प्रदेश ३ : प्रदेशसभामा आजबाट राजधानीबारे औपचारिक छलफल
वीरगंज संजाल
२३ पुष २०७६, बुधबार १६:१८
५२५७
हेटौंडा | प्रदेश-३ को हेटौँडामा भइरहेको प्रदेशसभाको बैठकमा बुधबारबाट प्रदेशको स्थायी राजधानीबारे छलफल हुँदैछ। बुधबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श बैठकले तीन बजेबाट प्रदेशको राजधानी र नामकरणको विषयमा संसदमा छलफल निर्णय गरेको हो।
बुधबार हुने छलफलका लागि प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका संयोजक दीपक निरौलाले प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको छ। उक्त प्रस्तावमाथि बोल्न चाहने सांसदलाई ५/५ मिनेट समय दिने कार्य व्यवस्था परार्मश समितिमा सहमति भएको छ।
कार्यसूचिअनुसार बैठकमा प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७६ आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभामा पेश गर्ने र सभामुख सानुकुमार श्रेष्ठले विषयगत समिति सदस्यको हेरफेर तथा थपघटलाई सभाको सहमतिको लागि पेश गरिनेछ। Thahakhabar