Krishna Shrivastav
पर्सा प्रहरीद्वारा बिलविजकभन्दा बढीको प्याजसहित पिकअप नियन्त्रणमा
Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको मालबाहक पिकअपबाट प्रहरीले ठूलो मात्रामा प्याज बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित चौकबाट प्रहरीले चेकजाँचको क्रममा ना.४च ८७१३ नम्बरको मालबाहक पिकअपबाट बिलविजकभन्दा बढीको प्याज बरामद गरेको हो । अनुमानित १ लाख ४७ हजार ७५० रुपैयाँ बराबरको प्याजसहित पिकअप प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । थापाकाअनुसार नियन्त्रीत पिकअपलाई बरामद प्याजसहित आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।
बागमतीमा करेन्ट लगाएर जलचर मार्दा मौन वन र प्रहरी
Krishna Shrivastav

वीरगंज | रौतहट र सर्लाही जिल्लाको बीचबाट बग्ने बागमतीमा दैनिकजसो करेन्टबाट माछा मार्नेहरूको भिड नै लाग्ने गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका- १ बागमती खोलामा करेन्टको प्रयोग गरी माछा मार्नेहरूको भिड बिहानैदेखि लाग्ने गरेको छ। खोलामा बिहानैदेखि पिठ्युँमा ब्याट्री र तार बोक्ने र अन्य दुई–चारजना सँगै जाल थाप्नेको हुल खोलाभरि नै देखिने गरेको प्रत्यक्षदर्शी बताए। करेन्ट लगाएर माछा मार्दा अन्य जीवहरूको पनि मृत्यु हुने हुँदा यसलाई गैरकानुनी कार्य मानिन्छ। तर, बागमतीमा बिहानैदेखि करेन्टद्वारा माछा मार्नेहरूको भिड हुँदासमेत स्थानीय प्रशासनले बेवास्ता गर्दै आएको छ। यसरी करेन्टको प्रयोगले नदीका जीवलाई खतरामा पार्ने स्थानीय