बारा | दिपक चौरसिया । बलीको लागि गढीमाई मेला विश्व प्रसिद्ध रहेको छ । यो मेला मंसिर एक गते देखि नै सुरु भएको छ । गढीमाई मेलामा श्रद्धालु भक्तजनहरुको उत्साहजनक सहभागीता रहेको छ । मेला व्यवस्थापन समिति सञ्चारकर्मीहरुको लागि समाचार संकलनमा कुनै किसिम के बाधा अवरोध नहोस भन्ने उदेश्यले प्रेस लेखिएको ज्याकेट आ प्रेस पासको व्यवस्था गरेको छ ।
मेला मुल व्यवस्थापन समिति मेलामा सञ्चारकर्मीहरुको सहजीकरण गर्ने जिम्मेवारी नेपाल पत्रकार महासंघ बारालाई नदिईएको कारण पत्रकार हरुलाइ सास्ती भएको छ । मेला व्यवस्थापन समितिले सञ्चारकर्मीहरुको लागि उपलब्ध गराएको सेवा सुविधा आफना आसेपासे नजदिकका पत्रकारहरुलाई मात्र दिएको समाचार स्रोतको दाबी रहेको छ । मेलामा समाचार संकलन गर्न आएका “अनलाईन मिडियाका पत्रकाहरुको लागि प्रेस पास वा ज्याकेटको सुविधा छैन” भन्दै पत्रकार यादवले सोमवार अनलाईन मिडियाका पत्रकारहरु पत्रकार नै होईनन जस्ता अभिव्यक्ति दिंदा अनलाईन मिडियाका पत्रकारहरु आक्रोशित भएका थिए ।
बरियारपुर स्कूलमा सञ्चारकर्मीहरुको लागि एउटा छुटै कोठा भए पनि त्यसमा सञ्चारकर्मीहरुको लागि ईन्टरनेट लगायतका सुविधाहरु जडान गर्न जिम्मेवारी पाएका पत्रकाले ईन्टरनेट समेत जडान नगरेको पाईएको छ । सोमवार बेलुकासम्म पनि ईन्टरनेटको सुविधा नहुँदा समाचार संकलन गरेका पत्रकारहरुले आफु कार्यरत्त संचार माध्यममा समाचार, अडियो, भिडियो, लाईभ जस्ता सामग्रीहरु पठाउन नपाउदा पत्रकारहरु आक्रोशित भएका थिए । यस विषयमा मेलामा सञ्चारकर्मीहरुको व्यवस्थापनको जिम्मेवारी पाएका पत्रकार मुकेश यादव सँग बुझदा छापा, टेलिभिजन र रेडियोका एउटा पत्रकारको लागि एउटा ज्याकेट र एउटा मात्र प्रेस पासको व्यवस्था रहेको बताउदै अनलाईन मिडियाको लागि कुनै सुविधा नरहेको जवाफ दिए ।