
जनकपुरधाम । बीरगँजकी चर्चित टिकटोकर किरण साहको एक प्राईभेट भिडियो लीक भएपछि उनी दुःखित बनेकी छन् ।
आफ्नै विश्वास गर्ने साथीले भिडियो खिचेर समाजिक सँजालाम भाइरल गरिदिएको आरोप उनको छ । तत्कालिन मन्त्री प्रदीप कुमार यादवसँगको झगडापछि चर्चामा आएकी किरण साहको प्राईभेट भिडियो समाजिक सँजालमा छ्याछ्यापी बनेपछि उनले दुःख व्यक्त गरेकी हुन् ।
7भिडियो भाइरल बनेको एक सातापछि उनले टिकटक रिल्समा एक स्याड सोँगमा गीत बनाउँदै सन्देश दिएकी हुन् । भोजपुरी भाषाको गीतमा उनले आफूसँग धोका भएको भनेर भाव दर्साएकी हुन् । टिकटोकर साहले आफूले विश्वास गरेको पात्र नै आफ्नो भिडियो लिक गरेको बताउँदै आएकी हुन् ।
करिब एक बर्ष अगाडी तत्कालिन मन्त्री प्रदीप यादवसँग उनको नोकझोँक समाजिक सँजालमा भाइरल बनेको थियो । केही दिन अगाडी उनको एक होटल जस्तो देखिने ठाउँको अन्तरँग (गोप्य) भिडियो समाजिक सँजालमा भाइरल गरिएको थियो ।
