक करोड २० लाख रुपैयाँ प्राप्त गरेको थियो । त्यो रकम मध्ये अधिकांश रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षालयका संयोजकले खर्च नै नगरी नक्कली बिल, भरपाई पेस गरेर भ्रष्टाचार र अनियमितता गरेको व्यवस्थापन समितिका सदस्य र अभिभावक शिक्षक समितिका सदस्यहरूले नै आरोप लाएका छन् । विद्यालय व्यवस्थापन समितिकी सदस्य जानकी देवीका अनुसार , इभेन्ट परियोजना – दोस्रो मार्फत विद्यालयले प्राप्त गरेको तेस्रो किस्ताको अनुदान रकममा सबैभन्दा धेरै अनियमितता भएको छ । तेस्रो किस्तामा विद्यालयले आर्थिक वर्ष २०७९/८० मा ६० लाखभन्दा बढी रकम प्राप्त गरेको थियो । विद्यालयमा चलिरहेको प्राविधिक कक्षा सञ्चालनका निमित्त आवश्यक पर्ने मेसिनरी तथा उपकरण खरिद, आवश्यक पूर्वाधार निर्माण, शैक्षिक भ्रमणलगायतका लागि रकम प्राप्त गरेपनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीले अनावश्यक खर्च गर्दै रकम सकाएको जानकी देवीको आरोप छ ।

    समितिका अध्यक्ष रामायण चौधरीले विद्यालयका प्रधानाध्यापक मोहन चौधरी र शिक्षालयका संयोजक ताकेश्वर यादवसँग मिलेर रकम खर्च नै नगरी बिल भरपाई मात्र पेस गरेको जानकी देवीले बताइन् । समितिको बैठक समेत नगरी एकलौटी निर्णय गर्दै रकमहरू खर्च भएको उनको कथन छ । ‘हामीसँग समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकले कुनै सरसल्लाह गरेका छैनन् । आफै जहाँ मन लाग्यो त्यहाँ पैसा खर्च गरेका छन् । थोरैको काम गराएर बढीको भुक्तानी देखाएका छन्,’ जानकी देवीले भनिन्, ‘भएको काम पनि गुणस्तरहीन छ ।’शिक्षालयमा पढाउने ६ जना शिक्षकका लागि पोशाक खरिदमा समितिले झन्डै तिन लाख रुपैयाँ खर्च गरेको उनले बताइन । ‘हामीलाई बैठकमा बोलाउँदैनन् । घरमा माइन्यूट ल्याएर हस्ताक्षर गर्न लगाउँछन् । शिक्षकको पोसाक खरिदमा त्यत्रो रकम खर्च कसरी भयो भनेर प्रश्न गर्दा उनीहरूले गोलमटोल जवाफ फर्काउने गरेका छन्,’ जानकी देवीले भनिन् । माइन्यूटमा हस्ताक्षर गर्न नमानेको खण्डमा समितिका अध्यक्ष रामायण चौधरी र विद्यालयका प्रधानाध्यापक मनोज चौधरीले पैसाको प्रलोभन समेत दिने गरेको उनले बताइन् । त्यस्तै विद्यार्थीहरूलाई लागिएको शैक्षिक भ्रमणमा कम खर्च भएपनि बढी देखाइएको उनले बताइन् । ‘शैक्षिक भ्रमणको नाममा एक दिनको लागि पोखरा लगेर साढे ७ लाख रुपैयाँ खर्च देखाएका छन्,’ उनले भनिन्, ‘त्यो शैक्षिक भ्रमण पनि थिएन । एक छिनको लागि फेवा ताल घुमाएर फोटो खिचेर मात्रै फर्काए । २०–२२ जनालाई एक दिन पोखरा घुमाउन साढे ७ लाख रुपैयाँ खर्च भएको देखाएका छन् । म स्वयम् त्यो भ्रमणमा थिएँ, त्यस्तो खर्च भएको कहीँ पनि देखिन ।’

    यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीले भने इभेन्ट परियोजनामा कुनै अनियमितता नभएको दाबी गरे । उनले आफूसँग सबै खर्चको बिल भरपाई रहेको दाबी गर्दै भने, ‘सबै काम भएको छ । कहीँ पनि गल्ती छैन । जहाँ जति खर्च लागेको छ त्यति मात्र देखाइएको छ । बढी देखाउने काम भएको छैन ।’ अनियमितता गरेको प्रमाणित गरे आफूले जस्तो सुकै सजाय भोग्न तयार रहेको उनले बताए । यद्यपि रामायण चौधरीको दाबीलाई समर्थन गर्ने आधारहरू देखिँदैनन् । ६ जना शिक्षकको पोशाक खरिदका लागि ३ लाख रुपैयाँ खर्चको औचित्य पुष्टि गर्न नसकिने अभिभावक वीरेन्द्र चौधरीले बताए । ‘कुन ब्रान्डको कपडा खरिद गरेका होलान् ? नेपाल सरकारले बनाएको मापदण्ड बाहिर गएर पक्कै पनि खरिद गर्न मिल्दैन, तर त्यहाँ एउटा शिक्षकको लागि पोसाक खरिद गर्न झन्डै ५० हजार रुपैयाँ खर्च गरेको देखियो । यसको औचित्य पुष्टि कसरी गर्ने ?,’ वीरेन्द्र चौधरीले प्रश्न गरे । अभिभावक शिक्षक समितिका अध्यक्ष नन्दलाल चौधरीले पनि इभेन्ट परियोजनाअन्तर्गत भएका कामहरूपनि गुणस्तरहीन रहेको बताए । उनले पनि कम खर्च भएको कामको बढी देखाएर भुक्तानी गरिएको बताए ।

    चौधरीले एक वर्षदेखि विद्यालयमा अभिभावक शिक्षक समितिको बैठक समेत नबसेको बताए । व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पटक–पटक आग्रह गर्दा पनि उनीहरूले बैठक नबोलाएको उनको गुनासो छ । ‘विद्यालयमा कस्तो परियोजनाहरू सञ्चालन हुँदै छन् ?, के कति खर्च भयो ?, कस्तो काम भयो ? हामीले सबै जाने अधिकार छ,’ उनले भने, ‘यसका लागि बैठक बोलाउन आग्रह गर्दा अध्यक्ष र प्रधानाध्यापके आलटाल गर्छन् । म अभिभावक समितिको अध्यक्ष बनेदेखि एउटा बैठक पनि बसेको छैन ।’ पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले जनता माध्यमिक विद्यालयमा सञ्चालित इभेन्ट परियोजना बारे आफूलाई कुनै जानकारी नभएको बताए । रियोजनाले नगरपालिकासँग कुनै समन्वय नै नगरी सोझै विद्यालयमा पैसा पठाएकोले आफूलाई यस विषयमा कुनै जानकारी नभएको उनको भनाई छ । यद्यपि स्थानीयहरूले गरेको गुनासोको आधारमा अध्ययन गर्नका आफूले विद्यालयबाट फाइलहरू मगाएको उनले बताए । अहिले अध्ययन गर्ने क्रममै रहेकोले केही भन्न नसकिने उनलले बताए । इभेन्ट परियोजनाका सूचना अधिकारी शिवराज पोखरेलले जनता माध्यमिक विद्यालयमा अनियमितता भएको विषयमा आफूहरू कहाँ गुनासो नआएको बताए । गुनासो नै नआएपछि कारबाही गर्न नसकिने उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑