• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजमा प्रहरी अकर्मण्यता बढ्दो : २ सातामै ५ अपराध !

  • वीरगंज संजाल
  • Oct 2, 2023, 4:16 pm
  • ३६९

    वीरगंज । बीरगन्जमा पछिल्लो समय अपराधिक गतिविधि बढ्दै गइरहेका छन् । सीमाक्षेत्रबाट हुने अवैध व्यापार, लागुऔषध तस्करी, चोरी, हत्या जस्ता जघन्य प्रकृतिका अपराध बढ्दै गइरहेको घटनाक्रमले देखाइरहेको छ । गाउँदेखि सहरसम्म छ्यापछ्याप्ती कैयौं उदाहरण छन् । यो महिनाको १४ दिनको मात्रै विवरण हेर्ने हो भने ३ दिन विराएर एउटा घटना भइरहेको देखिन्छ । चाँडपर्वको मुखमा बीरगन्ज अक्रान्त हुँदा पनि प्रहरी प्रशासन भने सामान्य ‘ड्यूटी’ गरिरहेको झै प्रस्तुत भइरहेको जनगुनासो छ । किनकी, पछिल्लो १४ दिनमा मात्रै पर्सा जिल्लामा आधा दर्जन आपराधिक गतिविधि भएका छन् ।

    पहिला केही उदाहरण हेरौं ।

    अपराध–१ (चोरी)

    बीरगन्जको घण्टाघरबाटै महानगरपालिकाले सौन्दर्यका लागि लगाएको बत्ती चोरी भयो । सौन्दर्यकरणका लागि बत्ती नै गायब भएपछि त्यसको कम्पन महनगरसम्ममै पुग्यो । जसको आवेगमा मेयर राजेशमान सिंहले सामाजिक सञ्जालमा कडा प्रतिक्रिया नै जनाए । यो घटना हो, शनिबारको । बत्ती चोरी जुनसुकै उमेरकाले गरेपनि यहाँ प्रश्न उठ्छ–घण्टाघरको अगाडि नै ड्यूटी गर्ने प्रहरी कहाँ ड्यूटी गर्दै थियो ? अथवा के काममा व्यस्त थियो ? यी यावत प्रश्नले प्रहरीको काम कतव्र्यमाथि चुनौती थपिदिएको छ ।

    अपराध–२ (बाल कैदी फरार )

    पर्सा प्रहरीकै सुरक्षाबीचबाट कम उमेर अर्थात् बाल कैदीबन्दी फरार भएका छन् । बाल सुधार गृहबाट शुक्रबार विहान छतबाट हाम फालेर बाल कैदीबन्दीहरु फरार भए । त्यो पनि कहाँबाट भने जहाँ ९ जना प्रहरीको ड्यूटी थियो । उनीहरुका सुरक्षाका लागि पर्सा प्रहरीबाट असईको कमाण्डमा ९ जना प्रहरीलाई खटाएको थियो । तर ती प्रहरीहरुको लापरबाहीको आंकलन गर्दै बाल कैदीबन्दीहरु छतबाट हाम फालेर खाली खुट्टा भागेर भारततर्फ पुगे । सामान्यतः वारिपारि गर्ने व्यक्तिलाई सोधखोज गर्ने प्रहरीको ती बाल कैदीबन्दीहरु बिना चप्पल भाग्दा शंकास्पद गतिविधिले भागिरहँदा कसरी ध्यान गएन ? यहाँ प्रहरीको लापरबाही पराकाष्ठा भएको सुरक्षाविद्हरुको तर्क छ । यतिमात्र होइन जघन्य अपराधका घटना पनि उत्तिकै भइरहेका छन् । पछिल्लो समय त बेवारिसे लास र हत्याका घटना हठात्ले नभइ योजनाबद्ध नै भइरहेको आम नागरिकमा शंका उब्जिएको छ । एक सातामै ४ वटासम्म लास फेला पर्नुले झन् प्रहरी गतिविधिको मात्रै उजागर गरिरहेको छैन, के गर्दैछ पर्सा प्रहरी गम्भीर सवाल पनि खडा भइरहेको छ ।
    हत्याका घटनाबारे बुझौं

    अपराध–३ (हत्या)

    २ असोजमा पर्साको जगरनाथपुर गाउँपालिको मसिहानीमा एक जना महिलाको घाँटी रेटी हत्या भयो । घरमा सुतिरहेको अवस्थामा आफन्तबाट हत्या भयो । धारिलो हतियारको प्रयोगले महिलाको हत्या भएको प्रहरीले सञ्चारमाध्यमलाई जनायो । तर यो हत्यामा अहिलेसम्म न त हत्यारालाई प्रहरीले सार्वजनिक गर्न सकिरहेको छ न त ती धारिलो हतियार नै फेला पार्न सकिरहेको छ । प्रहरीलाई यो घटनामा पक्राउ परेका एकजना आफन्तले सघाउ पुग्ने बयान दिएपनि त्यसको बेवास्ता गरी प्रहरी नै यो घटनालाई सामसुम पार्न लागेको गाउँलेको आरोप छ । यो घटनामा पनि प्रहरीको लापरबाहीका कारण पीडित परिवारलाई अन्याय भइरहेको उनीहरुको आरोप छ ।

    अपराध–४ (प्रहरी लापरबाहीले मृत्यु)

    बीरगन्ज छपकैयाबाट २ असोजमै एक युवकको बेवारिसे अवस्थाामा शव फेला प¥यो । सोधखोज गर्दै जाँदा त्यो युवकको मृत्यु प्रहरी लापरबाहीले नै भएको घटनाक्रमले देखायो । किनकी, ती व्यक्तिको मृत्यु हुनु भन्दा पहिला छपकैयाँ प्रहरी बिटमा आफ्नै साथीसंग परेको विवादबारे छलफल भएको थियो जुन बेला उनी लागुऔषधको सेवनले मातिएका थिए । अचेत अवस्थामा रहेका ती मृतकलाई छपकैया प्रहरीले आफ्नो हिरासतमा मात्रै राखिदिएको भए उसको ज्यान जाँदैन्थ्यो । तर यहाँ प्रहरीको गम्भीर लापरबाहीले ती व्यक्तिको अकालमै मृत्यु भयो ।

    अपराध–५ (महिलाको बेवारिसे बरामद शव हत्या या आत्महत्या )

    यही ११ असोजमा पर्सा विन्दवासिनी खोलाबाट अन्दाजी ४० वर्षीय महिलाको शव फेला प¥यो । गाउँपालिकाको वडा नम्बर २ को ढोङगही खोलाबाट ती महिलाको शव बरामद भएको प्रहरीले निकालेको सूचनामा भनिएको छ, जुन महिलाको अहिलेसम्म सनाखत हुन सकेको छैन । अब यहाँ प्रहरीमाथि प्रश्न उठ्छ– कसरी त्यो लास खोलको छेउमा पुग्यो ? यदि ती महिला आफैले आत्महत्या गरेकी हुन भने त्यही छिमेकमै रहेको प्रहरीले किन जानकारी पाएन ? यी प्रश्नले फेला परेको महिलाको बेवारिसे शव आत्महत्या कि हत्या भनेर प्रश्न उब्जिएको छ । तर यो सब सवालको जवाफमा प्रहरीले आफ्नो निष्क्रियता नरहेको जनाएको छ । प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बढिरहेको घटनालाई नै मध्यनजर गरेर सुरक्षा योजना बनाउँन लागिएको जनाए । उनका अनुसार अहिले प्रहरी सक्रियता बढाइएको छ । तर त्यो भनेको अर्थ पहिला प्रहरी निष्क्रिय थियो भन्ने होइन,’ उनले भने । यो सामाचार रेसखबरबाट साभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑