वीरगंज । गृहमन्त्रालयले छ जना प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ । गृहले मंगलबार सूचना जारी गर्दै छ जना सिडिओको सरूवा गरेको जानकारी दिएको हो ।
नारायण प्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, जितेन्द्र बस्नेत, हुमकला पाण्डे, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्काको सरुवा भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत भट्टराईको जिप्रका चितवनमा, जिप्रका भक्तपुरमा कार्यरत भट्टको मकवानपुर, जिप्रका चितवनका कार्यरत बस्नेतलाई जिप्रका पर्सा सरूवा गरिएको छ । पाण्डेलाई जिप्रका भक्तपुर, जिप्रका लमजुङमा कार्यारत डिजन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थान र अध्यागमन कार्यालय त्रिअविका खड्काको जिप्रका लमजुङ सरूवा भएको छ ।