
रौतहट | रौतहटको गढीमाई नगरपालिका-१ को बागमती नदीमा नुहाउने क्रममा आइतबार २ बालकको डुबेर मृत्यु भएको छ।
स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए।
समनपुर–हरैया घाटमा दिउँसो करिब ३ बजे नुहाइरहेका बेला अचानक नदीमा डुबेर उनीहरूको मृत्यु भएको उनले जानकारी दिए।
