
काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने षडयन्त्र भइरहेको बताएका छन् ।
काठमाडौंमा आइतबार मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने प्रयास अन्तर्गत नेपाली कांग्रेस फुटाइएको बताए ।
‘..कसरी फुट्यो, किन फुटायो, फुटेर के भयो ? नेपाली कांग्रेस त फुट्यो,’ ओलीले भने, ‘अरूलाई पनि फुटाउने कोसिस हुन सक्छ । पहिलेपहिले पनि फुटाउने कोसिस भएको छ, पर्टीहरू फुटेका छन् ।’
तर एमालेलाई फुट्न नदिने ओलीले दाबी गरे ।
