वीरगञ्ज । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको मालबाहक पिकअपबाट प्रहरीले ठूलो मात्रामा प्याज बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित चौकबाट प्रहरीले चेकजाँचको क्रममा ना.४च ८७१३ नम्बरको मालबाहक पिकअपबाट बिलविजकभन्दा बढीको प्याज बरामद गरेको हो ।
अनुमानित १ लाख ४७ हजार ७५० रुपैयाँ बराबरको प्याजसहित पिकअप प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । थापाकाअनुसार नियन्त्रीत पिकअपलाई बरामद प्याजसहित आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।