• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पूर्वी नेपालमा केसर खेतीको परीक्षण

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७६, बिहीबार १५:३३
  • ६८६५

    झापा | झापा र इलामका उत्साही युवा उद्यमीहरुद्वारा इलामको सन्दकपुर–५ जौबारीमा गरिएको केसर खेतीको परीक्षण सफल भएको छ । अम्लिसो, अदुवा, ओलन, अकबरे लगायतका कृषि बालीमा प्रसिद्ध इलाम अब केसर खेतीका कारणसमेत चिनिने भएको छ ।

    जौबारी मल्टिपरपोज एग्रीकल्चर एन्ड इन्भाइरोेमेन्ट सेन्टर प्रालि स्थापना गरी जौबारीको एक हजार ३०० वर्गमिटर क्षेत्रफलमा केसर खेती गरिएको छ । औषधि र खानेकुरामा प्रयोग हुने केसर सुगन्धित हुन्छ । यसको बजार मूल्य प्रति किलो रु १० लाखसम्म हुने प्रालिका अध्यक्ष वीरबहादुर कटुवाल बताउँछन् ।

    भारतको कस्मिरबाट बीउ गाना ल्याएर गत असोजमा रोपिएको केसरका बोटहरु यतिबेला फुल्न थालिसकेका छन् ।  खेतभरि ढकमक्क केसरको फूलको पराग टिपेर त्यसबाट केसर उत्पादन हुने गरेको छ । केसरको पराग टिप्ने कार्य शुरु भइसकेको कटुवालले जानकारी दिए । एकदेखि डेढलाख फुलको पराग सङ्कलन गर्दा एक किलो केसर उत्पादन हुने विज्ञको भनाइ छ ।

    पूर्वी नेपालमा केसर खेती फस्टाउँछ कि फस्टाउँदैन भनी गत वर्षदेखि इलाममा यसको परीक्षण भइरहेको छ । गत वर्ष इलामकै माइ जोगमाई–६ थुम्के भन्ने स्थानमा करीब एक हजार ५०० वर्गमिटरमा यसको परीक्षण खेती गरिएको थियो । यस वर्ष खेती विस्तार गरिएको छ ।

    केसर औषधीय गुण भएको सुगन्धित वनस्पति हो । अल्जाइमर्स र डिप्रेसनका बिरामीलाई १२ औँ शताब्दीतिर यसबाट बनेको औषधि खुवाइने गरिएको अध्ययनबाट पत्ता लागेको केसर खेतीमा लाग्नुभएको झापाको मेचीनगर–६ का शङ्कर भट्टराई बताउँछन् ।

    भट्टराईका अनुसार हिउँ र तुषारो पर्ने चिसो भूभागमा मात्र यसको खेती हुन्छ । समुन्द्र सतहबाट २००० मिटरको उचाइमा यसको खेती हुन्छ । राति १० डिग्री सेल्सियसभन्दा कम र दिउँसो १० देखि २० डिग्री सेल्सियस तापक्रम भएको चिसो भूभागमा यसको खेती मौलाउने उनले जानकारी दिए ।

    केसर खेती रहेको ठाउँ प्रसिद्ध सन्दकपुर पर्यटकीय क्षेत्र नजिक रहेको छ । यसबाट सन्दकपुर र केसर खेतीको पर्यटनसँगसँगै अघि बढाउन सकिने सम्भावना देखिएको खेतीमा लाग्नुभएका युवा उद्यमीहरुको भनाइ छ । केसर खेती भएको स्थानलाई पर्यटकीय गन्तव्य बनाउन ‘टुलिप गार्डेन’ को योजनासमेत अघि सारिएको छ । टुलिप एकप्रकारको मनमोहक फूल हो, जसको एक थुँगाको मूल्य नै रु ५०० भन्दा बढी पर्छ ।

    ‘केसर खेती रहेकै स्थानमा ससाना कटेजहरु निर्माण गरी पर्यटकलाई बास बसाउने र त्यहाँको जैविक उत्पादनको स्वाद चखाएर प्राकृतिक सौन्दर्यको आनन्द लिन आकर्षित गर्ने हाम्रो सोच छ’, झापा ट्राभल्स सङ्घका पूर्वअध्यक्षसमेत भइसकेका पर्यटन व्यवसायी शङ्कर भट्टराई भन्छन्, ‘नेपालमा नौलो भएको हुँदा केसर खेती आफैंमा अध्ययन र भ्रमणका लागि गन्तव्य हो ।’

    नेपालमा विसं २०१९ मा पहिलो टिस्टुङमा केसरको खेती परीक्षणका रुपमा गरिएको इतिहास छ । जुम्ला (२०४० साल), डोल्पा (२०४६ साल) र ललितपुरको गोदावरी (२०४७ साल)मा समेत यसको परीक्षण खेती गरिएको थियो । तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन । नेपालमा वार्षिक कूल सात किलोसम्म केसर उत्पादन हुने गरेको अनुमान छ ।

    केसर खेतीसँगै पाँच अम्ले, गुजरगाइनो, बिख्मा, सतुवा, पाखनबेद जस्ता दुर्लभ जडीबुडीको समेत खेती गर्ने युवा उद्यमीहरुको लक्ष्य रहेको छ । उन्नत प्रजातिको बाख्रा, भेडा र च्याङ्ग्रापालन गर्ने तथा रेडपाण्डा जस्ता दुर्लभ प्रजातिको वन्यजन्तुको संरक्षण गर्ने वृहत परियोजनाका साथ कम्पनी स्थापना गरिएको अध्यक्ष वीरबहादुर कटुवाल बताउँछन्   ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
  • श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
  • रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
  • मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    News

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    News

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    News

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑