वीरगन्ज मुख्य सडक वारेको रिट १७ गतेको लागि पेशी सर्यो ।
वीरगंज संजाल
११ मंसिर २०७६, बुधबार १०:०३
९२२५
वीरगन्ज | त्रिभुवन राजपथको वीरगन्जको गण्डक देखि शंकराचार्य गेट सम्मको रोड फराकिलो गर्ने बिषयको मुद्दा फेरी पेशी चढेको छ । रोड टुटने नटुटने बिषयको सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दाको सुनवाई १७ गते सम्मको लागि सरेको छ । न्यायधिशको व्यवस्थताको कारण मुद्दा पेशी अगाडी सरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । वीरगन्जको मेनरोड फराकिलो गर्नको लागिको अदालतको निर्णय कुर्नु पर्ने अवस्थाका कारण काम अगाडी वढन नसकेको सडक डिविजन कार्यालयले जनाएको छ ।
वीरगन्जको मुख्य सडक फराकिलो गर्ने कि नगर्ने बिषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनवाई कार्तिक ४ र २४ गते पनि सरेको थियो । रोड फराकिलो गर्दा मुअब्जा दिनु पर्ने भन्दै वीरगन्जका ४३ जनाले सर्वोच्चमा रिट दायर गरे पछि सडक फराकिलो गर्ने नगर्ने बिषयको बिवाद झनै झनै पेचिलो बन्दै गएको छ । असोज ७ गते परेको रिटमा अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसपछि वीरगन्ज वासी बिभिन्न माग राखी टोडने र नटोडने बिषयमा बिभाजित भएर आन्दोलनको कार्यक्रमहरु गर्दै आएका छन् । मेनरोड तथा व्यापारी पिडित सघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारका अनुसार सडक टुटने नटुटने बिषयमा सर्वोच्चको निर्णय हामीले कुर्री रहेको भन्दै आदलतमा माथी हामीलाई बिषय रहेको बताउनु भयो । वीरगन्जमा सडक तोडनु पर्छ भन्दै भइरहेको आन्दोलन ज्याज नभएको रौनियरले वताउँदै आएका छन् ।