वीरगंज । भारतबाट तस्करी गरी ल्याइएकाे २३ क्वीन्टल केराउ वीरगन्जबाट प्रहरीले बरामद गरेकाे छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रेल्वेराेडमा अजय साहले सञ्चालन गरेकाे जय माँ गल्ला किराना स्टाेर्समा प्रहरीले छापा मारेर २३ क्वीन्टल २५ केजी केराउ बरामद गरेकाे हाे । गाेदाममा अनाधिकृत रुपमा भण्डारण गरेर राखिएको ९३ बाेरा केराउ बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
बरामद केराउकाे बजार मुल्य २ लाख ७९ हजार रुपैयाँ रहृकाे उनले बताए ।बरामद केराउ थप अनुसन्धानका तथा कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।