सर्लाहीमा मतदान केन्द्र नजिकै विस्फोटक पदार्थ फेला
वीरगंज संजाल
१४ मंसिर २०७६, शनिबार ११:२७
४४८७
सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा रहेको मतदान केन्द्रमा बम फेला परेको छ । उप–निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि मतदान केन्द्रबाट करिब साढे ३ मिटर पर पानी खाने अम्खोरामा टाईम बम फेला परेको हो ।
अम्खोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उक्त मोबाइलमा ८ बजेर ५ मिनेको समयपनि निर्धारण गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।
फेला परेको अम्खोरामा पि ए के विस्फोटक पदार्थ भरिएको थियो । विस्फोट हुनुभन्दा अगाडीनै सुरक्षाकर्मीले जानकारी पाएको थियो । बम भनिएको उक्त विस्फोटक पदार्थलाई रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।