• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपाल क्रिकेट टिमले बनाए विभिन्न विश्व कीर्तिमानहरु

  • वीरगंज संजाल
  • Sep 27, 2023, 2:52 pm
  • ७६१

    वीरगंज । एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियालाई हराउँदै विजयी शुरुवात गरेको छ । मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको नेपालले बुधबार भएको खेलमा विभिन्न विश्व कीर्तिमान बनाएको छ । सर्वाधिक फराकिलो जित नेपालले जितका लागि दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर एक बलमा ४१ रनमा अलआउट भयो । नेपालले मंगलोलियालाई २ सय ७३ रनले हरायो । यो टी–२० क्रिकेटमा सर्वाधिक धेरै रनको जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २ सय ५७ रनले हराउँदै जित हासिल गरेको थियो । सर्वाधिक ठूलो योगफल चीनको हान्झाउमा नेपालले टस हारेर पहिला ब्याटिङ्ग गरेको थियो । नेपालले २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोड्यो । अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० मा कुनै पनि टोलीले तीन सय रन बनाएका थिएनन् । सन् २०१९ मा अफगानिस्तानले आयरल्यान्डसँगको खेलमा बनाएको २ सय ७८ रन नै टी–२० अन्तर्राष्ट्रियमा बनेको सबैभन्दा ठूलो स्कोर रहेको थियो ।

    सर्वाधिक छिटो शतक नेपालका कुशल मल्लले टी–२० क्रिकेटमा सर्वाधिक छिटो शतकको विश्व कीर्तिमान राखेका छन् । उनले ३४ बलमै शतक पुरा गरे । उनी ५० बलमा १ सय ३७ रनमा अविजित रहे । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । सर्वाधिक छिटो अर्धशतक बुधबारको खेलमा दिपेन्द्रसिँह ऐरीले अविश्वसनीय प्रदर्शन गरे । उनले ९ बलमै अर्धशतक पुरा गरे । ऐरी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि टी–२० मा सर्वाधिक छिटो अर्धशतक भारतीय खेलाडी युवराज सिंहले सन् २००७ मा इंग्ल्यान्डसँगको खेलमा १२ बलमै पूरा गरेका थिए । ऐरीले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । उनले १९ औँ ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हाने ।

    तेस्रो नम्बरमा सर्वाधिक रन कुशल मल्लले तेस्रो नम्बरमा आएर बनाएको १ सय ३७ रन पनि विश्व कीर्तिमान नै हो । टी–२० मा चौथो नम्बरमा यति ठूलो स्कोर कुनै ब्याट्सम्यानले बनाउन सकेका थिएनन् । चौथो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी बुधबार बनेको अर्को कीर्तिमान भनेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी पनि हो । कुशल मल्ल र रोहित पौडेलबीच एक सय ९३ रनको साझेदारी भएको थियो । यसअघि टी–२० मा तेस्रो विकेटका लागि सर्वाधिक ठूलो साझेदारीको विश्व कीर्तिमान न्यूजिल्यान्डका डीपी कोनवे र जिडी फिलिप्सको नाममा थियो । उनीहरूले सन् २०२० मा वेस्ट इन्डिजसँगको खेलमा एक सय ८४ रनको साझेदारी गरेका थिए । सर्वाधिक छक्का नेपालले टी–२० क्रिकेटमा सर्वाधिक छक्काको कीर्तिमान पनि बनाएको छ ।२० ओभरमा नेपालले २६ छक्का प्रहार गर्यो । कुशल मल्लले १२, रोहित पौडेलले ६ र दीपेन्द्रसिंह ऐरीले ८ छक्का प्रहार गरेका थिए । एउटै टी–२० मा सर्वाधिक छक्काको कीर्तिमान अफगानिस्तान र वेस्ट इन्डिजको नाममा थियो । सन् २०१९ मा आयरल्यान्डलाई अफगानिस्तानले २२ छक्का हानेको थियो । यस्तै वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई सन् २०२३ मा २२ छक्का हानेको थियो । यी दुवै टोलीको संयुक्त कीर्तिमान बुधङ नेपालले तोडेको छ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । नेपाल क्वाटरफाइनलमा पुगे भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्य एक टोलीसँग खेल्नुपर्ने हुन्छ । एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले पदकको लक्ष्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑