
वीरगंज | बीपी राजमार्गको दुई स्थानमा रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको छ ।
काभ्रेका डीएस्पी रविन विष्टका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा र रोशी ७ को घुमाउनेमा बाढीले अस्थायी डाइभर्सन बगाएको हो ।
यसअघिको बाढीले सडक बगाएपछि उक्त स्थानमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको थियो ।
त्यस्तै बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेको छ ।