• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    त्रिविमा अनियमितता उत्तरपुस्तिका नै साटफेर

  • वीरगंज संजाल
  • २३ मंसिर २०७६, सोमबार ०९:३०
  • २४०५

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका लेखा अधिकृत कमलप्रसाद दाहालको कार्यकक्षको घर्रामा चार महिनाअघि तीनवटा उत्तरपुस्तिका भेटिए । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत दाहालले कार्यकक्ष साटफेर हुँदा आफ्नो टेबलको घर्रामा भएको सामान बिर्सिएका रहेछन् । उनको ठाउँमा बस्ने नयाँ कर्मचारीले घर्रा खोल्दा उत्तरपुस्तिका भेटिएपछि खैलाबैला मच्चियो ।

    परीक्षा नियन्त्रकले लेखाका कर्मचारीको घर्रामा उत्तरपुस्तिका भेटिएको खबर पाए । लगत्तै छानबिन सुरु भयो । सूचना थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उत्तरपुस्तिका बरामद गर्‍यो अनि दाहाललाई पक्राउ गर्‍यो । लेखा प्रमुखको घर्रामा एकाएक उत्तरपुस्तिका कसरी भेटियो त रु ‘हामीले यही विन्दुबाट अनुसन्धान सुरु गरेका थियौं,’ अख्तियार स्रोतले भन्यो, ‘केही कर्मचारीले पैसा लिएर फेल हुने विद्यार्थीको उत्तरपुस्तिका फेरबदल गरिदिएको भेटिएपछि चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छौं ।’

    सेटिङ मिलाएर घरबाटै उत्तर
    उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसमा अध्ययनरत जानुका आलेमगरले गत वर्ष सातौं पटक बीएडको जाँच दिइन् । हरेक पटक फेल हुने उनले यसपालि ‘पाठ्यक्रम’ विषयमा ४१ अंक ल्याएर बल्लतल्ल पास गरिन् । अध्ययनमा ज्यादै कमजोर उनी पास हुँदा साथीहरू चकित भए ।

    बरुवा क्याम्पस गाईघाटमा अध्ययनरत हिरा कटुवालको पनि सेन्टर त्रियुगा जनता बहुमुखी क्याम्पसमा परेको थियो । बीबीएस तहमा अध्ययनरत उनको क्षमता औसत रहेको जानकारहरू बताउँछन् । दुई विषयमा भने उनले फर्स्ट डिभिजन भेट्ने गरी अंक ल्याइन् । बल्खुका लेखा अधिकृत दाहालको घर्रामा भेटिएका तीन कापी यी दुई विद्यार्थीको भएको खुल्यो । ‘ब्याक पेपर दिने अन्तिम मौका भएकाले जानुकालाई जसरी पनि पास गर्नु थियो, अनि हिरा कटुवाल राम्रो अंक ल्याएर पास हुन चाहन्थिन्,’ अख्तियारको अभियोगपत्रमा भनिएको छ, ‘दुवैले मिलेमतोमा उत्तरपुस्तिका साटफेर गरी घरमै लेखेको कापी फेरबदल गरिएको खुल्यो ।’

    विशेष अदालतमा दायर अभियोगपत्रअनुसार त्रियुगा बहुमुखी क्याम्पसमा कार्यरत तेजनारायण चौधरीले सेटिङ मिलाएर उत्तरपुस्तिका साटफेर गरेका थिए । अरूजस्तै ती दुवै विद्यार्थीले परीक्षा केन्द्रमै बसेर जाँच दिएका रहेछन् । आफ्नो क्षमताअनुसार उत्तर लेखेर दुवैले कापी बुझाए । त्यसपछि तेजनारायण चौधरीले कापीको सिलबन्दी पोको बनाए र विराटनगर हुँदै काठमाडौं पठाए । चौधरीले परीक्षा भएको केही दिनपछि आलेमगर र कटुवाललाई उदयपुरकै कुनै गोप्य ठाउँमा बोलाएर फेरि उत्तर लेख्न लगाएछन् । क्याम्पसमै रहने खाली उत्तरपुस्तिकाको भित्री पानामा उनीहरूले उत्तर लेखेको भेटियो । दुई विद्यार्थीले लेखेका तीन विषयका फर्जी उत्तरपुस्तिका बोकेर चौधरी काठमाडौं आए ।

    बोक्रो एकातिर, गुदी अर्कैतिर
    काठमाडौं आएका चौधरीले बल्खु पुगेर लेखा अधिकृत कमलप्रसाद दाहाललाई भेटे र परीक्षापछि लेख्न लगाइएका उत्तरपुस्तिका उनको हातमा राखिदिए । दाहालले परीक्षाको गोप्य शाखामा पसेर जानुका र हिराका उत्तरपुस्तिका पत्ता लगाए । ती उत्तरपुस्तिकाको बाहिरी पाना निकालेर नक्कली उत्तरपुस्तिकामा लगाए अनि परीक्षा केन्द्रमा लेखिएको भित्री भाग झिकेर ल्याई आफ्नो घर्रामा राखे । ‘त्रिभुवन विश्वविद्यालयको जाँच दिनेलाई थाहै हुनुपर्छ, उत्तरपुस्तिकाको पहिलो पानामा परीक्षार्थीको कोड र अन्य विवरण मात्र हुन्छ, उत्तर दोस्रो पानादेखि मात्र लेखिन्छ,’ अख्तियार स्रोतले भन्यो, ‘उत्तरपुस्तिकाका भित्री पाना बल्खुभित्रैबाट साटफेर गर्दा अरूले पत्ता पाउने कुरै भएन ।’ तर सुरुको पानासँग जोडिएको अन्तिम पृष्ठमा लेखिएको उत्तरसँग बाहिर लेखाएर ल्याएको उत्तरको सिलसिला नमिलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

    त्यसरी साटेर ल्याई आफ्नो घर्रामा लुकाएको उत्तरपुस्तिका दाहालले कार्यकक्ष साटफेर हुँदा आफैंसँग लैजान भ्याएका भए रहस्य खुल्ने थिएन । गोप्य शाखामा रहनुपर्ने उत्तरपुस्तिका लेखा अधिकृतको घर्रामा फेला परेपछि अख्तियारले उनलाई पक्राउ गर्‍यो । दाहालले पोलेपछि उदयपुरका कर्मचारी तेजनारायण चौधरीलाई पनि पक्राउ गरेर अख्तियारले बयान लियो । तेजनारायणले ‘आफूमाथि ज्यानैसम्म मार्ने धम्की आएकाले उत्तरपुस्तिका फेरबदल गरेको’ बयान दिए । ‘राति मुखमा कालोपट्टि बाँधेर आएकाहरूले यति सहयोग नगरे मारिदिन्छु भनेकाले ज्यान जोगाउन कापी मिलाइदिएको हुँ,’ चौधरीको बयान उद्धृत गर्दै स्रोतले भन्यो । ज्यान मार्ने धम्की आउँदासमेत उनले कतै खबर र उजुरी गरेको भेटिएन । दुवैको बयानपछि अख्तियारले बाहिरै उत्तर लेख्ने ती दुई विद्यार्थीलाई खोज्यो । उनीहरू अख्तियारमा उपस्थित भएनन्, बरु तिनका दाइहरू बयान दिन आइपुगे । ‘बहिनीहरूलाई एक साताभित्र उपस्थित गराउने’ कागज गराएर हिँडेका उनीहरू फर्केनन् । बरु अख्तियारमा खबर पठाए, ‘वकिलसँग सल्लाह गर्दा अदालतमा मुद्दा चलेपछि जानु, नत्र अख्तियारले थुनिदिन्छ भनेकाले बहिनीहरू आउन मानेनन् ।’

    फरार रहेकै अवस्थामा अख्तियारले जानुका र हिरामाथि पनि मुद्दा चलाएको छ । परीक्षार्थीसँग रकम लिई उत्तरपुस्तिका र प्राप्तांक फेरबदल गरेको आरोपमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए । ‘उत्तरपुस्तिकाको बाहिर पाना उही राखी भित्री पानाहरू घरमा लगेर लेखाई फेरि वास्तविक कभरपेजमा स्टिच लगाउने गरेको भेटियो,’ कोइरालाले भने । अख्तियारले उनीहरूमाथि आफ्नो पदीय ओहोदा दुरुपयोग गरेको आरोप लगाए पनि बिगो रकम भने मागदाबी गरेको छैन । त्रिविले हरेक उत्तरपुस्तिकामा अंग्रेजीका टीयू अक्षर लेखेर प्वाल बनाउने गर्छ । पानाहरू साटफेर गरिएकाले टीयू लेखेको प्वाल नमिलेको विधिविज्ञान परीक्षणबाट खुलेको थियो । अनि स्टिच खोल्दा र लगाउँदाका बेग्लाबेग्लै प्वालहरू पनि भेटिए । दाहाल एक वर्षअघिसम्म परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखामै कार्यरत थिए ।
    कान्तिपुर दैनिकबाट

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण
  • छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण
  • भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो : गगन थापा

      बीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश मनाउँदै

      काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

      यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरमा प्रदर्शन

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      News

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      News

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      News

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      News

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑