• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बीरगंज म्याराथनमा आर्मीको बर्चस्व, विजेताले पाए नगदसहित मोटरसाइकल पुरस्कार

  • वीरगंज संजाल
  • Mar 1, 2020, 12:01 am
  • ७७८७

    बीरगन्ज | बीरगन्ज म्याराथान प्रतियोगिताको उपािध त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् । त्यसैगरी द्धितीय र तृतीय उपाधी पनि त्रिभुवन आर्मी क्लबले हासिल गरेको छ । द्धितीय हुनेमा क्लबका राजन रोकाया र तृतीय हरि कुमार रिमाल भएका हुन् । तीनै जना क्रमशः सेनाका अमलदार, सुवेदार र सिपाही हुन् । तीनै जना विजेताहरुले क्रमशः नगद १ लाख २५ हजार, १ लाख ५० हजार र १ लाख रुपंैया नगद पुरस्कार पाएका छन् । साथै, प्रथम हुने भाट्ले नगद पुरस्कारको साथमा टिभिएस कम्पनीको अपाची मोटरसाईकल समेत हात पारेका छन् ।

    ४२ किलोमिटरको दौड बाराको पिलुवास्थित नेपाली सेनाको बाहिनीबाट बिहान शुरु भएको थियो । पिलुवाबाट शुरु भएको दौड बाराकै कलैया, गढीमाई मन्दिर हुँदै पुनः कलैयाबाट वीरगन्जको चण्डी प्रसाद गण सेनाको व्यारेकमा आई समापन भएको थियो ।४२ किलोमिटरको दौडका विजेताहरुलाई प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी र नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापाले पुरस्कार प्रदान गरी सम्मान गरेका थिए ।

    रक्षा मन्त्रालय, नेपाली सेना मध्य पृतनाको अगुवाई र मध्य पूर्वी पृतनाको सहयोगमा नं. २८ बाहिनी अड्डाको आयोजनामा नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा बीरगन्जमा ‘एकताको लागि दौड’ बीरगन्ज म्याराथन भएको हो ।
    यस्तै, २१ किलोमिटरको दौडमा महिला र पुरुष दुवै समूहमा आर्मी क्लब नै विजयी भएको छ । यस समूहमा प्रथम, द्धितीय र तृतीय हुनेमा महिलातर्फ क्रमशः राजपुरा पछाई, फुलमती राना र विन्दा श्रेष्ठ रहेका छन् भने पुरुषतर्फ क्रमशः गजेन्द्र राई, दिपक अधिकारी र रामजी बस्नेत रहेका छन् । यस समूहका महिला र पुरुष दुवै तर्फका विजेताहरुलाई क्रमश ७५, ५० र ३५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ ।

    यसैगरी, १० किलोमिटरको सिभिलियन तर्फको दौडमा पुरुषमा प्रथम, द्धितीय र तृतीय हुनेमा क्रमशः सागर श्रेष्ठ, दिनेश वोगटी र प्रिन्स कुमार गुप्ता रहेका छन् भने महिलामा सकुन्तला ठगुन्ना, मन्जु राउत र शिला थापाले क्रमैसँग प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेका छन् ।

    विभागीयतर्फको १० किलोमिटरको दौडमा पुरुषमा प्रथम, द्धितीय र तृतीय हुनेमा क्रमशः कल्याण बानिया, गणेश ठकुरी र टंक कार्की रहेका छन् भने महिलामा लक्ष्मी न्यौपाने, सरस्वती भट्टराई र विर्सना कुमाले क्रमैसँग प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेका छन् । महिला र पुरुष दुवैमा त्रिभुवन आर्मीले स्थान हासिल ग¥यो । सबै विजेताहरुलाई क्रमशः २०, १५ र १० हजारको दरले नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

    यस्तै, प्रतियोगितामा ४० वर्षभन्दा माथिको ५ किलोमिटरको दौडमा प्रथम, द्धितीय र तृतीयमा हुनैमा क्रमैसँगै जय नरेश सिंह, राजेश्वर कुमार र श्याम चौधरी रहेका छन् । यो समूहको विजेताहरुलाई पनि क्रमशः २०, १५ र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

    त्यसैगरी, ७० वर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुको लागि भएको १ किलोमिटरको दौड प्रतियोगितामा सन्तोष महतो प्रथम भएका छन् । महतोलाई नगद २५ हजार रुपैया सहित सम्मान गरिएको छ । यसैगरी, द्धितीय हुने अनिल मालाकार र तृतीय रमेश महतो क्रमशः २० हजार र १५ हजार रुपैया नगदसहित प्रमाणपत्र प्राप्त गरे ।
    ५ हजार २ सय जनाले सहभागी भएको सो म्याराथन बीरगन्ज महानगरपालिकाको संयोजकत्व, भिजिट नेपाल २०२० प्रदेश २ र बीरगन्ज उद्योग वाणिज्य संघको सह आयोजना भएको हो ।

    प्रदेश २ मा खेलकुदको विकासमा टेवा पुग्ने, नयाँ खेलाडीको उत्पादन र पहिचान, विभिन्न निकायहरुसंग सम्बन्ध विस्तार हुने र प्रदेश सरकारले संचालन गरेको स्वच्छता अभियानमा पूर्णरुपमा सहयोग पुग्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बीरगंजका मेयर विजय कुमार सरावगीले बताउनुभयो

    यसअघि, प्रदेश नं.२ का मुख्यमन्त्री गद्दी र सेनाका प्रधानसेनापति थापाले संयुक्त रुपमा म्याराथान प्रतियोगिताको उदघाटन गरेका थिए । मुख्मन्त्री गद्दीले पेस्तौलबाट हवाई फायर गरेर र प्रधान सेनापति थापाले तोपबाट एक राउण्ड हवाई फायर गरेका कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, बीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, प्रदेश सांसद करिमा बेगम, मंजुर अंसारी, नेपाली सेनाको २८ बाहिनी अड्डाका सहायक रथी अनुपजंग थापा, बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाली सेना चण्डीप्रसाद गण पर्साका गणपति मदन जंग राणा लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे
  • रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

    विश्वव्यापी पत्रकारिता सहकार्यका लागि अन्तरमहादेशीय पत्रकार सञ्जाल र सार्क पत्रकार मञ्चबीच तीन वर्षे समझदारी

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    News

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    News

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑