• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    को होला टि–ट्वान्टी सिरिजमा पारसको ‘ओपनिङ पार्टनर’ ?

  • वीरगंज संजाल
  • Sep 5, 2019, 1:48 am
  • १५२५

    काठमाडौं । व्यक्तिगत कारण देखाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा हुन लागेको टि–ट्वान्टी सिरिज नखेल्ने बताएका छन् ।  ज्ञानेन्द्र राष्ट्रिय टोलीका ओपनर व्याट्सम्यानसँगै भरपर्दा खेलाडीसमेत हुन । लामो समयदेखि नेपाली टोलीको ओपनिङ गर्दै आएका ज्ञानेन्द्रको अनुपस्थितिमा उनको स्थानमा कसले ओपनिङ गर्ला भन्ने चासो क्रिकेट समर्थकमा छ ।

    असोज १८ देखि २३ सम्म हुने टि–ट्वान्टी सिरिजमा ओमानसँगै नेपाल, आयरल्याण्ड, नेदरल्याण्ड र हङकङले सहभागिता जनाउने छन् । पाँच टोली सहभागी भएको सिरिज नेपालले पहिलोपटक खेल्न लागेको छ ।  टि–ट्वान्टी क्रिकेटमा आयरल्याण्ड, नेदरल्याण्ड, हङकङ राम्रा टोली मानिन्छन् । जुन नेपाली क्रिकेटका लागि सकारात्मक संकेत हो । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ ।

    नेपाली टोलीको सबैभन्दा ठूलो समस्या हो ब्याटिङ् ।  तर पछिल्लो समयमा टि–ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायरको एसिया फाइनलमा नेपाली बलिङ् पनि कमजोर बन्यो । नेपालका विभिन्न समयमा कयौं खेलाडीलाई ओपनिङका लागि मैदानमा उतारेको छ ।
    तर कसैले पनि आफूलाई प्रमाणित गर्न सकेका छैनन् ।

    त्यसैले पछिल्लो समय कप्तान पारस आफैँले इनिङको सुरुवात गर्छन् भने उनलाई ज्ञानेन्द्र मल्लले साथ दिँदै आएका छन् । ज्ञानेन्द्र प्रतियोगितामा सहभागी नहुने भएपछि उनको स्थानमा सम्भावित तीन खेलाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ । ज्ञानेन्द्रको ठाँउमा ओपनरमा आउने सम्भावित तीन खेलाडी हुन् प्रदीप ऐरी, पवन सर्राफ र विनोद भण्डारी ।

    १) प्रदीप ऐरी 

    ज्ञानेन्द्रको अनुपस्थितिमा ओपनिङको पहिलो रोजाइमा पर्न सक्छन् प्रदीप ऐरी । आक्रामक व्याटिङ् शैलीले चिनिने प्रदीपको अन्तर्राष्ट्रिय प्रदर्शन भने सम्झनलायक छैन । लामो समयपछि उनले राष्ट्रिय टोलीमा घरेलु लिगमा गरेको प्रदर्शनका कारण स्थान बनाए । प्रदीप यसअघि यूएईविरुद्ध नेपालले खेलेको तीन खेलको सिरिजमा ओपनरको भूमिकामा देखिएका थिए ।

    उनले यूएईविरुद्धको पहिलो र दोस्रो खेलमा ओपनरको भूमिका निर्वाह गरे । जसमा उनी पहिलो खेलमा पहिलो बलमा नै आउट भए भने दोस्रो खेलमा ८ बल खेल्दै ८ रन बनाए ।  त्यस्तै प्रदीप १३ जुलाई २०१९ मा भएको मलेसियाविरुद्धको खेलमा भएको सिरिजमा पनि ओपनिङ गर्न आए । जहाँ उनले १७ बल खेल्दै ८ रन बनाए ।
    प्रदीपले मलेसियाविरुद्ध भएको आईसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको खेलमा पनि ओपनरको भूमिका निभाए । उक्त खेलमा भने प्रदीपले १४ बलमा १२ रन बनाएका थिए ।

    यसरी प्रदीपको प्रदर्शन उत्कृष्ट नभए पनि नेपालको ओपनरमा जम्ने सम्भावित खेलाडीमध्येका उनी एक हुन् । घरेलु प्रतियोगितामा प्रदीप चर्चित नाम हो । उनी ब्याटिङ् सँगै बलिङ गर्ने क्षमता पनि राख्छन् ।

    २) पवन सर्राफ 

    पवन सर्राफ नेपाली यू–१९ क्रिकेट टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडी हुन् । उनले सन् २०१९ जनवरी २५ मा भएको यूएईविरुद्धको एकदिवसीय सिरिजबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् ।  पहिलो खेलमा सातौँ नम्बरमा ब्याटिङ् गर्न आएका उनी धेरै चल्न भने सकेनन् । उनले ३ बलमा मात्र ४ रन बनाए । यूएईविरुद्धको दोस्रो खेलमा भने उनी पाँचौ नम्बरमा नेपालका लागि ब्याटिङ् गर्न आएका थिए । उनले दोस्रो खेलमा भने १५ बल खेल्दै ८ रन बनाए ।

    पवनले यूएईविरुद्धको टि–ट्वान्टी सिरिजको तेस्रो खेलमा भने ओपनरमा आए । उनले उक्त खेलमा ४ बल खेलेर रन बनाउन भने सकेनन् ।  उनले दोस्रो खेलमा सातौँ नम्बरमा आएर २५ बल खेल्दै १८ रन बनाए । जुलाई १४ मा भएको मलेसियाविरुद्धको सिरिजमा पनि ओपनरमा आएका पवनले ११ बल खेल्दै १० रन बनाए ।
    पवनले मौका पाएको अवस्थामा त्यसलाई कसरी सदुपयोग गर्छन् त्यसले नै उनको क्रिकेटमा भविष्य निर्धारण गर्नेछ ।

    ३) विनोद भण्डारी 

    विनोद भण्डारी नेपाली क्रिकेटको परिचित नाम हो । आक्रामक शैलीमा ब्याटिङ् गर्न रुचाउने विनोद राष्ट्रिय टोलीका विकेटकिपर ब्याट्सम्यान हुन् ।

    लामो सट प्रहार गर्न उनी माहिर मानिन्छन् । तर अन्तर्राष्ट्रिय क्रिकेटमा ओपनिङको भूमिका उनले पनि निभाइसकेका छन् । हाल राष्ट्रिय टोलीका लागि फिनिसरको भूमिका निर्वाह गर्छन् । तर घरेलु लिगमा भने विनोदले विभिन्न फ्रेन्चाइजका लागि ओपनिङ गर्दै र सफल पनि हुँदै आएका छन् ।

    त्यसो त अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी ओपनरभन्दा मिडिल अडरमा धेरै चलेका छन् । विनोदले जुलाई १४ मा भएको मलेसियाविरुद्धको टि–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त खेलामा विनोद छैटौं नम्बरमा ब्याटिङ गर्न गएका थिए । विनोदले २५ बलमा ५१ रन बनाउँदै र्कीतिमानी अर्धशतक बनाएका थिए ।

    त्यसपछि भएका विश्वकप छनोटको एसिया फाइनलमा भने उनी चम्कन सकेनन् । उनले कतारविरुद्ध ७ बल खेल्दै ३ रन, मलेसियाविरुद्ध ८ बल खेल्दै १३ रन र सिंगापुरविरुद्ध ७ बल खेल्दै ९ रन बनाए ।  यसअघि नेपालले खेलेका अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनलाई ओपनरको भूमिकामा देखिन्थ्यो । ओमानमा हुने पाँच देशबीचको सिरिजमा पनि उनलाई ओपनरको भूमिकामा देख्न सक्ने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल क्रिकेट टिमले बनाए विभिन्न विश्व कीर्तिमानहरु
  • प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेशले लियाे अग्रता
  • युएईलाई हराउदै नेपाल एशिया कपमा छनौट
  • नेपाल र यूएईबीचको फाइनल खेल आज, प्रवेश निःशुल्क
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बञ्चरेडाँडा फोहर व्यवस्थापनमा देखिएका समस्याबारे मन्त्री तिमिल्सिना र मेयर डंगोलबीच छलफल

    सोधपुछपछि छुटे जनता टिभीका अध्यक्ष पौडेल

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    प्रधानमन्त्री शाहको ‘एक्लो’ स्टाटसबारे रवि लामिछानेले के भने?

    यस्तो छ सरकारको प्रस्तावित आपूर्ति नीति, खाद्य सामग्री खुला बेच्न नदिने

    बञ्चरेडाँडा फोहर व्यवस्थापनमा देखिएका समस्याबारे मन्त्री तिमिल्सिना र मेयर डंगोलबीच छलफल

    सोधपुछपछि छुटे जनता टिभीका अध्यक्ष पौडेल

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बञ्चरेडाँडा फोहर व्यवस्थापनमा देखिएका समस्याबारे मन्त्री तिमिल्सिना र मेयर डंगोलबीच छलफल

    News

    सोधपुछपछि छुटे जनता टिभीका अध्यक्ष पौडेल

    News

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    News

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    News

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑