• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    न्याय माग्दा २८ दिन थुना

  • वीरगंज संजाल
  • २१ मंसिर २०७६, शनिबार ०९:२५
  • ३७२१

    वीरगन्ज : घरमै पसेर कुटपिट गर्नेहरूलाई कारबाहीको माग गर्दै प्रहरीसँग न्याय माग्न गएकी एक महिलालाई प्रहरीले उल्टै २८ दिन प्रहरी थुनामा राखेको घटना सार्वजनिक भएको छ।

    बाराको जितपुर सिमरा ७ नसीम टोलकी ३० वर्षीया रिजवाना खातुन घरमा पसेर कुटपिट गर्नेहरूविरुद्ध जाहेरी दिन गत असोज ८ गते इलाका प्रहरी कार्यालय सिमरामा पुगेकी थिइन्। तर प्रहरीले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी मुद्दा दर्ता भएको भन्दै नियन्त्रणमा लिएपछि खातुन २८ दिनसम्म प्रहरी थुनामा बस्न बाध्य भएकी हुन्। अदालत पर्साले खातुनविरुद्ध परेको ठगी मुद्दामा आवश्यक प्रमाण नदेखिएको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी ५ लाख रुपैयाँ बुझाएर कात्तिक ६ मा रिहा भएकी हुन्।

    २८ दिन थुनामा रहँदा प्रहरीले आफूलाई मानसिक एवं शारीरिक यातनासमेत दिएको पीडित उनले बताइन्। शुक्रबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर उनले भनिन्, ‘न्याय माग्न प्रहरीलाई गुहार्न गए तर उल्टै प्रहरीले मलाई हुँदै नभएको झुठा ठगी मुद्दामा फसाएर २८ दिन थुनामा राख्यो, थुनामा रहँदा प्रहरीले मलाई यातना पनि दिए।’ नसीम टोलमा रहेको खातुनको दुई धुर घडेरी मिचेर घर बनाएका छिमेकी जाकिर हुसेन अन्सारी र खातुनबीच चार वर्षदेखि जग्गाको विवाद चल्दै आएको छ।

    त्यही विषयलाई लिएर जाकिर र उनका आफन्त अहमद देवान लगायतले गत भदौ ४ मा खातुनको घरमा पसेर खातुन, उनकी बहिनी मुन्नी, भाइ मुमताज अन्सारीलाई लछार पछार र कुटपिट गर्दै घाइते बनाएका थिए।

    घाइते मुन्नीको उपचार गरिए पनि उनी अझै बिरामी छन्। ‘भदौ ३ गते जाकिर अचानक मेरो घरमा आएर ५० हजार सापटी मागे, मैले दिइनँ, उनले सञ्चारकर्मीलाई भनिन्, ‘पैसा सापटी माग्ने देखावटी निहुँ मात्र थियो, उनीहरूको रिस जग्गाको नै हो, त्यही कारण ४ गते घरमा पसेर हामी दिदीबहिनीलाई निर्घात कुटपिट गरे।’

    घटनापछि आफूहरू उपचारमा लागेकाले तत्कालै प्रहरीमा जान नभ्याएको उनको भनाइ छ। असोज ८ गते जाकिर र उनका आफन्त अमहद सहितका १० जनाविरुद्ध जाहेरी दिन इलाका प्रहरी कार्यालय सिमरामा निवेदन लिएर गएको उनले बताइन्। ‘सिमराका डिएसपी गोविन्द पुरीले मिलापत्र गर्न दबाब दिए तर मैले मानिनँ’, खातुनले भनिन्, ‘त्यसपछि डिएसपीले तिमीविरुद्ध पर्सा प्रहरीमा ठगीको मुद्दा परेको छ भनेर उल्टै मैलाई पक्रेर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइदिए।’

    जाकिरले नातामा माइजु पर्ने वीरगन्ज महानगरस्थित बेल्वा घर भएकी गुल्बानी खातुनबाट पर्सा प्रहरीमा आफूविरुद्ध ठगीको झुठो मुद्दा हाल्न लगाएका थिए। ‘बलात्कारको आरोपमा पर्सा प्रहरीको थुनामा रहेको गुल्बानीको छोरा छुटाइदिन भन्दै मैले गुल्बानीसँग ४ लाख ८० हजार रुपैयाँ लिएको भन्ने आरोप उनीहरूको छ’, खातुनले भनिन्, ‘यो सरासर झुठो आरोप हो, मैले गुल्बानी भन्नेलाई चिनेकै छैन। अदालतले पनि मविरुद्ध स्पष्ट प्रमाण फेला नपरेपछि तारिखमा रिहा गर्न आदेश दिएको हो।’

    घडेरी मिचेर घर बनाएका जाकिर र अहमद धनीमानी रहेकाले आर्थिक प्रलोभनमा परेर प्रहरीले आफूलाई झुठो मुद्दामा फसाएर २८ दिन थुनामा राखेको आरोप खातुनको छ। उनले अदालतको आदेशमा रिहा भएपछि कुटपिट गर्ने जाकिर, अहमद, प्रवेज देवानसहित १० जनाविरुद्ध कारबाहीका लागि जाहेरी दिन निवेदन लिएर जाँदा पनि प्रहरीले निवेदन फ्याँकिदिएको गुनासो उनको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा फाँटका प्रहरी निरीक्षक असरफ अली अन्सारीले भने प्रहरी थुनामा रहेका एक अभियुक्तलाई छुटाइदिने प्रलोभन दिएर अभियुक्तकी आमासँग ४ लाख ८० हजार रुपैयाँ लिएको आरोपमा खातुनलाई पक्राउ गरिएको बताए। उनले भने, ‘खातुन एकदमै फ्रड महिला हुन्, अरू केही होइन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑