• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भोलि नेपालसँग भिड्न लागेको भारतीय क्रिकेट टिम कस्तो हो ?

  • वीरगंज संजाल
  • Oct 2, 2023, 4:39 pm
  • ५४१

    चीनमा जारी एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटको क्वार्टरफाइनलमा भोलि मंगलबार नेपाल र भारतबीच खेल हुँदैछ। नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए। आज ड्रमार्फत् अन्तिम आठमा भिड्ने टिमको टुंगो लाग्दा नेपालको भेट भारतसँग हुने पक्का भएको हो। नेपालले भोलि प्रतिस्पर्धा गर्न लागेको भारतको टिम सिनियर क्रिकेट टिम भने होइन। तर भारतको एसियाली खेलकुदको क्रिकेट टिममा आइपिएल स्टारको जमघट छ। अधिकांश खेलाडीले भारतीय टिमबाट डेब्यू गरिसकेका छन्। युवा खेलाडीले भरिपूर्ण भारतीय क्रिकेट टिमविरूद्धको खेल नेपाली राष्ट्रिय टिमका लागि चुनौतीपूर्ण हुनेछ।

    रुतुराज गायकवाड एसियाली खेलकुदमा भारतीय टिमको कप्तान छन्। गायकवाड आइपिएल टिम चेन्नई सुपरकिंग्समा उत्कृष्ट प्रदर्शन गरेसँगै भारतको राष्ट्रिय टिममा परेका थिए। उनले भारतको राष्ट्रिय टिमबाट चार एकदिवसीय खेल र ११ टी–२० खेल खेलिसकेका छन्। गत वर्ष दक्षिण अफ्रिकाविरूद्धको खेलबाट एकदिवसीय खेलमा डेब्यू गरेका उनले दुई वर्षअघि श्रीलंकासँग खेलेर टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए। यस्तै, टिममा रहेका अर्का ब्याट्सम्यान यशस्वी जैसवालले दुई महिनाअघि वेस्ट इन्डिजविरूद्ध भारतीय टिमबाट टेस्टमा डेब्यू गरेका थिए। आइपिएलमा राजस्थान रोयल्सबाट खेल्ने उनले भारतीय टिमबाट ५ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

    आइपिएल २०२३ मा चेन्नई सुपर किंग्सको मिडल अर्डर ब्याटिङको मेरूदण्ड बनेका शिवम दुबे पनि भारतीय टिममा छन्। आइपिएल २०२३ मा उत्कृष्ट प्रदर्शन गरेपछि रिंकु सिंहले आयरल्यान्डविरूद्ध राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उनलाई एसियाली खेलकुदका लागि पनि भारतीय टिममा स्थान दिइएको छ। आइपिएलको राम्रो प्रदर्शनका कारण विकेटकिपर ब्याट्सम्यान जितेश शर्मा र प्रभसिमरन सिंह टिममा छन्। राष्ट्रिय टिमबाट ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका तीव्र बलर अर्शदिप सिंह र १५ खेल खेलेका अर्का तीव्र गतिका आवेश खान पनि टिममा छन्। अर्का बलर रवि बिश्नोईले पनि भारतीय टिमबाट १३ टी–२० र एकदिवसीय खेल खेलिसकेका छन्। अलराउन्डर वासिङ्टन सुन्दरले भारतका लागि तीनै फर्म्याटको खेल खेलिसकेका छन्। अर्का अलराउन्डर तिलक बर्माले यसै वर्ष भारतको टी–२० र एकदिवसीय खेलमा डेब्यू गरेका थिए।

    एसियाली खेलकुदका लागि भारतीय टोलीः

    रुतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकीपर), वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे र प्रभसिमरन सिंह (विकेटकिपर)।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑